Latest Post

अनाथ  बालबालिकाहरुलाई थप भवन निर्माणको लागी रुपन्देही सेवा समाज इजरायलले रु. १,०७,५७५/- (एकलाख सातहजार पाँचसय पचहत्तर) सहयोग

देश बिदेशमा रहनुहुने संपूर्ण  नेपाली  आमा , बुवा, दाजुभाइ  तथा दिदिबहिनीहरुमा " रुपन्देही  सेवा समाज इजरायल " परिवारको तर्फबाट  नमस्कार  टक्र्याउन चहान्छौ।
                        रुपन्देही  जिल्लामा अस्थायी  तथा  स्थायी  घरभै हाल इजरायलमा रोजगारी  तथा  शैक्षिक क्षेत्र हुनुहुने संपूर्ण  दाजुभाइ  तथा दिदिबहिनीहरु मिलेर  रुपन्देही जिल्लाको असाय, अनाथ,  दुखी ,गरिब, अशक्त तथा समाजिक उन्नतिको लागि  केही सहयोग  गर्ने उदेस्यकासाथ  आफुहरुले  यस बिदेशी  भुमिमा  आर्जन गरेको रकमबाट  प्रत्येक महिना केही रकम  र अरु विभिन्न  संस्कृतिक, मनोरञ्जनत्मक कार्यक्रम गरि  जम्मा गरेको रकम बिगत केही बर्ष देखि सहयोग गर्दै  आएको अवगत गराउन चहान्छौ।
             
                 आजपनी  रुपन्देही  जिल्ला  सैना मैना नगर पालिका वार्ड नम्बर  १ बनकट्टामा संचालित ( अभियान  नेपाल बालगृह) नामक गैरसरकारी  संस्थाले  बिगत केही बर्ष  देखि अनाथ  बालबालिकाहरुको संरक्षणकोलागी  बालगृह  संचालन गर्दै आइरहेको र हाल बालबालिकाहरुकोलागी आवास गृह  थप गर्नु पर्ने भएकालेे  रुपन्देही  सेवा  समाज इजरायललाई यो महान काममा सहयोगको लागि अनुरोध  गरेको हुदा,  सो सिफारिसको आधारमा रु 107575/- एक लाख सात हजार पाँच सय पचहत्तर मात्र सहयोग  गरेका छौ।
                      अभियान  नेपाल बालगृह बाट रुपन्देही  सेवा समाजलाई सहयोगको लागि  गरेको सिफारिस  पत्र तथा आजको सहयोग  कार्यक्रमको झलक पेस गरेको छु,छौ ।
                      
                       
                        नारायण पोख्रेल
                        महासचिव
                रुपन्देही  सेवा समाज इजरायल

रुकुमका युद्ध पिडित २५ बाल-बालिकालाई माध्यामिक तह सम्मको शिक्षाको लागि  लाग्ने सम्पूर्ण खर्च मेरो तर्फबाट मेरो जन्मदिनको उपहार दिने छु।- उमा कार्की 'थापा' 

'मेरो जन्मदिनको उपहार रुकुमका युद्ध पिडित बालबालिकाको शिक्षामा'!!!!

