Latest Post

काठमाडौ को धुवा धुलो ले सबै लाई आक्रान्त पारिरहेको छ तर पनि सम्भावना को शहर काठमाडौ छोडेर जाने मन प्राय कसैलाई हुदैन त्यही सम्भावना को बिचमा तय भएको मेरो यात्रा अनबरत चलिरहेको छ आज सम्म पनि ।
बिहानै को मन्दिर को घण्टी हरुले आँखा खुलाइदिएछ यसो जिउ तन्काए हेरे पुर्ब छप्पकै लालिले पोतिसकेक रहेछ सदा भन्दा आज अल्लि जोस बढी भएको अनुभव गर्दै थिए तर किन मलाई थाह भएन र आज मन्दिर को दर्शन गर्न जान मन पनि जागेर आयो अनि धेरै पहिले आमा लाई पशुपति को दर्शन गर्न जादा किनिदिएको थाली त्यतिकै बसिरहेको थियो जुरुक्क उठे अनि स्नान गरे धेरै समय पछि थाली ले पनि न्याय पायो थाली सफा गरे पुजा सामग्री तयार गरे अनि लागे मन्दिर तिर सायद जीवन मा म एक्लै मनले नै चाहेर मन्दिर गएको सम्भवत पहिलो चोटि हुन सक्छ यसको अर्थ यो होइन कि म धार्मिक नै होइन या नास्तिक म आस्तिक हु तर सबै कुरामा बिश्वास चाहिँ गर्दिन आबस्यक मात्रै ।
निकै लामो लाइन बसिसकेको रहेछ म पनि लाइन मै बसे  कता कता यी आँखा अनायास मै एउटा अपरिचित मा ठोकिँन पुगे देखिएका सबै राम्रा हुदैनन् फेरि मन लागेका नराम्रा हुनै सक्दैनन् तर लाइनमा थिए उनी अपरिच थिइन् कुनै साइनो थिएन बोल्न लाइ तर मन उनैमा गएर अडियो ओहो एकोहोरो पो भएछु त पछिल्लो भक्तजन ले ए बाबू पालो आयो अघि सर्नु त भनेपछि पो झ्ल्यास भए त्यति बेला सम्म उनी त पुजा सकेर पनि गइसकिछिन म भने मन मनै टोलाएर पो बसेछु पछि पो निकै लाज लाग्यो । र हतार हतार काम सकेर फर्क
अफिस जानू त छदैछ त्यो त नियमित नै भयो तर आज अल्लि ढिला भएछ अब काठमाडौ को जाम कचकचे  साहु ओहो कति मिलेको बेलाबखत मा नोकरी नै छोडिदिउ झै हुन्छ तर के गर्नु फेरि अर्को भेट्न पनि मुस्किल जे पनि तलब सहि समयमा दिन्छ यहि गुन ले पनि छोडेर जान सकिरहेको थिइन । आज कालिमाटी बाट बस नचढि सिधै हिडेर जाने योजना बनाए छिटो पुगिन्छ कि भन्ने हेतुले र यात्रा तय गरे टङेश्वरको पुल हुँदै भिमसेन स्थान कास्ठ्मन्डप हुँदै हारती होटेल हुँदै नरदेबी पकनाजोल हुँदै लैनचौर सम्मको यात्रा तय गरे पाइला हरु छिटो छिटो बढाउदै थिए कचकछे साहु लाई सम्झेर लगभग गन्तव्य मा पुग्न केहि समय बाकी थियो पकनाजोल चोक पुगेको थिए त्याह फेरि म अचम्मित भए जसलाई मैले बिहान मन्दिर मा देखेको थिए उनैलाई फेरि भेट्न् पुगे मन कस्तो कस्तो भयो म संग बोल्ने समय छ्दै थिएन  यसो हेरे अलि पर पुगेर पनि फर्की फर्की हेरे उनी आफ्नै काम मा ब्यस्त थिइन सोचे आज बेलुका फर्कदा यहि बाटो फर्कन्छु अनि कुनै न कुनै बहाना मा बोलेर जान्छु ।