Latest Post

बिचरा आकाशको नेपालगन्जमा उपचार हुन सकेन, क्यान्सरको सम्भावना,चितवन रिफर गर्यो तर आर्थिक अभावमा जान कठिनाइ, सहयोगको अपिल ।
नेपालगन्ज ।
जाजरकोटको बिकट त्रिबेणी नलगाड नगरपालिका वडा न:१३सिउनका २१बर्षका आकाश भण्डारी बिगत २महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।घरमा बुवा,आमा र भाइ भएका भण्डारीको परिवार २०बर्ष भारत बसेर नेपाल फर्केका भण्डारी परिवार अहिले गाउँमा आएर बसेका छ्न।गाउँमा फर्की सके पछि गाउँमा बस्ने घर,खाने गास नभएका आकाशभण्डारी बिगत दुई महिना देखि आर्थीक अभावको कारण उपचारमा समस्या भएको छ।र केही दिन अघि मात्र भण्डारीलाई नेपालगन्ज उपचारको लागि पुर्याइएको छ।उपचारको लागि नेपालगन्ज पुगेर पनि आर्थिक नभएकै कारण भण्डारी  मृत्युको दोसाधमा रहेका थियो।अहिले नेपालगन्जमा विभिन्न चेक जाँच प्रयोगशालामा गर्दा पनि कुन रोग लागेको हो भनी पत्ता समेत लाग्न सकेको छैन। नेपालगन्जमा रहेका भण्डारीको रगत,दिशा,पिसाब,खकार ,सबै जाँच गर्दा समेत कुनै रोग पत्ता नलागेपछि उनलाइ सिटि स्क्यान गरेपछी उनलाइ फोक्सोमा क्यान्सरको समस्या देखिएको छ।र अहिले भेरी अञ्चल अस्पताल नेपालगन्ज उपचार नहुने भए पछि उनलाइ भरतपुर क्यान्सर अस्पताल चितवनको लागि रिफर गरिएको छ।नेपालगन्जमा उपचार हुन नसकेका भण्डारीको साथमा अब न आर्थिक छ न त कुनै आधिकारिक प्रमाण  नै।अहिले उनीहरु संग नागरिकता प्रमाणपत्र सम्म छैन।र नागरिता सम्म नभएपछि उनिहरुलाइ पुन:जाजरकोट लिएर नागरिता बनाएर उपचारमा लिइने भएको छ।भण्डारीलाई आर्मिको हेलिकप्टर मार्फत सुर्खेत र सुर्खेत बाट नेपालगन्ज,र नेपालगन्ज औसधि उपचार  आर्थिक ब्यबस्था  जाजरकोटबाट पत्रकार ,सामाजिक अभियन्ता रसाइली  अहिले अस्पताल  मै पुगेर सहयोग र साथ सहयोग संकलनमा लागेका छन र सबै मिलेर आकाशको जीवन बचाउन साथ र सहयोग गर्न सबैमा अपिल समेत गरेका छन भने  त्यस्तै नेपालगन्ज हुन नसकेका छोरा आकाशलाई उपचारको लागि चितवन लिनु पर्ने भएकाले सक्दो सहयोग गरि  बचाइदिन बाबू बल बहादुर भण्डारी ले स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण सहयोगी मनहरुलाई भण्डारीलाई बचाउन अपिल गरेका छन।
सहयोगको लागि:9868220879
लक्ष्मण रसाइली ।

कुवेत म  रहनु भएका सम्पूर्ण सामाजिक संघ संगठनहरूलाई यस बिषयमा जानकारी गराउन चाहान्छौं कि  काभ्रे जिल्ला निवासी  श्री रामचन्द्र तिमील्सेना बिगत  ३ बर्ष देखि  रोजगारीको क्रममा साउदी अरबमा  सवारी चालकको रूपमा कार्यरत रहदाका बखत पाकिस्तानी नागरिकलाई ठक्कर दिदा निज पाकिस्तानी नागरिकको घटनास्थलमा नै निधन भएकोले साउदीको कानून अनुसार आजीवन कारवासको सजाय तोकिएको थियो तर मृतक परिवारको ब्लड मनि स्वरूप केही रकम लिन तयार भएको कारणले  चितवन युवा समुह अन्तराष्ट्रीय समन्वय समिती नेपालको अगुवाईमा " रामचन्द्र बचाऊ अभियान" बाट नेपाल र नेपाल भन्दा बाहिरका राष्ट्रमा कार्यरत चितवनका सामाजिक संस्थाहरूको सहयोगमा नेपाली राजदुतबास रियाध , साउदी अरबको प्रत्यक्ष पहलमा हिजो मिती ३१ जुलाई २०१७, सोमबारको दिन नेपाल सकुशल फिर्ता भएको जानकारी गराउन चाहान्छु । कुवेतको हकमा चितवन सेवा समाज कुवेत को पहलमा  रामचन्द्र बचाऊ अभियानको थालनी गरिएको थियो । रामचन्द्र बचाऊ अभियानमा आर्थिक सहयो गरि हाम्रो अभियान सफल बनाईदिनु हुने र अनलाइन माध्यम बाट सूचना सम्प्रेषण गर्नु हुने पत्रकार ज्युहरु लाई हार्दिक कृतज्ञता तथा मुरि मुरि धन्यवाद व्यक्त गर्दछु।सामाजिक संघ संस्थाहरू , रोजगारीका क्रममा कुवेतमा रहनु भएका  नेपाली दाजुभाई तथा दिदीबहिनीहरू , चितवन सेवा समाजका सहकर्मी मित्रहरूलाई चितवन सेवा समाज कुवेत परिवारको तर्फबाट धेरै धेरै धन्यबाद  सहित हार्दिक आभार व्यक्त गर्न चाहान्छौं ।             ।।।   जय चितवन ।।।।।।

         अध्यक्ष
      नवीन लोप्चन
चितवन सेवा समाज कुवेत

Contact Form

Name

Email *

Message *

Powered by Blogger.