Latest Post

" सेवा नै धर्म हो "
शिद्दी बिनायक महिला बिकास समिति ,काठमाण्डौको सहयोग बिधालयको अक्षयकोषमा ।
नागर्जुन न.पा.-४ खौपाटोल सिता पाईला काठमाण्डौ अवस्थित शिद्दी बिनायक महिला बिकास समितिबाट चितवनको खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयकोषमा आज नगद रू. १५२०।- सहयोग प्राप्त भएको छ ।
शिद्दी बिनायक महिला बिकास समितिकी अध्यक्ष आदरणिय सहयोगी बैनी श्री सिता पाठकज्यूले सामाजिक संजाल फेसबुकको माध्यम बाट सम्पर्क गर्दै वहाँसंग भएको कुराकानिमा चितवनको खैरहनी मावीमा आर्थिक अभावका कारण उच्च शिक्षा अध्यनकालगी कठिनाई पर्ने जेहेन्दार तथा असह्याय गरिब बिधार्थीहरूकलागी कक्षा ११ र १२ अध्यन गर्न एक करोडको लक्ष्यका साथ सामाजिक अभियानको रूपमा थालनि गरिएको अक्षयकोषमा , संस्थाको अध्यक्ष , कोषाध्यक्ष र सदस्य बैनीहरूले उद्घोषण तालिम बाट आफुले प्राप्त गरेको उक्त रकमलाई संस्थाको तर्फबाट सहयोग हुने गरि सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै अगामी दिनहरूमा पनि यस सामाजिक अभियानलाई सार्थक बनाउन हामी सबैको दायित्वको बोध गर्दै  संस्थामा आवद्द महिला समितिका सदस्यहरूले कुनै तालिम,गोष्ठी तथा अन्य शिर्षक बाट प्राप्त हुने रकमलाई  खैरहनी मावीमा स्थापित जन्मोत्सव तथा स्मृत्ती छात्रवृत्ती अक्षयोकषमा सहयोग गरिने निर्णय गर्नु भएको जानाकारी समेत ब्यक्त गर्नु भएको छ ।
बिधालय तथा अक्षयकोष परिवारको तर्फबाट वहाँहरूको सहयोगी परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दै यस सामाजिक अभियानलाई अझ बढी सार्थक बनाउन सहयोग पुगोस् भन्ने उदेश्यले काठमाण्डौ देखी ह्रदय देखी नै सहयोग प्रदान गर्नु हुने शिद्दी बिनायक महिला बिकास समितिका अध्यक्ष , कोषाध्यक्ष , लगायत सम्पुर्ण आदरणिय महिला समितिका सदस्य ज्यूहरूलाई सुख, शान्ति र समृद्दीको शुभकामना प्रदान गर्दै तपाईको " शिद्दी बिनायक महिला बिकास समिति " संस्थाको उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछौ ।

संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने
१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२
२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।-
३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ ।
गरिमा बिकास बैंक  खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ ।

- मुरली प्रसाद गजुरेल

आज 2074/04/14 गते शनिबार को दिन जोरपाटी निवासी भगवती पुडासैनी ज्यु को छोरा बिनोद पुडासैनी ज्यु को जन्म दिन। बिनोद जि अहिले अध्ययन को सिलसिला मा न्युजिल्यान्ड मा हुनु हुन्छ।उहाँ को जन्म दिन को शुखद अबसर मा उहाँ कि आमा द्वारा येस केन्द्र मा रहेका बालबालिका तथा बृधा बाबु आमाको अगाडि केक काटेर मनाउनु भयको छ। साथमा दहि चिउरा केरा आदि खुवानु भयको छ। साथै  रु.1000/- पनि केही खुवाईदिनु होला भनी उपलब्ध गराउनु भयको छ। उहाँ को साथमा हाम्रा शुभ चिन्तक तथा सहयोगी Durga Sanjeldurga ज्यु को पनि उपस्थिति रहेको थियो। बिनोद जि लाई जन्म दिनको लाखौं लाख शुभकामना ब्यक्त गर्दछौ। र हजुरको अध्ययन मा सहज्ता हुन सकोस भन्ने पनि कामना गर्दछौ।
भवदीय
युबराज थापा
अध्यक्ष
मो.9851160868/9841360868
शलम्बुतार शाखु , काठमाडौ

हजुर हरुले थाहा पाऊनु भो ? यदी नपायको भय ८ मैना को २१ तारीख़ सोमवार कामता इकेगामी हल इकेगामी स्टेशन इकेगामी लाइन जे आर गोटानन्दा स्टेशन बाट पनि ओके कामता स्टेशन बाट पनि ओके आजैबाट छुट्टी मिलाऊनुहोला धमाका हुदैछ । गायक रमेश राज भट्टराई आऊदै हुनुहुन्छ (बेहुला बनाउछु भन्थी बहुला बनाएर गई )साथमा पूर्णकला बि.सी .....तेसै गरी हाम्रै साथमा हुनुभएका सूर्य खड्का   माधब सिग्देल ले धमाका मच्चाउनु हुनेछ......छुट्नु होला है इचीनेन नो इखाई देस त्यो दिन तीज को गीत गाएर सबैलाई नचाउनु हुन्छ ....

- कृष्ण ढुङ्गाना

Contact Form

Name

Email *

Message *

Powered by Blogger.