यति सोच्दै अफिस पुगे झन्डै ढिला भएको धन्न साहु आइपुगेको रहेनछ अरु साथिहरुले अफिस खोलेका रहेछ्न मेरो मन भने फिटिक्कै काम मा थिएन तर पनि गर्नु त बाध्यता नै थियो मेरो कर्तव्य पनि जे होस आजको अफिस समय छिटो सकिए हुन्थ्यो जस्तो भने लागेको थियो समयको गतिलाई न कसैले रोक्न सक्ने अवस्था थियो नत छिटो बनाउन सक्ने उ त आफ्नै गतिमा चलिरहन्छ तर फरक गति त हाम्रो मात्रै हो आज खोइ साहु आएन किन हो कुन्नी थाह भएन म पनि आफ्नो काम सकेर आज साथी हरुलाइ विशेष काम छ भनी एक घन्टा पहिले नै निक्लिए र मन भरी त्यही तस्बिर जुन मन्दिर मा भेटे जुन बिहान आउँदा बाटो मा भेटे हो तस्बिर सजाउदै अघि बढे नभन्दै अघिकै चोकमा उनी आफ्नै काम मा ब्यस्त थिइन त्यस्तै १८/१९ बर्सकी गहुगोरी बर्ण कि जे होस राम्री थि उ हुन त हेराइ हो राम्रो भन्छ्न मलाई पनि त्यही भएको हो कि? नजिकै पुगे सायद उनले मलाई देखिकी पनि थिइन कि नाइ मलाई थाह भएन उनी मकै पोल्दै थिइन मैले अब गफ गर्ने मेसो निकाल्न लागे र एउटा मकै मागे उनले दिइन मकै खादै उनको घर सोधे उनले झर्कदै भनिन मकै खान आएको कि घर सोध्न ?म त नाजवाफ भए तर मेरो मन भित्र आगो को ज्वाला दन्किरहेको थियो उनको बारेमा कसरी बुझौ भन्ने भइरहेको थियो त्यसैले हार मानिन फेरि लाग्यो उनलाइ सबैले सोध्दा हुन त्यही भएर होला नि भन्ने लाग्यो यतिकैमा खल्तिको मोबाईल बज्यो ओहो साथिले रहेछ घर कहिले जाने भनेर सोध्दै थियो मैले ओहो साथी गोरखा त बन्द छ रे खुलेपछि जाने हो खबर गरुला नि भने मैले गोरखा भने पछि उनी अलि केही नजिक भए झै गरिन र सुस्त सोधिन तपाई को घर गोरखा हो ? मैले भने अनि तपाईंको नि मिल्छ भन्न ? उनले भनिन मेरो पनि गोरखा नै हो ओहो एकै स्थान का पो रहेछौ खुशी लाग्यो भने मैले तर उनले त आँसु पो बगाइन त मलाई झन उनको आशुले गम्भीर बनायो अब त झन उनको बास्तबिकता बुझ्ने मन जागेर आयो अनि सोधे कहाँ बस्नु हुन्छ ? कालिमाटी ए हो म पनि त्यतै बस्छु त अब जाने होइन रुम तिर ? अनि को संग बस्नु हुन्छ ? अब जाने हो को छ र यो पापी दुनियाँमा मेरो म एक्लै बस्छु जति जति प्रश्न गर्दै जान्थे उति उति यो मन थाम्नै नसक्ने गरि मनै पोल्ने गरि जवाफ आउथ्यो अनि एउटा असल साहारा अनि सुखदुःख को साथिको पर्खाइ मा छिन भन्ने चाहिँ मलाई महसुस भइरहेको थियोे अनि सबै सामग्री पोको पारेर उनी म संगै जाने भइन म पनि उनी संगै जान पाएकोमा निकै खुशी भए मैले तपाईंको नाम के हो भनेर सोधे उनले निता भनिन ओहो कति राम्रो नाम है मलाई प्राय दुई अक्षर को नाम अलि बढी मन पर्छ निता ले भनिन तपाईंको नि मेरो अविरल मैले प्रतिउत्तर दिए उनले भनिन म तपाईं लाई आज बाट दाइ भनु है? ओहो यति धेरै माया भाव कसैले मलाई दाइ भनेर सम्बोधन गर्छ भने म किन स्वीकार नगर्ने अबस्य पनि तिमी आज बाट मेरो बहिनी भयौं उनी आँखा बाट आँसु झार्दै निकै खुशी भइन अनि मैले आँसु पुछ्दै लाटी अब पनि आँसु झार्ने हो त अब त खुशी भएर पो अघि बढ्नु पर्छ त उनी भन्दै थिइन म आज निकै खुशी भएर आँसु खसे दाइ ।