Latest Post

हरेक बालबालिकालाई  कला प्रदर्शन गर्ने अवसर -मिस यु नेपाल डटकममा बाल कला प्रतियोगिता हुँदै।  
हरेक बालबालिकामा कुनै न कुनै किसिमको प्रतिभा हुन्छ, बिबिध समस्या/अज्ञानता तथा अवसरको कमिको कारण हामिले आफ्ना बच्चा हरुमा कुन कुरामा अन्य भन्दा राम्रो गर्ने  क्षमता छ भनेर छुट्याउन सकेका हुँदैनौं,
तेसैले Miss You Nepal पेज बाट नयाँ बर्षमा नयाँ काम गर्ने योजनासहित समाजमा रहेका हरेक बालबालिकाको प्रतिभा/बालापन को तोते बोली बाहिर ल्यायर उनिहरु लाई हौसला प्रदान गर्न तथा अबिभाबकलाई मुस्कान दिनको लागि एउटा विशेष प्रतियोगिता गर्ने जमर्को गरेको छौं। हाम्रो समाजका हरेक बालबालिका लाई पढाइ अलवा अन्य कुरामा पनि एक्टिभ गराउनको लागि गरिने यश प्रतियोगितामा भिडियो यस्तै हुनुपर्छ भन्ने छैन , मात्रै 5 सेकेन्ड को भिडियो लाई पनि स्थान दिईनेछ। आ आफ्नै मोबाईल बाट खिचेका भिडियो हरुलाइ पनि सहभागी गराईने छ। भिडियो पेज मिस यु नेपाल मा पोस्ट हुनेछ। जुन भिडियो मा धेरै लाईक हुनेछ तेसैलाई नै बिजेता घोषणा गरिने छ। भिडियो पठाउने समय सुरु भैसकेको छ। कुनै पनि बेला मा यहाँ हरु ले पठायको भिडियो क्रमस: पोस्ट गरिनेछ।
हामी आर्थिक रुपमा कमजोर भयको कारण बिजेता लाई पुरस्कार यहाँ हरुले सोंचेको जस्तो नहोला, तर बिजेता लाई मिस यु नेपालमा सँधै विशेष सम्मान सहित अवसर हरु दिइनेछ।  यदि कोहि पनि ब्यक्ती/संस्था/कम्पनी हरु बाट कुनै पनि सर्तमा पुरस्कारको ब्यवस्था गरियमा यहाँहरुलाई जानकारी गराईनेछ।  स्पोन्सर खोजिरहेका छौं ।
आफ्ना तथा आफन्त,गाउँ समाजका कुनै पनि बालबालिका  हरुलाई Miss You Nepal को भिडियो कन्टेस्ट मा देख्न चाहनुहुन्छ भने निम्न ठेगानामा पठाउनुहोला।
अन्तिम मिति: चैत्र मसान्त बिहान ९ बजे सम्म।
लाईक गणना: २०७४/१/१ बिहान १० बजे सम्म।
बिजेता घोषणा: २०७४ साल बैसाख १ गते
म्यासेजको लागि >> https://www.facebook.com/imissyounepal/
Email:- nepalmissyou@gmail.com
भिडियो पठाउँदा
नाम:
ठेगाना:
उमेर:
स्कुल:
कक्षा:
पनि लेखेर म्यासेज मा तथा email मा पठाउन सक्नुहुनेछ।

खुसीको खबर !खुसीको खबर !!

स्याङ्जा सहयोग समाज कतार को १२औ वार्षिकोत्सब तथा बनभोज कार्यक्रम  यहि आउने शुक्रबार ३१मार्चको दिन उमसलाल को दाना कलबमा हुने सबै मा जानकारी नै होला
तपाईंहरु कहि चिन्ता मा त हुनुहुन्न? कसरी आउने जाने अब चिन्ता नलिनुहोस यहाँहरुको सुबिधाको लागि दोहा  र सनैया बाट यातायात को व्यवस्था गरिएको छ

यातायात छुट्ने समय र स्थान साथै सम्पर्क व्याक्तीहरु
-ग्रेन्डमल  हिमालयन रेस्टुरेन्ट को अगाडी
-अलेतिया मस्जिद पछाडी पार्किङ
-दोहा मुन्ताजा पार्क

बस छुट्ने समय -बिहान ८:१५बजे
सम्पर्क व्याक्तीहरु

सनैया
१) दिवन सिङ सिङ्जाली-७४७८३२५६
२) माधव लुइँटेल             -३३१४१३४५
३) लोकेन्द्र सिग्देल            -३३८१२९२७
४)मोहन काफ्ले                  ६६९०१३३५
दोहा
१)शेष ब बि क    -६६०६६९९२
२)सुर्य प्र अर्याल  -५५२६३०९९
३)प्रकाश परियार -५५२९८०३७

आउनुहोस् सबै मिलेर रमाइलो गर्नु पर्छ है
आउन नभुल्नु होला है

आयोजक
स्याङ्जा सहयोग समाज कतार

शुभ जन्मोत्सवको अवसरमा खाना सेवा
मिति २०७३-१२-११गते

भरतपुर-१२ निवासी यस चितवन मानव सेवा आश्रमलाई निरन्तर सहयोग गर्नु हुने आदरणीय श्री सुस्मिता थापा मगर तथा विजय थापा मगर ज्युको सुपुत्र श्री विशेष थापा मगर ज्युको आज परेको शुभ जन्मोत्सवको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्ने बिबस,अनाथ,
अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिनभरिकाे खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं।साथै आज जन्म दिन पर्ने श्री विशेष थापा मगर ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.