Latest Post

"स्वर्गीय श्रीमानको सम्झाना गर्दै मानवसेवा अाश्रमलाई सहयाेग...!!"

Manavsewa Ashram Lamjung Branch.
मिति२०७३ चैत १५गते मङगलबार।

9855076007
अाश्रमकाे सेवालाई थप सरल र सहज बनाउनकाे लागि बेशिसहर न:पा निवासी अादरणीय मनकली गुरुङ ज्युले अाफ्नाे स्वर्गीय श्रीमान चन्द्र बहादुर गुरुङ सम्झाना गर्दै अाश्रमलाई ५०००(पाँच हजार रुपैया)स-प्रेम याेगदान गर्नुभएको छ।यसै अवसरमा उहाँकाे साईली छाेरी अादरणीय तिर्थ गुरुङ ज्युले चैतदेखि अाजिवन सम्मा अाश्रमलाई मासिक रुपमा १०००(एक हजार रुपैया)याेगदान गर्ने प्रतिवद्ता गर्नु भएकाे छ।सहयाेगी,परोपकारी, मानवताप्रेमी मनकला गुरुङ र तिर्थ गुरुङलाई धेरै धेरै धन्यवाद ।उहाँलाई खान पुगाेस् दिन पुगाेस्......!!

🌹🌹शुभ जन्मोत्सवको अवसरमा खाना सेवा🌹🌹🌹
मिति २०७३-१२-१५ गते

भरतपुर :९ निवासी स्मार्ट  िकड्स मन्टेश्वरीमा   कार्यरत आदरणीय श्री रुपा राना तथा िनर्मल थापा ज्युको सुपुत्र श्री निरन थापा ज्युको आज परेको शुभ जन्मोत्सवको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र आज जन्म दिन पर्ने श्री निरन थापा ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

आमा छोरीको उद्धार

मानवसेवा आश्रम,ललितपुरले मिति २०७३/१२/१३ गतेका दिन ललितपुर महानगरपालिका वडा नं.५ लगनखेल स्थित बटुक भैरव मन्दिरमा अत्यन्त कष्टकर जीवन बिताईरहेकी वर्ष २६ कि आमा कल्पना सिनतान र वर्ष ४ कि छोरी अमृता सिनतानलाई नेपाल प्रहरीको सहयोगमा उद्धार गरि जीवन रक्षा गरेको छ। अशिक्षा र गरीबीको कारण पति तथा बाबुबाट तिरस्कृत भई सडकमा मागेर जीवन गुजारा गर्दै आइरहेका आमा छोरीको मध्ये मदिरापानको कारण आमाको स्वास्थ अवस्था विग्रिएको देखिन्छ। थप जानकारीको लागि मो.नं. ९८५५०७६००५/९८५१०९५४७९

Contact Form

Name

Email *

Message *

Powered by Blogger.