सुखद पारिवारिक पुर्नमिलन||२ महिनाकाे उपचार,लालन पालन पछि गणेश गुरुङ लाई परिवार सँग भेटाउन सफल भयौं।
"सुखद पारिवारिक पुर्नमिलन.......!!" मिति २०७४/०१/१९गते
मानवसेवा अाश्रम लमजुङ
9855076007/९८५५०७६००७
मिति २०७३चैतमा काठमाडौ गाेंगबुमा वेबारिसे अवस्थामा भेटिएर प्रहरीले उद्वार गरि मानवसेवा अाश्रममा बुझाईएकाेमा नामथर गणेश गुरुङ र घर लमजुङ जिल्ला बताउने धेरै मुख बाेल्न नसक्ने मानसिक सन्तुलन ठिक नभएका अन्दाजी ५५वर्ष जतिका व्यक्तिलाई घर परिवारकाे खाेजि गरि पुर्नमिलन गराउने उद्वेश्यले मानवसेवा अाश्रम लमजुङमा ल्याईएकाे थियो ।
करिब २ महिनाकाे उपचार,लालन पालन पछि निज गणेश गुरुङको परिवार खाेजि गर्दै गर्दा बेशिसहर-७ सहजी स्थित धिर वहादुर थापाकाे घरमा भाडामा बस्दै अाएका संखुवासभा जिल्ला साविक माल्टा गाविस-६स्थित नन्दकेशर गुरुङ र गिता गुरुङका भाइ/देवर भएकाे खुल्न अाएकाे हुँदा निज गुरुङलाई उनकी भाउजू गीता गुरुङ लाई बुझाएर जिम्मा लगाईएकाे जानकारी गराउन पाउँदा खुशि लागेकाे छ।
अाजकाे दिनमा मानवसेवा अाश्रम लमजुङमा ६ जना लक्ष्मीनारायणहरुले अाश्रय लिई राख्नु भएकाे छ।