Latest Post

जन्मदिनको अवसरमा आश्रममा भोजनसेवा
१७ असार २०७४ /मानवसेवा आश्रम काठमाडौं
........................
ललितपुर टिकाथली निवासी आदरणीय परोपकारी एवं मानवताप्रेमी आदरणीय मिति चेत वहादुर श्रेष्ठज्यू एवं ममतामयी माता पर्वती श्रेष्ठज्यूको सुपुत्र आदरणीय रित श्रेष्ठज्यूले मानवसेवा आश्रम काठमाडौंमा विहानको भोजनसेवा गराउनुभएको छ ।

मानवीय सेवाको कार्यमा योगदान पपुर्याउनुहने आदरणीय रित श्रेष्ठज्यू एवं उहाँको सम्पुर्ण परिवारमा शुख, शान्ति, समृद्धि एवं सफलताको शुभकामना ।

सेवा संयोजनको लागि महत्वपुर्ण भूमिका निर्भाह गरिदिनुहुने आदरणीय अन्तिमा पोखरेलज्यूप्रती विशेष आभार ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


रक्तदान जस्तो महान मानविय कार्यमा तेस्रो पटक सहभागी हुंदै मैतिदेवीकि स्वयंसेवी रक्तदाता जेनिशा मुनिकार
                      रक्तदान जस्तो महान कार्यकोलागी हार्दिक नमन!  वहाँले नेपाल स्वयम्सेवी रक्तदाता समाजको आजिवन सदस्य बनेर रक्तदान क्षेत्रमा निरन्तर सेवा गर्ने वचन दिनुभएको छ ,त्यसैले फेरी एकपल्ट धेरै धेरै धन्यवाद साथै शुभकामना जेनिशा मुनिकारलाई !

अष्ट्रेलिया बस्नुहुने सुमन खत्री ज्युले आज असार १९ गते आफ्नो पुजनिय बुवा खिलेन्द्र खत्री ज्युको जन्मदिन परेको उपलक्ष्यमा सप्तरीका दृष्टिबिहिन परिवारको लागी  निर्माण भैरहेका ३ घरको लागी हामिलाई  रु.२०,६००/-  सहयोग रकम पठाउनु भएको छ, उहाँलाई आभार व्यक्त गर्दै पुजनिय बुवालाई जन्मदिनको धेरै धेरै शुभकामना||
- कुमार कट्टेल जिग्री


जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)

"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"

- जिग्री पाँडे प्रतिस्ठान नेपाल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.