Latest Post

पुन्यतिथिमा एकदिन भरिकाे खाना सेवा
मिति २०७३-१२-१२ गते

भरतपुर-१ महानगरपालिका निवासि आदरणीय पुजनिय अामा स्व:श्री हेकमाया श्रेष्ठ ज्युको बार्षिक  पुन्यतिथिको अवसरमा श्री सुकमाया श्रेष्ठ,श्री कुशुम मल्ल,श्री शान्ति ताम्राकार,उद्योग वाणिज्य संघकाे पुर्व अध्यक्ष श्री कल्याण जाेसि,श्री श्री धुपि जेसि,श्री एकता ताम्राकार,तथा श्री कृतिका ताम्राकार ज्युहरूकाे उपस्थितमा विभिन्न
कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ
ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एक दिन भरिको खाना सेवा गर्नु भएको छ।उक्त अवसरमा बरिष्ठ समाजसेवि तथा उद्योग वाणिज्य संघकाे पुर्व अध्यक्ष श्री कल्याण जाेसि ज्युले अाश्रम लाई शुभ कामना व्यक्त गर्नु भएकाे थियाे।साथै अाश्रमलाइ सदैव सहयाेग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएकाे थियाे। वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं र स्वर्गीय बुवा आत्मा चिरशान्तिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

७०अौ जन्मदिनको खुशीयालीमा अाश्रममा दिनभरिको खानासेवा ।
मानवसेवा अाश्रम गोरखा
....................................................
गोरखा पाटेचौर निवासी आदरणीय परोपकारी तथा मनकारी आदरणीय आमा शान्तिदेवि श्रेष्ठज्यूले मानवसेवा आश्रम गोरखामा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराएर आफ्नो ७० औं जन्मोत्सव मनाउनुभएको छ ।
आदरणीय आमा शान्तिदेवि श्रेष्ठज्यू सेवाको क्रममस आश्रमा उपस्थित हुनुहुने बिना श्रेष्ठ ज्यू एवं सम्पुर्ण परिवारमा सु–स्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको सम्पुर्ण आश्रम परिवार ईश्वरसँग प्राथना गर्दछौं ।
यहाँलाई सदैव रमेर जीउन पुगोर, हाँसेर दिन पुगोस ।जय मानवसेवा ।
थप जानकारीको लागि :
मानवसेवा आश्रम गोरखा।   ९८५५०७६००२

नवलपरासी जिल्ला अर्खला गा.बि.स वार्ड न:-३ देउराली गाउँ  निवासी मेरो बहिनि बर्ष १७, नाम - धन कुमारी अस्लामी मगर यहि मिति २०७३/१२/०५ गतेको दिन नवलपरासी जिल्ला जौबारी गा.बि.स वार्ड न.-०६ बाट हराएको हुँदा फेला पार्नु हुने महानुभावहरुले उल्लेखित सम्पर्क नम्बरमा कल गरिदिनु होला या नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछु !!
सम्पर्क फोन नम्बर - ९८००७२८०००(कृष्ण सारु मगर)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.