आज मेरो जन्मदिन, मलाई जिन्दगी दिने मेरा माता पिता प्रति सत् सत् नमन । यतिबेला म महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा सुन्दर भविष्यको सपनालाई सार्थक बनाउने अभिलाषा बोकेर मेरा सन्तान र परिवारको भविष्य सुन्दर बनाउन अहोरात्र कर्मभूमिको आँगनमा डटिरहेको छु । जिन्दगी जिउने क्रममा मैले मेरो जन्म दिनका अवसरमा धेरै उल्ल्हासमय क्षणहरुमा साथी, संगी र परिवारसंग रमाएको छु तर मलाई कहीं कतै केहि नपुगे जस्तो भैरहन्थ्यो । यहाँहरुलाई अवगतनै छ अमेरिका आगमनसंगै मेरो पारिवारिक विरासतले दिएको सेवा परमो धर्म र स्वतन्त्रताको मेरो मन भित्रको अमीट छापकै प्रतिफल मातृभूमि नेपला होस् वा अमेरिकामा मैले आफ्ना लागि बैभवता मात्र होइन सामाजीकरण र न्यायको लागि आफुलाई मैदानमा होमे । म एउटी नेपाली मूलकी, छोरी, बुहारी र आमा, घरको पर्खाल नाघेर अमेरिकी स्वतन्त्रताको मूल्य उपभोग गर्न नेपाली अमेरिकनलाई डोर्याउने कोशिस गरेकै प्रतिफल नेपाली अमेरिकनको सामाजिक संस्था नेपाल अमेरिका एकता समाजको अध्यक्ष हुँदै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) अमेरिकाको महिला संयोजकमा निर्वाचित भएर अमेरिकामा रहेका नेपाली समुदायका आमा दिदि बहिनीहरुको सेवामा आफ्नो कार्यकाल समर्पण गरे । गर्व साथ् भन्छु यतिबेला (एननआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदको प्रत्याशीका रुपमा यहाँहरु माझ उपस्थित भएको छु । मलाई विश्वास छ, सदाझैं यहाँहरुको अमूल्य मत, साथ्, समर्थन र मायाले म सदाझैं यहाँहरुको अमूल्य मतले निर्वाचित हुनेछु । तर मेरो मन यतिबेला पश्चिम नेपालका रुकुम रोल्पाका जस्ता विकट गाउँका बाल-बालिकाले शिक्षाको उज्यालोबाट वन्चित हुनु परेको दर्दनाक दृश्य मेरो मानसपटलमा घुमिरहेको छ । मलाई हेक्का छ, प्रवाशका नेपालीलाई मातृभूमिसंग जोड्ने गैर आवासीय नेपाली अभियानसंग मेरो आवद्धता र नेतृत्वको आकांक्षा मात्र पदको लागि हुनु हुन्न । 'जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी' अर्थात् आमा र जन्मदिने दिने धर्तिको ऋण तिर्नु पर्छ मैले । नेपाल आमाका सन्तान कोहि काखमा कोहि विकट गाउँको पाखामा हुनहुन्न अर्थात् मेरो मनले भन्यो रुकुमका युद्ध पिडित २५ बाल-बालिकालाई शिक्षाको उज्यालो घामबाट बंचित हुनु भनेको भोलिको नेपाल अँध्यारो हुनु हो । मन दुख्यो, म के गर्न सक्छु मलाई मेरो मनले सोध्यो र मैले अठोट गरें, रुकुमका युद्ध पिडित २५ बाल-बालिकालाई माध्यामिक तह सम्मको शिक्षाको लागि  लाग्ने सम्पूर्ण खर्च मेरो तर्फबाट मेरो जन्मदिनको उपहार दिने छु । खुसीको यो पल बाड्न चाहन्छु यहाँहरुलाई, यसै शैक्षिक सत्रबाट रुकुमका युद्ध पिडित २५ बाल-बालिका भोजन सहित स्कुल जाँदै छन् ।  मेरो मन मुटुमा लोकतन्त्र, स्वतन्त्रता, सेवा परमो धर्म र जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसीको अमीट छाप छोड्ने मेरा पिताजी नेपालको प्रजातान्त्रिक आन्दोलनका जिउँदा सहिद गणेशबहादुर कार्की, मेरी स्वर्गीय माता तिर्थ कार्की, मेरा पति र मेरा बहिनीहरु प्रति यो क्षण साथ्, समर्थन र उत्प्रेरणाको लागि कृतज्ञता जाहेर गर्दछु । मलाई र गणेश तिर्थ कार्की फाउन्डेसनलाई रुकुमका युद्ध पिडित बालिकाको शिक्षामा डोर्याउने र पुर्याउने महिला नेत्री कुसुम थापा प्रति यो अवसरमा आभार प्रकट गर्दछु । जननायक बिपी कोइरालाको भनाई, ठुलो होइन असल मान्छे बन्ने प्रेरणा म भित्र जगाउने भगवानलाई जन्मदिनको यो घडीमा कोटी कोटी नमन टक्र्याउछु । जिन्दगीले प्राप्त गर्ने पद र प्रतिष्ठा सेवा परमो धर्मको मूल मन्त्रमा डोर्याउने प्रण गर्दछु । आउनुहोस मिलाउ हातहरु 'जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसीको मूल मन्त्र सहित मातृभूमिको सेवामा ।

विनित,

उमा कार्की 'थापा'
सदस्य, महिला कार्यदल, एनआरएनए आइसीसी
उपाध्यक्ष उम्मेदवार 
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) अमेरिका

"जन्मदिनको अवसरमा दुई चेलिबाट मानवसेवा अाश्रम लमजुङलाई सहयाेग...........................!!"

मिति २०७४ जेठ १५ गते साेमबार
रोट्याक्ट क्लव अफ लमजुङका २०१६/१७ का भाईस प्रिसिडेन्ट खुदी निवासी टेलिभिजनकर्मी अादरणीय शुशिला पौडेल (रिमाल) ज्यु र रोट्याक्ट क्लव अफ लमजुङका २०१६/१७ का सदस्य लक्ष्मी श्रेष्ठ ज्युले आफ्नो तर्फबाट शुभ जन्मदिनको अवसरमा मानवसेवा अाश्रम लमजुङको सेवामा सहजता पुर्‍याउने उद्धेश्यले अार्थिक सहयोग (शुशिला १०५०/लक्ष्मी ११५५) गर्नु भएको छ। दुवै जना सहयोगी मनहरुमा हार्दिक आभार प्रकट गर्दछौं ।
मानवसेवा अाश्रम लमजुङ परिवार।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

Contact Form

Name

Email *

Message *

Powered by Blogger.