Latest Post

जन्मोत्सवमा योगदान-------संसार सेवाको जगमा टिकेको छ। हामीले मानव  शरीर प्राप्त गर्नुमा माता पिताको त्याग तपस्याको साथै आकाश,वायु,अग्नि,जल र पृथ्वी तत्व विना  संभव छैन। आमाको गर्भमा आए देखि नै हामीले ऋणको भार बोकी सकेका हुन्छौं। यो सम्पूर्ण ऋण तिर्ने एक मात्र उपाय  निस्वार्थ सेवा तथा योगदान नै हो। असल संस्कारको थालनी निस्वार्थ सेवा तथा योगदानबाट शुरू हुन्छ। यसप्रकार सेवाको महत्व बुझ्नुहुने असल संस्कारकी धनी पोखरा घर भई हाल किर्तीपुर-२ ट्याङ्लाफाँट निवासी श्री गीता रेग्मीज्यूले आफ्नो जन्मदिनको सुअवसरमा मानवसेवा आश्रम,ललितपुरको सेवालाई टेवा पुर्याउने हेतुले रू. ८,०००/- नगद सहयोग गर्नु भएको छ।
शुभलाभ जन्म दिन सर्वमंगलम्!
सुख शान्ति सम्वृद्धी दीर्घ जीवनम्!!
.........................चीर जीवनम्!!!

मानवसेवा आश्रम,ललितपुर

सामाजिक सञ्जालमा निकै सक्रिय दाह्री ग्याङ्ग एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि एक साता लामो श्रमदान गदैं आज फर्कदै । उहांहरुले यसअघिको परियोजना गिरान्चौर एकिकृत नमुना बस्ती निर्माणका लागि पनि श्रमदान गर्नुभएको थियो । उहांहरुले देखाउनु भएको सामाजिक र मानसिक सद्भावले हामीलाई नतमष्तक छौं ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

चितवन सम्पर्क समिति द कोरिया द्वारा चितवन का विभिन्न ठाउमा रहेका द्वन्द पीडित विद्यार्थी हरुलाई छात्रवृत्ति प्रदान गर्दाको केही झलक हरु । टाडी देखि माडी सम्म पुगेर सहयोग गर्नुहुने सस्थाका उपाध्यक्ष दिपक बास्तोला ज्यू, सल्लाहकार दुर्लभ बन्धु पोखरेल ज्यू , पुर्व अध्यक्ष राजन श्रेष्ठ ज्यू , निबर्तमान अध्यक्ष इन्द्र प्र न्यौपाने ज्यू , पुर्व सल्लाहकार टंक पौडेल ज्यू , पुर्व सल्लाहकार गिताराम सापकोटा ज्यू लगाएत सम्पुर्ण सहयोगी हरुलाई हार्दिक धन्यवाद ।
हामिले संचालन गरेको यो अभियानमा चितवन सम्पर्क समितिको र चितवन असहाय बालबालिका सहयोग अभियानको रकम बाट नभई छुट्टै ब्याक्तीगत सहयोग बाट गरिएको अवगत गराउन चाहन्छौ।

चितवन सम्पर्क समिति द कोरिया 


Contact Form

Name

Email *

Message *

Powered by Blogger.