Latest Post

कैलाली स्थाई घर भई अनामनगर काठमाडौं निवासी मानवताप्रेमी तथा आदरणीय परोपकारी श्री दिपक जोशीज्यू एवं भावना भट्टज्यूद्वारा शुखद दाम्पत्य जीवनको सुभारम्भको अवसरमा आश्रमलाई सहयोग ।

विभिन्न कारणहरुबाट सडकपेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रमलाई परोपकारी तथा मनकारी आदरणीय दिपक राज जोशीज्यू तथा भावना भट्टयूले आश्रमलाई नगद रु. ५,००० (अक्षरुपी पाँच हजार) सहयोग गर्नुभएको हो ।

त्यस्तै घट्टेकुलो काठमाडौं निवासी आदरणी आदरणीय परोपकारी मामा डा. लक्ष्मीराज पाठकाज्यू तथा माईजु शुशीला पाठकज्यूले समेत यस पावन अवसरमा आश्रमको लागि नगद रु. ५,००० (अक्षरुपी पाँच हजार सहयोग प्रदान) गर्नूृभएको छ ।

यहाँहरुको दाम्पत्य जीवन बन्दन नभई सहज र सरल बनोस्, संसारकै एक उदाहरणीय जोडी बनोस् । आफ्नो खुशीयालीको हिंसा आश्रममा सेवा लिइरहनुभएका सहयोगापेक्षी आमाबुबाहरुलाई समेत बढ्नुहुने यहाँहरु आदरणीय परोपकारी मनहरुप्रती हार्दिक आभार तथा सादर नमन् ।

रमेर जीउन पुगोस्, हाँसेर दिन पुगोस् ।।
धन्यबाद ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि :
सम्पर्क : ०१ ४३५७५६३ऽ ९८५५०७६००४

हामीले जुन परिकल्पनाका साथ सुन्दर बस्ती निर्माण गरेका थियौं , बस्तीले साँच्चीकै सार्थकता पाउँदै गइरहेको छ । हिजोमात्रै भारतीय सुप्रसिद्ध अभिनेता  राजपाल यादव जब करोंडपति चलचित्रको छायांकनको लागि गिरान्चौर पुग्नुभयो  र धर्ती मातालाई नमन गर्दै एक सेलिबे्रटीको प्रयासले यस्तो सम्म मानविय कार्य गर्न सकिदों रहेछ । ‘आज म स्वर्गमा पुगेको अनभुती गर्दैछु’ भन्दै भगवानलाई धन्यवाद दिनुभयो ।उहाँको धन्यवादसंगै हामी पनि सम्पूर्ण सहयोगी मनहरु जो हाम्रो लागि भगवान हुनुहुन्छ । पुनः एक पटक धन्यवाद दिन चाहन्छौं,जसले गिरान्चोर साँच्चीकै सुन्दर बस्ती ठड्याई दिनुभयो ।

- सिताराम कट्टेल "धुर्मुस"

"बार्षिकी पुण्य तिथिमा भोजन सेवा कार्यक्रम" सेवा नै धर्म हो ।

आज मिति २०७३/१२/१८ गतेका दिन चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका सल्लाहकार श्री बालकृष्ण पौडेल ज्युको स्व पिता श्री पूर्णचन्द्र पौडेल ज्युको बार्षिकी पुण्य तिथिको अवसरमा उहाको स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिति नेपाल मार्फत मानवसेवा सेवा आश्रम भरतपुर – १० मा बिहानको भोजन सेवा कार्यक्रम सम्पन्न गरियो |
सो कार्यक्रममा सस्थाका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी ज्युले सामाजिक परोपकारी मनका धनि श्री बालकृष्ण पौडेल लगायत सम्पूर्ण परिवारका सदस्यहरुलाई  बिशेष धन्यवाद सहित उपस्थित सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नुभयो | कार्यक्रममा सस्थाका बरिष्ठ उपाध्यक्ष श्री बुद्धि राज अर्याल , कोषाध्यक्ष श्री सिता ढकाल, सदस्य श्री रामबाबु थापा , इन्दिरा सिग्देल , सहयोग – The help का अध्यक्ष श्री सुरज न्योपाने , गायक श्री नेत्र जि पन्त, श्री पवित्रा पौडेल, श्री देवकी पौडेल, श्री सिता देवी भुसाल समाजसेवी श्री नारायण प्रसाद ढकालको उपस्थिति रहेको थियो |
सोहि कार्यक्रममा आश्रमको सेवा बाट प्रभावित भइ चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका शुभचिन्तक श्री नारायण प्रसाद ढकाल ज्यु मार्फत एक बोरा चामल पनि हस्तान्तरण गर्नुभएको थियो | सहयोगी मनहरुलाई बिशेष धन्यवाद सहित आगामी दिनहरुमा पनि सामाजिक कार्य प्रति सदा मन लागिरहोस खान पुगोस दिन पुगोस भन्दै स्व पिताको आत्माको चिरशान्ति कामना गर्दछौ |

मुक्ति प्रसाद अधिकारी
अध्यक्ष
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

Contact Form

Name

Email *

Message *

Powered by Blogger.