Latest Post

नेपालबाट बाहिरी देशमा गएर बसिरहनु भएका जतिपनि नेपाली हुनुहुन्छ, उहांहरुलाई हरेक पल नेपालको याद प्यारो हुन्छ । उहांहरु दिनरात आफ्नो देश बिकाश भएको हेर्न चाहान्छन् र देश निर्माणको कार्यमा सहभागी पनि हुदै आएका छन् । त्यस्तै दक्षिण कोरियामा रहेका नेपालीहरुको मन पनि देश निर्माण होस भन्ने नै रहेछ । दक्षिण कोरियाको वुसानमा रहेको एभरेष्ट फुटबल क्लवले फुटबल खेलेर जितेको रकम र नेपाली चलचित्र लुट २ को च्यारिटी शो देखाएर नाफा भएको १ लाख २ हजार रुपैया धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग गर्नुभएको छ । यस सहयोगका लागि एभरेष्ट फुटबल क्लबका सम्पुर्ण सदस्य तथा पदाधिकारीहरुलाई हृदय देखीनै धन्यवाद दिन चाहान्छौं ।
धुर्मुस सुन्तली फाउण्डेशनले बस्ती निर्माणका लागि तोकेको अनुमानीत रकम पुगिसकेको जानकारी गराउदछौं ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती हामीले तोकेकै समयमा निर्माण सम्पन्न गरेको जानकारी गराउदै, उक्त बस्ती स्थानिय बासीलाई यहि नयाँ बर्ष अर्थात बैसाख १ गते बिहान ८ बजे आदरणिय बरिष्ठ हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य ज्यु को प्रमुख आतिथ्यतामा हामीलाई जन्म दिनुहुने पुजनिय बुवाआमा र जनकपुरधाम सफाई एवं गंगा आरतीका प्रनेता पत्रकार तथा सामाजिक अभियान्ता श्री राम आशिष यादव ज्यु बाट हस्तान्तरण हुने जानकारी गराउन चाहान्छौं । हामीले निर्माण गरेको पहिलो एकिकृत नमुना बस्ती काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौर एकिकृत नमुना बस्ती र अहिलेको परियोजना चलिरहदा सम्म तपाईहरुले गर्नुभएको साथ र सहयोग प्रति हामी हार्दिक आभार र धन्यवाद ब्यक्त गर्न चाहान्छौं । तपाईहरुकै साथ र सहयोगले हामीले यति ठुला परियोजना निर्माण गर्ने आंट गर्न सकिरहेका छौं । र यसपटक पनि तपाईहरुको महत्वपुर्ण साथ हामीले पाउनेछौं भन्ने आशा राखेका छौं । फाउण्डेशनले निर्माण गरेको उक्त परियोजनाले हिमाल, पहाड र तराई जोड्ने, राष्ट्रिय एकताको सन्देश बोकेको र राष्ट्रिय सद्भावको परियोजना भएको हुनाले उक्त समारोहमा यहांहरुको गरिमामय उपस्थितीको लागि सादर अनुरोध गर्दछौं ।

कार्यक्रम हुने स्थान र समय :
स्थान : एकिकृत नमुना मुसहर बस्ती, बर्दिवास ०२, महोत्तरी
मिति : २०७४/०१/०१
समय : बिहान ८ बजे

Started a campaign for raising funds for the "Asha Special School & Rehabilitation Center".
- Aina Barka        05 april 2017

Sincere thanks to Ms. Shweta Mainali & the Members of Nepalese Community of Australia:

In coordination of Ms. Shweta Mainali, Members of Nepalese Community of Australia have started a campaign for raising funds for the "Asha Special School & Rehabilitation Center". More than 2 dozens of them have already started collecting $5/month per person. I am speechless by their spontaneous and a very meaningful campaign for our project. It will truely help to cover the daily needs of our children. In addition, it will highten the level of our motivation to work for these children. On behalf of the School team and our children, I express my sincere thanks to Ms. Mainali and all those kind personalities helping for the cause of our children.

Sweta Mainali 

Contact Form

Name

Email *

Message *

Powered by Blogger.