Latest Post

अब हुने चुनावमा  पार्टी नहेरी हाम्रा हैन राम्रा
भिजन भएका युवा पुस्तालाई कुनै पनि हालतमा जिताउनु हुन्न,किनकी यहाँ रोजगार सिर्जना हुन सक्छ
बैदेशिका रोजगार घट्न सक्छ,पढ्न नपाएका नेपाली हरुले पढ्न पाउन सक्छन,औषधिको अभावमा मर्नु पर्ने नेपालिहरुले निशुल्क औषधी पाउन सक्छन,सफा र हराभरा नेपाल बन्नसक्छ,फ्लाई ओवर र सुरुङ मार्गसहितका सफा र फराकिला बाटाहरु बन्न सक्छन्
विश्वस्तरिय रङ्गशाला र एयरपोर्ट बन्न सक्छन्
ट्रलिबस सेवा र रेलसेवा शुरु हुन सक्छ,प्लानिङ सहितका टुरिजम सिटी तथा बस्ती हरु बन्न सक्छन
मुख्य कुरो त फ्याट्ट नेपाल बिकाश हुन सक्छ
तेही भएर टाउको फुटाएर हुन्छ कि, जुलुसमा हिडेर हुन्छ कि,टायर बालेर हुन्छ कि, नेपाल बन्द गरेर हुन्छ
जे गरेर भएपनी यि नै भिजन नभएका पुराना बुढा रोगि
नेतालाई जिताउनु पर्छ   ,फेरी देश बिकाश भयो भने त बर्बाद हुन्छ।

- कुमार कट्टेल जिग्री


जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैतृ र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सहयोगको लागि सम्पर्क :-९८४१०२६२६६
"ईश्वरलाई चडाउने भनेको भावना हो,
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

" आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न "

आज मिति २०७४ वैशाख ८ गतेका दिन चितवन सेवा समाज बहराइनको सहयोगमा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालद्वारा  गोहीको आक्रमणमा परेका जगतपुर २३ घैलाघारीका १३ बर्षिया बालकलाई रु ३५,५०० आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो |

पिडितको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचारको लागि समस्या परेकोले  पत्रकार नारायण ढुंगानाको पहलमा बिभिन्न संघ सस्था लगायत समाजसेवीहरु सम्पूर्णलाई सहयोगको लागि हार्दिक अपिल गरिएको थियो |

सोहि अनुसार नेपालको चितवन जिल्लाबाट रोजगारी गरिरहेका चितवनवासीहरुको सामाजिक सस्था चितवन सेवा समाज बहराइनले सामाजिक परोपकारी सहयोग गर्दै चितवनको बिकास र समाजमा रहेका दिनदुखी असहाय गरीब अशक्तहरुको सेवा गरीरहेको सबैमा जानकारी नै छ | मातृभूमि नेपाल र गृह जिल्ला चितवनमा बिभिन्न सामाजिक परोपकारी कार्यहरु गर्दै समाजमा प्रशंसनीय पात्र बनेको चितवन सेवा समाज बहराइन यस पटक पनि आफ्नो परोपकारी कार्यबाट टाढा रहन सकेन |
अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी, कोषाध्यक्ष श्री सिता ढकाल, सह-कोषाध्यक्ष श्री सझाराम बि.क को उपस्थिति रहेको सो कार्यक्रममा बिरामीका परिवारलाई सो आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो |
सामाजिक परोपकारी गतिबिधिमा सदा अग्र स्थानमा रहन सफल चितवन सेवा समाज बहराइनले गृह जिल्ला चितवनको सामाजिक बिकासमा काँधमा काँध मिलाएर सहकार्य सद्भाव र समन्वय गर्दै संसारभरका चितवनवासीहरूको साझा सस्था चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिमा आवद्द रहदै समाजीक र परोपकारी गतिबिधि अगाडी बढाउन उदाहरणीय कार्य गरेको छ , हामी चितवन युवा समूह अन्तराष्ट्रीय समन्वय समिति नेपाल सपरिवारको तर्फ देखि हार्दिक धन्यवाद सहित आगामी दिनहरुमा पनि सदा सामाजिक परोपकारी कार्यमा अगाडी बढ्ने छ भन्ने शुभ कामना व्यक्त गर्दछौ ।
अध्यक्ष
मुक्तिप्रसाद अधिकारी
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

सबैमा हार्दिक निम्तो गर्दछौँ । कार्यक्रम १ घण्टाको हुनेछ।

(१) रु.२५,०००/- को गजल पुरस्कारको घोषणा
(२) १ गजल गायन (गायक Purushottam Subedi)
(३) ३ गजल वाचन (नृपेश उप्रेतीबाट)
(४) ३ गजल वाचन ( बिपिन सलामी , Lalit Bista , सुमन समारिका)
(५) मुसाफिर विमोचन

छलफलमा
गजलकारः Gyanu Walker Poudyal
गजलकारः Rupak Banbaasi
संगीतकारः Arjun Pokharel

कार्यक्रम
मितिः २०७४ वैशाख ९ गते शनिबार
समयः दिनको ३ः०० बजे
स्थानः सर्वनाम थिएटर, कालीकास्थान, डिल्लीबजार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.