अनि मैले सोधे तिमी यहाँ को सङ आयौ किन कसरी एक्लि भयौ त? उनी लामो सुस्केरा हाल्दै खोइ दाइ कसरी शुरु गरु आज पनि त्यो दिन सम्झदा मन भतभती पोलेर आउँछ ।गरिबी मेरो ठुलो शत्रु हो दाइ म निकै अब्बल थिए पढाइमा एस एल सि पास गरेपछि उच्च शिक्षा को लागि गाउँ नजिकै कुनै कलेज पनि थिएन तर मेरो बाबा लाई छोरी लाई धेरै पढाउने अभिलाषा थियो यहि क्रममा मेरो पल्लो घरको दाइ काठमाडौ बाट घर जानू भएको थियो बाबा ले सबै कुरा दाइलाइ भन्नुभयो दाइ पनि असल र इमान्दार हुनुहुन्थ्यो र मेरो अब्बल पढाइ देखेर दाइले म बहिनीलाई उतै लिएर जान्छु भन्नू भयो केही दिन पछि नै मैले घर छोडेर जाँदै थिए एकातिर उच्च शिक्षा पाइन्छ भन्ने कुरा ले मन खुशी थियो भने अर्को तिर मेरी देबि मेरी आमा मेरो भगवान मेरा बाबा लाई छोडेर जानुपर्दा को पिडा म बताउनै सक्दिन अनि स साना भाइ बहिनी अनि साथी सङी हरुलाई त कति कति याद रहने भयो सिमा नै रहेन ।बिहान को भालेको डाको संगै सबै समान तयारी गरि मेरो भबिस्यको सुनौलो सन्सार सबैको सम्भावना को सहर राजधानी आउन लागियो मन निकै धमिलो भयो तर पनि मन भरी आसा भएपछि त आउनै पर्दओ रहेछ म दाइ सङै आए म गाउँमा हुर्किएकी केटि यो सहरले मलाई गिज्याइरहेको जस्तो महसुस  भयो हामी हाम्रो गन्तव्य को नजिक कलङ्की पुगियो दाइ ले भन्नुभयो झरौ निता अब अलिकति अगाडि गएर अर्को बस चढ्नु पर्छ  उहाँकै पछि लाग्दै कलङ्की बाट कालिमाटी को बस चढियो यात्रा ले छोटिदै थियोे हामी गन्तव्य मा पुगियो यो नयाँ ठाँउ मेरो लागि नितान्त नयाँ थियो यहाँ का हरेक चिज नयाँ लाग्द्थ्यो म चारैतिर हेर्दै दाइको कोठामा पुगियो अनि पालैपालो फ्रेस भएर आइयो अनि दाइ ले भन्नुभयो निता तिमी कोठामै बस्दै गर म केही समान लिएर आउछु तर धेरै बेर पनि दाइ आउनु भएन यसो झ्याल बाट बाहिर हेरेको मानिस हरुको भिड थियो हो हल्ला थियोे  मन निकै अमिलो भयो एकातिर छिटो आउछु भनेर गएको दाइ नआउनु अर्कोतिर भिड मा हल्ला हुनु मन मानेन तलै झरे त्यही पुगे केही अगि एउटा बसले ठक्कर दिएर एउटा युबक को घटना स्थलमा नै मृत्यु भएको रहेछ हेर्दै गएको कोहि नभएर मेरो साहारा को सन्सार मेरो दाजु पो रहेछ म बेहोस भएर ढ्लेछु  उतिखैर ..................।बाकी दोस्रो भागमा
कथा अर्को जुनिमा भाग १

