Latest Post

स्व. हिना वस्नेतज्यू जन्मजयन्तीको अवसरमा सम्पुर्ण परिवार मानवसेवा आश्रममा,
२०,श्रावण २०७४, मानवसेवा आश्रम काठमाडौं
.................................................
विभिन्न कारणहरुबाट सडककिनाराहरु एवं सार्वजनिक स्थलहरुमा अत्यन्त कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी व्यक्तिहरुको आश्रयस्थल बनेको मानवसेवा आश्रम काठमाडौंका गरिमा लक्ष्मीनारायणहरुका लागि कपन काठमाडौं निवासी आदरणी परोपकारी तथा मानवताप्रेमी माता श्री  ईन्दिरा बस्नेतज्यू, दिदी निर्मला बस्नेतज्यू एवं सम्ुपुर्ण दिदीवहिनीहरु तथा दिदी रचना बस्नेत श्रेष्ठज्यू एवं श्रेष्ठ परिवारको तर्फबाट स्व. बहिनी हिना बस्नेतज्यूको जन्मजयन्तीको अवसरमा नगद रु. ४२,५४५ (अक्षरुपी बयालीस हजार पाँच सय पैतालिस) सहयोग गर्नुभएको छ ।

सहयोग हस्तानतरण एवं भोजन वितरण कार्यक्रममा स्व. हिना बस्नेतज्यूको ममतामयी माता ईन्दिरा बस्नेतज्यू, दिदी ममता बस्नेतज्यू, निर्मला बस्नेत (निरु)ज्यू, दाई ईन्सान बस्नेतज्यू, भिनाजु धन बहादुर बस्नेतज्यू, दिदी रचना बस्नेत श्रेष्ठज्यू, छोरा सहस श्रेष्ठज्यू परोपकारी श्री मार्था लिम्बुज्यू, लगाएतको उपस्थिती रहेको थियो ।

मानवीय सेवाको कार्यमा सहयोग पुर्याउनुहुने आदरणीय परोपकारी एवं मानवताप्रेमी सम्पुर्ण परिवारजनमा सादर नमन्, एवं स्वं दिदी हिना बस्नेतज्यूप्रती हार्दिक श्रद्धान्जली एवं बैकुण्ठबासको लाई ईश्वरसँग प्राथना ।

मानवसेवा आश्रमको सुरुवातकालदेखि नै तन, मन, धनको त्रिवेणीबाट सहयोग पुर्याउदै आइरहनुभएकी दिदी ममता बस्नेतज्यूप्रती हार्दिक आभार ।

भोजनसेवाको लागि :
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००४

"वेवारिसे एक बुबाकाे उद्दार........!!
    बेशिसहर बजार क्षेत्रमा वेवारिसे भएर कष्टकर जीवनयापन गर्ने विवश अशक्त बुबाकाे उद्दार गरिएकाे छ।
मानवसेवा अाश्रमकाे अभिष्ट-काेहि मानवहरु एक छाक खान नपाएर,एक सराे कपडा लगाउन नपाएर,वेवारिसे भई सडककापेटी एंव सार्वजनिक स्थलहरुमा कष्टकर अवस्थामा बस्न नपराेस भन्ने उद्देश्यकाे साथ मानवीयसेवामा समर्पित मानवसेवा अाश्रम.....!!
  बेशिसहर-७क्याम्पसराेडबाट उद्दार गरिएकाे छ।उद्दार कार्यमा सहयाेग गर्नुहुने अादरणीय गम बहादुर गुरुङ ज्युलाई धेरै धेरै धन्यवाद ।
    थप जानकारीकाे लागि
     066-521359,9846368416

प्युठान स्थाई घर हुनुभएका अरुणा गुरुङ र झडीलाल मगरले धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमै उपस्थित भई ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि १ हजार ५ सय रुपैया सहयोग प्रदान गर्नुभएको छ । नमुना निर्माण निर्माण अभियानमा हामीसंग जोडिएर गर्नुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । आउनुस तपाई हामी पनि यस अभियानमा हातेमालो गरौं ।
यो सम्भव छ तपाई हाम्रो सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 

More Detail : 01-4482971, 9841229912


धुर्मुस सुन्तली फाउण्डेशन


Contact Form

Name

Email *

Message *

Powered by Blogger.