Latest Post

हे शुद्ध चित्त , हे बुद्ध चित्त तपाईंहरुको जय होस् !
लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती १३ मा रहेका गरिब बालबालिकाहरुका लागि संचालन गरिएको कुमार बलराम स्‍मृति छात्रावासमा बस्दै आएका विद्यार्थीहरुको पठनपाठनलाई दिगो बनाउन संचालित साथीका लागि साथी कार्यक्रममा समावेश गरिएका मध्ये कक्षा १ मा अध्ययनरत सागर तामांगलाई संयुक राज्य अमेरिकाको  Herndon   निवासी श्रद्धेय गुणराज लुइँटेल  ज्युले आफ्ना छोरीहरु सितल+सगुन लुइँटेलको  (भाई ) साथीको रुपमा  अभिभावकत्व ग्रहण गर्दै उसलाई पहिलो बर्षको लागि उक्त छात्रावासमा बस्न ,खान र पढन लाग्ने खर्च$ ५०० उपलब्ध गराउनु भएको छ । एउटा गरिब परिवारमा जन्मिएका उनका लागि उक्त छात्रावासमा उपलब्ध हुने गुणस्तरीय शिक्षासंगै खाने र बस्ने व्यवस्थामा पुगेको सहयोगले भोलिका दिन सागर तामांगको  रुपमा राष्ट्रले एउटा कर्णाधार तथा  जिम्मेवार नागरिकको रुपमा प्राप्त गर्नेछ भने कान्दाली छोरा छोरी मार्फत त्यहाँको विशिष्ट पहिचान बन्ने छ भन्ने कुरामा म विश्वस्त छु । यो मानविय अभियानमा सहयोग पुर्याउनु हुने गुणराज लुइँटेल  ज्यु  लगायत उहाँको परिवार प्रति हामी हार्दिक सम्मान ब्यक्त गर्दछौं ।
अध्यक्ष
विष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ।
http://www.laxmipratisthan.org/sponsor-a-child/

६ साउन, २०७४ - सोमबार @ बुटवल, रुपन्देही ब्यापार संघ को सभा हल
...................................................
सहयोगापेक्षी सडकमानवहरूको व्यवस्थापनका लागि सरोकारवाला निकायहरूको भूमिका र गर्न सकिने प्रयासहरू विषयक विचारविमर्श कार्यक्रम रुपन्देही ब्यापार संघ को सभा हलमा मानवसेवा आश्रमका प्रमूख संरक्षकज्यू, सद्भावनादुत एंव जिल्लाका महत्वपूर्ण मानवताप्रेमी महानुभावहरूको गरिमामय उपस्थितीमा सम्पन्न भएको छ।
कार्यक्रम सफल बनाउन मानवीयसेवा को कार्यमा अहोरात्र जुट्नु हुने सम्पूर्णमा धेरैधेरै साधुवाद !
( नोट : बुटवलमा पनि मानवसेवा आश्रमको सेवा विस्तार हुन गई रहेको छ। - बुटवलसेवामा थप जानकारीको लागि : ( रूपा मानवसेवा:
९८५५०७६००३ ) ( होमनाथ मानवसेवा : ९८५५०७६००२ ) (श्री कृष्ण पंगेनीज्यू - ९८५७०-३३८२९) (श्री विनु पाण्डे ज्यू - ९८४७२५१६९२)
Manavsewa Ashram

हे शुद्ध चित्त , हे बुद्ध चित्त तपाईंहरुको जय  होस् !

लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती १३ मा रहेका अति सिमान्तकृत गरीब चेपाङ बालबालिकाहरुका लागि संचालन गरिएको कुमार बलराम स्‍मृति छात्रावासमा बस्दै आएका विद्यार्थीहरुको पठनपाठनलाई दिगो बनाउन संचालित  साथीका लागि साथी कार्यक्रममा समावेश गरिएका मध्ये कक्षा १ मा अध्ययनरत सन्दीप प्रजालाई संयुक राज्य अमेरिकाको Herndon निवासी श्रद्धेय स्मृती सुवेदीज्युले अभिभावकत्व ग्रहण गर्दै उसलाई पहिलो बर्षको लागि उक्त छात्रावासमा  बस्न , खान र पढन लाग्ने खर्च $ ५०० उपलब्ध गराउनु भएको छ । एउटा गरिब परिवारमा जन्मिएका उनका लागि उक्त छात्रावासमा उपलब्ध हुने गुणस्तरीय  शिक्षासंगै खाने र बस्ने व्यवस्थामा पुगेको सहयोगले सन्दिपका रुपमा राष्ट्रले एउटा कर्णाधारलाई भोलि जिम्मेवार नागरिकको रुपमा प्राप्त गर्नेछ भने कान्दाली  छोरा छोरी मार्फत त्यहाँको विशिष्ट पहिचान बन्ने छ भन्ने कुरामा म विश्वस्त छु । यो मानविय अभियानमा सहयोग पुर्याउनु हुने स्मृति सुवेदी लगायत उहाँको परिवार प्रति हामी हार्दिक सम्मान ब्यक्त गर्दछौं ।

अध्यक्ष
विष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.