- गोबिन्द लामिछाने "अबिरल"

अर्को जुनि भाग -२

......बेहोस म बिउझिदा हस्पिटल को बेडमा रहेछु यो नौलो सहर मेरो लागि दुर्भाग्यपूर्ण भयो म जसलाई साहाराको हतियार सम्झिएर आए उ नै आज यो सन्सार मै छैन गाउँ भरी कुरा भएछ कि त्यो अलिछिना गएकी त्यही भएर यस्तो भयो म न घर जान सके न यो सपना को र स्वार्थी हरुको सन्सार मै रम्न तर पनि बाच्नु त थियो केही दिन मै हस्पिटल बाट बाहिर आए त्यही दिन देखि मेरो अनिश्चित यात्रा जारी भयो यो बिचमा के के भन्यो जुन भनेर साध्यै छैन ।
एकदिन रत्नपार्क तिर जाँदै थिए बाटो मा एकजना लगभग मेरै उमेर को दिदी ले मकै पोलिरहेको देखे सारा कथा ब्यथा सुनाए उहाँ लाई सार्है दुख लागेछ कि भगवान को आँखा त्यतिबेला खुल्यो उहाँ ले मलाई यहि काम गर्न भन्नुभयो २ दिन उहाँ सङै बसे मकै ल्याउने ठाँउ देखाइदिनु भयो मलाई केही रकम पनि उपलब्ध गराइदिनु भयो अनि पसलमा पनि बाकी राखेर् सामान ल्याउने ब्यबस्था मिलाइ दिनु भयो उहाँ नै मेरो साक्षात देबि भगवती हुनुहुन्छ ।उहाँकै प्रेरणा बाट आज यहाँ सम्म छु ओहो उनको यो कथा सुन्दासुन्दै हामी त कालिमाटी आइपुगी सकेछौ उनको आँखा भरी समुन्द्र हरु छ्ल्किरहेका थिए मैले सम्झाएर फेरि भेट्ने बाचा गर्दै उनलाई बिदाइ गरे  ।दिनभर को कामले त्यती थकाइ थिएन तर आज निताको ती हरेक शब्द ले गलित बनायो हाम्रो समाज को बास्तबिकता देख्दा निकै पिडा भयो धेरै बेर सोछे अनि अब निता को लागि केही गर्छु भन्ने सोच राख्दै निदाएछु ।
धेरै दिन पछि आज बिदाको दिन निता लाई भेट्न निताको रुममै पुगे निता कोठामै रहिछिन हल्का वर्षा भइरहेको ले आज काममा नजाने निर्णय गरेर बसेकी रहिछ्न मलाई देख्ने बितिकै रिसाउदै बल्ल याद आयो है बहिनिको भनिन मैले पनि परिक्षा को तयारी अनि जागीर दुबै हुनाले भेट्न नपाएको भने र उनले स्वीकार गरिन बस्न अनुरोध गरिन म चिया बनाएर ल्याउछु भनिन  उनको आग्रह लाई मैले मौन समर्थन दिए किनकी मौसम पनि निकै चिसो नै थियो त्यही माथि हल्का बर्सा भइरहेको थियो उनको रुम चारैतिर नियालेर हेरे ओहो कति सजाइएको एकातिर रास्ट्रीय ब्यक्तित्व हरुको तस्बिर अर्को तिर देश को तस्बिर सानो टि टेबल त्यसमा सानो ग्लोब अनि अर्को छेउमा सफा चट्ट मिलेको ओछ्यान लाग्द्थ्यो यस्तो ठाँउ मा सफा दिलभएका मानिस हरुको मात्रै बाँस हुनेछ यति हेर्दाहेर्दै निताले चिया ल्याइन उनको आगमन ले मेरो मौनता तोड्यो ।यसैगरी निताको र मेरो भेटघाट तिब्र हुन थाल्यो यस्तै मा निताले एकदिन बाहिर घुम्न जाने प्रस्ताव गरिन म उनलाई खुशी देख्न चहान्थे उनको प्रस्ताव सहजै स्वीकार गरे र मैले अफिस बाट बिदा मिलाएर जाने बन्दोबस्त मिलाए ।
आज निता संगको पहिलो घुमघाम थियो म त कयौं चोटि पुगेको थिए नगरकोट तर उनको लागि नौलो नै थियोे म निता लाई लिएर नगरकोट गए निता पनि मख्ख थिइ यो स्वार्थी हरुले भरिएको दुनियाँमा आज उ बिश्वास को साथमा म संग घुम्दै थिइ पर छेउमा बसि अनि क्षितिज पर हेरी अनि आँखा भरी आँसु बनाइ अनि भनी मेरो पनि यो दुनियाँमा कोहि भइदिएको भए यो मन कति खुशी हुन्थ्यो  भनिन मैले भने लाटी म छु नि  त तिम्रो दाइ होइन म ? निता केह बोलिन टोलाइरही पर क्षितिज मा परेका उनका नयन हरु अझै टोलाइरहे म उसलाई सम्झाउने असफल प्रयास गरीरहे ।