लण्डनबाट गोरखा स्पाईस् साउथ वे का सञ्चालक तथा उहांहरुको ग्रहकले ३२ हजार ५ सय २५ रुपैया सहयोग
करिव ३ दशक भन्दा लामो समयदेखी लण्डनमा बसोवास गरिरहनु भएका उद्धव प्रसाद शर्मा सहित उहांहरुको परिवारले लण्डनमा संचालन गरिरहनु भएको गोरखा स्पाईस् साउथ वे का सञ्चालक तथा उहांहरुको ग्रहकले दिनुभएको सहयोग संयुक्त रुपमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ३२ हजार ५ सय २५ रुपैया सहयोग दिनुभएको छ । उहांहरुले दिनुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी गराउन चाहान्छौं ।