Latest Post

सूचना ,सूचना !! हार्दिक निमन्त्रणा !!
रोजगारीको शिलशिलामा इजरायलमा रहनु हुने सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरुमा बिनम्र अनुरोध,यही १४ अप्रिल २०१७ शुक्रबारका दिन इजरायलको तेलभिब स्थित ( 60 wizeman street) एक हलमा एनआरएन इजरायलले एक बिशेष कार्यक्रमको आयोजना गरि नयां बर्ष शुभकामना आदान प्रदान तथा पिडित अक्षय कोषको निमित् मनोरञ्जनको साथै सहयोगको लागि आयोजना गरेको कार्यक्रम “ सम्पूर्ण नेपालीहरुको साझा सांगीतिक साँझ -२०७४” आयोजना गरेको हुदा इजरायल बासी सम्पूर्ण दिदिबहिनि, दाजुभाई, सामाजिक संघ संस्था ,धार्मिक संस्था, राजनितिक पाटीका भातृसंगठन, मेडियाकर्मी लगाएत इजरायल बासी सम्पूर्ण नेपाली हरुमा उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम भब्य र सभ्य साथै सफल गराई दिनको लागि सम्पूर्ण इजरायल बासि नेपालीहरुमा चितवन समाज इजरायल हार्दिक अनुरोध गर्दछ l
सस्थाको सबै साथीहरु र चितवन वासी साथी लगायत सम्पूर्ण इजरायल वासी साथीहरुलाई आफ्नो टिकट बुकिंग गरि सुरक्षित गर्नहुन सबैमा हार्दिक अनुरोध गर्दछौ
सम्पर्क -0549072731,0509016478,0549265882 viber,0547708486,0539567369,0549884243,0537182690
साथै सस्थाको कुनै पनि सदस्य साथीलाई सम्पर्क गर्न सक्नु हुने छ l
सहआयोजक -चितवन समाज इजरायल
अध्यक्ष :- शान्ता अधिकारी ज्ञवाली
चितवन समाज इजरायल

यहि आउदो  अप्रिल ३० तारिक  दक्षिण कोरियाको गजेदो मा सम्पन्न हुन  गइरहेको प्रथम डेउ कप फूटबल प्रतियोगितामा सहभागिताको लागी मोक्पो चौतारी नेपालको
मोक्पो  एफसीले आफ्नो  तयारी तीब्ररुपमा आगडी बढाएको छ। एफसिले क्यापटेन जगत तामाङ सहित  खेलाडीहरुको   नामावली समेत  छनोट गरिसकेको छ। गत आइतबार भएको खेलाडीहरुको भेलामा  मोक्पो चौतारी कोरियाका खेल संयोजक तथा मोक्पो FC प्रशिक्षक बिक्रम गुरुङले खेलाडीहरुलाई प्रशिक्षण तथा निर्देशन दिनुभएको छ । 
उक्त अबसरमा प्रशिक्षक  गुरुङले   भने " निरन्तर अभ्यासरत रहेको मोक्पो एफसिले उत्कृष्ट प्रदर्शन गर्दै यस प्रतियोगिताको कप उचाल्ने लक्ष्य लिएका छौ ।"
कोरियाको विभिन्न प्रतियोगितामा  उत्कृष्ट प्रदर्सन  गर्दै  आएको  mokpo fc ले प्रथम डेउ कप उचाल्न  सफल  रहोस  मोक्पो चौतारी कोरियाको तर्फबाट  अग्रिम शुभकामना

- मोक्पो चौतारी कोरिया

अथर्वको स्थापना दिवसको अवसरमा साहारालाइ सहयोग ।।

अथर्व बचत तथा ऋण सहकारी सस्था लि को  हिजो चैत्र 21 गते परेको 19 औ स्थापना दिवसको अवसर पारी बिगत 5 बर्सदेखी अभिभावक बिहिन भै कस्ट्कर जीवन यापन गर्न बाध्य भएका हरुलाइ संरक्षण गर्दै आइरहेको सस्था साहाराको घर घर लाई खाधन्न सामाग्री सहयोग हस्तान्तरण गरेको छ । बर्सेनि सामाजिक परोपकारी कार्य गर्दै आफ्नो स्थापना दिवस पृथक तरिकाले मनाउदै आएको अथर्वले यश बर्स साहाराको घरलाइ सहयोग गरेको हो ।
सस्थाका सस्थापक अध्यक्ष शालिग्राम शर्मा, अध्यक्ष बिष्णु प्रसाद शर्मा, प्रमुख सल्लाहकार तथा निबर्तमान अध्यक्ष भक्त्तिराम अधिकारी , सल्लाहकार बिजया लम्साल श्री चन्द्राकान्त भट्टराई , सचिव श्री शृजना बसौला देवकोटा , का सदस्यहरु श्री लक्ष्मी न्यौपाने पौडेल, श्री अबिनास शर्मा, श्री सुदिप अधिकारी , लेखा समितिका श्री श्यामा देबि लम्साल, निवर्तमान सचिव इन्दु ढकाल सदस्य श्री सरिता ढकाल, लेखा सदस्य श्री ठाकुर प्रसाद दबाडी सन्चार सयोजक श्री राजेश्वर गौतम श्री रामबिर श्रेष्ठ ब्यवस्थापक श्री प्रेम प्र ढ्काल स ब्यवस्थापक श्री निलकण्ठ कोइराला, म्यानेजर श्री वसन्त पौडेल , सेयर सदस्य श्री मन्दिरा पौडेल पुर्व लेखा सदस्य श्री यसोदा कार्की राइमाझी संचालक सदस्यहरु सुदिप सिह अधिकारी लगायतको उपस्थितिम सो खाधन्न सामाग्री हस्तान्तरण गरिएको थियो ।
सहयोगको लागि सम्पुर्ण अथर्व परिवार प्रती आभारी छौ । साथै आगामी दिनहरुमा पनि साथ सहयोगको अपेछौ ।
साहाराको घर परिवार
भरतपुर 11 चितवन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.