निताले धेरै बेरको मौनता पछि भनिन तपाई संग आज केही माग्छु दिनुहुन्छ भने मात्रै माग्छु नत्र माग्दिन मैले भने निता तिमि ले मागेको र म संग भएको चिज दिन मतयार छु भने निता ले बाचा बाधिन र प्रस्ताव गरिन म तपाईंको जीवन साथि बन्न पाउ ओहो म त छागो बाट खसे जस्तै भए जुन कुरा मैले सोचेको पनि थिइन आज निता ले मागिरहेकी थिइ म निता लाई सम्झाउन थाले हेर निता म तिम्रो दाजु हो नि होइन यति मात्रै केभनेको थिए निता रुदै म राम्री छैन त्यसैले होइन ? म गरिबको छोरी त्यहि भएर होइन ? म तपाइको लायक कि छैन त्यही भएर होइन ?म फुट्पाथमा ब्यबसाय गर्छु त्यही भएर होइन आखिर कि??????? म निता लाई सम्झाउदै भन्दै थिए निता त्यसो होइन म मेरी बहिनिको राम्रो केटा खोजेर बिबाह गरिदिन्छु नि निता भन्दै थिइ के हाम्रो जात मिल्दैन ? के हाम्रो धर्म मिल्दैन ?के हाम्रो उमेर मिल्दैन ?कि म गरिब भए र हो आखिर किन ?म तपाई बाहेक अरु कसैसँग पनि खुशी हुन सक्दिन कि मर भन्नुहोस् नभए तपाईंको आफ्नो बनाउनु होस म अन्योल मा परे केही सोच्नै सकिन र अन्त्यमा निता लाई आफ्नो बनाउने बाचा गरे यती भने पछी निता मलाई अङ्कमाल गर्दै धेरै बेर सम्म  हराउन पुगिन र हामी त्यहाँ बाट फर्कियौ त्यस पछि त्यसपछि निता र मेरो जिबनले नयाँ मोड लियो ।
कालो बादल ले आकाश छपक्कै छोपेको थियो अफिस जान हतारो हुँदै थियोे छिटो छिटो गरि निताको कोठामै पुगे उ नुहाउदै रहिछन् यसो हेरे पानीले निथ्रुक भिजेको उनको शरीर बाहिर बाट न प्रष्ट देखिन्थ्यो केही बेरमा नै उनि आइन उनको त्यो आकर्षक शरीर ले मलाई खिचिरहेक थियोे उनी कोठा आउने बितिकै उनलाई अङालोमा बेरेर चुम्बन गरे उनी लाज ले रातो भइन र छिटो छिटो काम सकेर  निक्लियौ दुबै जना भबिस्यको कुरा गर्दै अगाडि बढ्दै थियौं तर दुर्भाग्यवश पछाडी बाट तिब्र गतिमा आएको ट्रीपर ले मेरी निता लाई ठक्कर दियो निता ले पानी भन्न पाइन्न म साथमा हुँदा हुँदै मैले मेरी निता लाई गुमाए चक्कर आयो बेहोस भए म ढले निता तिम्रो लागि किनिएको यो एक चिम्टी सिन्दुर आज खेर गयो यो जुनि लाई यस्तै भयो निता यो तिम्रो लास संगै जलाइदिदैछु तिमी संगै जिउने मर्न कसम त खाएको थिए तर संगै मर्न पनि सकिन र सफलता पुर्बक बाच्न पनि सकेको छैन बस् निता यो जुनिलाइ यतिकै भयो अर्को जुनिमा तिम्रै हुनेछु बस निता अर्को जुनिमा तिम्रै हुनेछ यो मेरो बाचा भयो  ।
                प्रस्तुत कथा एक काल्पनिक कथा हो कसैको जिबन मा मेल खान गएमा संयोग मात्रै हुनेछ।

- गोबिन्द लामिछाने "अबिरल"

मानवसेवा अाश्रम हेटाैँडा मकवानपुर                        सम्पर्क०५७-५२७३४९,९८५५०७६००२                    तरकारी व्यवसायी सङ्घले प्रतिवद्ता जनाएकाे १५-१५  दिनमा दिने भनिएकाे तरकारी सङ्कलन(मुठिदान) अभियानमा खुसि व्लबका दिदिहरु हामी अभियन्ताहरु र साधक, साधिकाहरुकाे सकृयतामा तेस्राेचाेटिकाे मुठिदान अभियानकाे केही झझलकहरु।यश महान असल सदकर्ममा सहयाेगि हातहरु बढाउनु हुने मकवानपुर तरकारी व्यवसायि सङ्घलाई धेरै धेरै धन्यवाद दिन चाहन्छाै। अाउँदाे दिनहरुमा अझैबढि उत्साह र उमङ्गकाे पखेटा जाेडिदिनु हुन्छ भनी भगवानसङ्ग प्राथना गर्दछाै।।। धन्यवाद  सम्पुर्ण मकवानपुर तरकारी व्यवसायि सङ्घ  परिवारलाई।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९



Contact Form

Name

Email *

Message *

Powered by Blogger.