"बार्षिकी पुण्य तिथिमा भोजन सेवा कार्यक्रम" सेवा नै धर्म हो ।

"बार्षिकी पुण्य तिथिमा भोजन सेवा कार्यक्रम" सेवा नै धर्म हो ।

आज मिति २०७३/१२/१८ गतेका दिन चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका सल्लाहकार श्री बालकृष्ण पौडेल ज्युको स्व पिता श्री पूर्णचन्द्र पौडेल ज्युको बार्षिकी पुण्य तिथिको अवसरमा उहाको स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिति नेपाल मार्फत मानवसेवा सेवा आश्रम भरतपुर – १० मा बिहानको भोजन सेवा कार्यक्रम सम्पन्न गरियो |
सो कार्यक्रममा सस्थाका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी ज्युले सामाजिक परोपकारी मनका धनि श्री बालकृष्ण पौडेल लगायत सम्पूर्ण परिवारका सदस्यहरुलाई  बिशेष धन्यवाद सहित उपस्थित सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नुभयो | कार्यक्रममा सस्थाका बरिष्ठ उपाध्यक्ष श्री बुद्धि राज अर्याल , कोषाध्यक्ष श्री सिता ढकाल, सदस्य श्री रामबाबु थापा , इन्दिरा सिग्देल , सहयोग – The help का अध्यक्ष श्री सुरज न्योपाने , गायक श्री नेत्र जि पन्त, श्री पवित्रा पौडेल, श्री देवकी पौडेल, श्री सिता देवी भुसाल समाजसेवी श्री नारायण प्रसाद ढकालको उपस्थिति रहेको थियो |
सोहि कार्यक्रममा आश्रमको सेवा बाट प्रभावित भइ चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका शुभचिन्तक श्री नारायण प्रसाद ढकाल ज्यु मार्फत एक बोरा चामल पनि हस्तान्तरण गर्नुभएको थियो | सहयोगी मनहरुलाई बिशेष धन्यवाद सहित आगामी दिनहरुमा पनि सामाजिक कार्य प्रति सदा मन लागिरहोस खान पुगोस दिन पुगोस भन्दै स्व पिताको आत्माको चिरशान्ति कामना गर्दछौ |

मुक्ति प्रसाद अधिकारी
अध्यक्ष
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.