Latest Post

"भजन  गाउने  ओठहरु भन्दा  प्रेमले भरिएको  हृदय र सेवा  गर्ने  हातहरु  पबित्र  हुन्छ!"

धेरै  -धेरै  साधुबाद  परोपकारी मनहरुलाई !!

...................................................................
बिरगंज, पर्सामा  निवासी     मानबिय  भावना  धनी आदरणीय   उदारमनाज्युहरुले  जनै पुर्णिमा को पावन अवसर     आश्रमको    सेवा कार्यमा  सहयोगी  हात  बटाउनु  भएको  छ 

आदरणीय   Sanjay Thapaज्यु  रु.  ३०००
आदरणीय  भावना चौहानज्यु   रु. १०००
आदरणीय  आशा पौडेलज्यु   रु .१०००
आदरणीय  उशा प्रधानज्यु  रु .१०००

स - प्रेम योगदान  गर्नु  भएको  छ !

मानबिय सेवाको  कार्यमा  सहयोग  गर्नु  हुने  मानबताप्रेमी  मनहरुलाई  धेरै  धेरै साधुबाद  एवम सुख  शान्ती   र  सफलताको  धेरै  शुभ  भावना !!

सधैंभरी  सुखले  खान पुगोस
खुशी  मन  बनाउदै  मानबिय
सेवामा   योगदान / सहयोग  गर्न  पुगोस!


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


रत्ननगर - ३ शान्ति चोक निवासी, युनिक साकोसका उपाध्यक्ष, परोपकारी एंव मानवताप्रेमी आदरणीय प्रेम कृष्ण खनालज्यूले आफ्नो ममतामही आमा मुक्त कुमारी खनालज्यूको नामबाट  भरतपुर - ३ नारायणगढमा निर्माण हुन गईरहेको मानवसेवा आश्रमको  भवननिर्माणको सेवा कार्यलाई रू. १०,११५।- ( दश हजार एक सय पन्ध्र ) स - प्रेम अर्पण गर्नु भएको छ।
मानवीयसेवाको कार्यमा सहयोगी हात बढाउनु हुने उदारमना प्रेम कृष्ण खनालज्यूलाई धेरैधेरै साधुवाद एंव सु, शान्ति, प्रगति, सु - स्वास्थम दिर्घायूको हार्दीक मंगलमय शुभ - भावना !
(मानवसेवा आश्रम, चितवन शाखाको बारेमा थप जानकारीको लागि : ०५६ -५२५८९४,९८९५५०७६००३,९८५५०८१८९९,९८५५०७६००१)

रूपन्देही, बुटवलबासी सम्पूर्ण आमाबुबा दाजुभाई दिदीबहिनीहरूमा सादर निमन्त्रणा!

१६ साउन, सोमबार दिउँसो ठीक  २:०० बजे सहयोगापेक्षी सडकमानवहरूको व्यवस्थापनका लागि सरोकारवाला निकायहरूको भूमिका र गर्न सकिने प्रयासहरू विषयक विचारविमर्श कार्यक्रम रुपन्देही ब्यापार संघ को हल (विधुत अफिस नजिकै) मा हुँदै छ।
कार्यक्रममा मानवसेवा आश्रमका प्रमूख संरक्षक आदरणीय गुरू डा. गोविन्द टण्डनज्यू, सद्भभावना दूत आदरणीय हरि वंंश आचार्यज्यूको विशेष उपस्थिती रहने कार्यक्रमा स्पूर्ण मानवताप्रेमी रूपन्देही, बुटवलबासी सम्पूर्ण आमाबुबा दाजुभाई दिदीनहिनीहरूको गरिमामय उपस्थितीको लागि सादर निमन्त्रणा !
समाजमा विभिन्न परिस्थितिले लाचार र  विवश भई मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठमन्दिर, पाटीपौवा एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षीमानवहरू मुक्त जिल्ला, नगर बनाउने अभिष्टका साथ आयोजित कार्यक्रमा सम्पूर्णको उपस्थिती अपेक्षित रहन्छ।
कार्यक्रमको बारेमा थप जानकारीको लागि : (श्री कृष्ण पंगेनीज्यू - ९८५७०-३३८२९) (श्री विनु पाण्डे ज्यू - ९८४७२५१६९२)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.