Latest Post

"मानवसेवा आश्रममा खाद्यान्न स-प्रेम अर्पण ।"

मानवसेवा आश्रम चितवन,भरतपुर-१० बाईपास रोड(अाँखा अस्पताल नजिकै)थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३

भरतपुर-४ बेलचोक निवासी परोपकारी मनका धनी,शुभेच्छुक  आदरणीय निरज कुमार प्रधानज्यु द्वारा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण (आमाबुवाहरुलाइ) खाद्यान्न स-प्रेम अर्पण गर्नु भएको थियो ।उक्त कार्यक्रमका निम्ति प्रधान परिवारको पनि गरिमामय उपस्थिति रहेको थियो ।हजुरहरु लाई सदैव सुखले खान पुगोस् र आफू भन्दा कम अवसर पाएकालाई खुशीले दान गर्न पुगोस ।
धन्यवाद ।

"पुण्यतिथीको प्रेम मानवसेवालाई"
@Manavsewa Ashram Gorkha Branch
सम्पर्क:- ०६४-४२०६९४,९८५५०७६००६

२०७४/०२/१६ गतेका दिन गो.न.पा.- ७,धारापानी निवासी उदारमना परोपकारी अादरनीय श्री देवमाया श्रेष्ठ(कान्छी दिदी) तारादेवी श्रेष्ठ, चाइना श्रेष्ठ तथा छोरा विरेन्द्र कुमार श्रेष्ठ ज्यूले मानवसेवा अाश्रमको सेवालाई थप सरल अनि सहज बनाउने अभिष्ट राखी स्व.अामा ईन्द्रकुमारी श्रेष्ठ ज्यूको पुण्यतिथीको अवसरमा अाश्रमलाई सहयोग स्वरुप दैनिकी खाद्यान्न (चामल- १ बोरा=२५ किलो, नुन- २ किलो, तेल- १ लिटर, दाल- १ किलो, अालु- ५ किलो, बिस्कुट- ६ प्याकेज, चियापत्ती- १४० ग्राम, भुजिया- २ प्याकेज, भाँडाधुने साबुन- ४ पिस, दही- १ लिटर, केरा- १ दर्जन १/२  स-प्रेम अर्पण गर्नुभएको छ ।
हाल मानवसेवा अाश्रम गोरखा शाखामा ३ जना लक्ष्मीनारायण तथा १६ जना बालगोपालहरुले अाश्रमको गरिमा बढाइरहनु भएको छ ।
मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने उदारमना परोपकारी श्री देवमाया श्रेष्ठ ज्यू लगायत सम्पूर्ण श्रेष्ठ परिवारलाई धेरैधेरै साधुवाद एंव  सुख, शान्ति, सम्वृद्दी, दिर्घायूको हार्दिक मंगलमय शुभ - भावना !
............................................................
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रत्येकप्रत्येकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नामबाट विश्व मानचित्रमा परिचय गराउने।)

धन्यवाद !

स्व.बुवाको श्राद्रको अवसरमा दिउँसोको खाजासेवा @ मानवसेवा आश्रम ।"
.........................................................................
मिति:२०७४/०२/१६ गते @ मानवसेवा आश्रम चितवन,भरतपुर-१० बाईपास रोड (अाँखा अस्पताल नजिकै)थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३

भरतपुर-११,बिशाल चोक निवासी परोपकारी मनका धनी आदरणीय जेथराज गिरिज्युद्वारा अफ्नो स्व.बुवा उमानाथ गिरिज्युको श्राद्रको अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण (आमाबुवाहरुलाई) दिउँसोको खाजा सेवा स-प्रेम अर्पण गर्नु भएको थियो ।उक्त कार्यक्रममा आदरणीय जेष्टराज गिरिज्युको पनि गरिमामय उपस्थिति रहेको थियो ।

अशक्त, अनाथ, अपाङ, असाहय एंव मानसिक संतुलन गुमाई सडकपेटी एंव सार्वजनिक स्थलहरूमा वेवारिसे भई कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरूको उद्दार, पालनपोषण, औषधीपचार एवं परिवारको खोजी गरि पारिवारिक पुन:मिलन गराउँदै २०८२ साल  ( अबको ८ वर्ष ) भित्र नेपालको धर्तिमा एक छाक खान नपाएर, एक सरो कपडा लगाउन नपाएर, नाथैनाथको देशमा कोहि पनि अनाथ भएर बस्न नपर्ने अवस्थाको निर्माण गर्नका लागि सहजीकरणका लागि  श्री जेथराज गिरि प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं।
................................................
मानवसेवा आश्रमको मुख्य कार्यालय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यालयहरूको बारेमा थप जानकारीको लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ०५६ - ५२५८९४, ९८५५०७६००३
काठमाडौंं , सामाखुशी : ०१-४३५७५६३,  ९८५५०७६००४
ललितपुर, हात्तीवन :०१-५२५१२६२,  ९८५५०७६००५
गोरखा, पाटेचौर : ०६४-४२०६९४,  ९८५५०७६००६
लमजुङ, बेसीशहर : ९८५५०७६००७
विरगंज, इन्डियन एम्बेसी पछाडि : ९८५५०७६००८
बाग्लुङ, बागलुङ बजार / पोखरा : ९८५५०७६००९
धन्यवाद ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.