Latest Post

नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष  शतक रक्तदाता प्रेम सागर कर्माचार्यद्वारा आज सिटी स्क्वाएर, बागबजारमा १५० औं पटक रक्तदान गर्नुहुंदै ! वहाँलाई केन्द्रिय रक्त संचार सेवा केन्द्रका निर्देशक मनिता राज कर्णिकारद्वारा शतक रक्तदाता सम्मान तथा आयोजकको तर्फबाट पनी रक्तदाता सम्मान प्रदान गरिएको थियो ! प्रेम सागर कर्माचार्यज्यूलाई धेरै धेरै बधाई साथै धन्यवाद र शुभकामना !
             सो कार्यक्रममा  स्वास्थ मन्त्री गगन थापालाई प्रमुख अतिथि निम्त्याईएको भएतापनी हिजो मात्र सरकार परिवर्तन भएको कारणले निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाको उपश्थित नभएको कारणले कार्यक्रम निर्धारित समय भन्दा डेढ घण्टा ढिलो शुरु भएको थियो ! मन्त्रीको हैसियतले नभएपनी एउटा जिम्मेवार नागरिकको हैसियतले यस्तो पवित्र  सामाजिक काममा निवर्तमान स्वास्थ्य मन्त्री गगन थापा किन उपश्थित भएनन ? के उपश्थित हुनु जिम्मेवार होईन र ?

राधा श्रेष्ठ
अध्यक्ष
नेपाल स्वयंसेवी रक्तदाता समाज
३० वडा नगर समिति, काठमाडौ ।

जापान बस्नुहुने Amrit regmi ज्युले  आफ्ना पुजनिय बुवा यमनाथ रेग्मिज्युको आउँदै गरेको जन्मदिनको पावन अवसर मा सप्तरीका ३ दृष्टिबिहिन परिवारको लागि बनिरहेका ३ आवास निर्माण सहयोगार्थ हामिलाई
रु१०,१०१ सहयोग रकम पठाउनु भएको छ उहाप्रती नमन व्यक्त गर्दै उहाका पुजनिय बुवालाई आउँदै गरेको जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौ।

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)
"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

गुल्मी जिल्ला छत्रकोट गाउपालिका वडा नम्बर ४ निवासी हाल दोहामा कार्यरत  गुल्मी सेवा समाज कतारका सचिब श्री केशब कँडेल ज्यूले गुल्मी सेवा समाज कतारद्वारा सन्चालित एम्बुलेन्स अभियानमा नगद रु ३१०० /- अक्षेरुपी तिन हजार एक सय रुपैयाँ सहयोग प्रदान गर्नु भएकोछ, उहालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।
यहाँको यो पवीत्र मानवीय सहयोगले एम्बुलेन्स अभियान सम्पन्न गर्न हामिलाई थप हौशला मिलेको छ । हामी यहाँ लगायत समस्त परीवारको सुख शान्ती, सुस्वास्थ्य र दिर्घायूको लागि ईश्वर संग प्राथना गर्दछौ । यहाको सहयोग युगौ युगान्त अविस्मरणीय रहनेछ । धन्यवाद !

गुल्मी सेवा समाज कतार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.