स्वर्गीय बाबाआमाको सम्झनामा ईजरायल बाट३० हजार १ सय ५० रुपैया सहयोग||अनुमानित रकम पुगिसक्यो||
सुनसरी बाक्लुरी ९ स्थाई घर हुनुभएका देब कुमार मगर हाल ईजरायल हुनुहुन्छ । उहांले स्वर्गीय बाबा आमा सुर्य बाल्मपाकी मगर र रुपा बाल्मपाकी मगरको सम्झनामा आफ्नो परिवार देब कुमारी बाल्मपाकी मगर, छोरा ज्ञानेन्द्र बाल्मपाकी मगर, बुहारी यमुना मगर र नातिनी स्मिृती‘स्मारिका’ को संयुक्त रुपमा ३० हजार १ सय ५० रुपैया सहयोग पठाउनु भएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । सहयोग प्रति सम्पुर्णलाई हार्दिक धन्यवाद दिन चाहान्छौं ।
फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अनुमानित रकम पुगिसकेको जानकारी दिन चाहान्छौं ।