Latest Post

प्रेम मानवताको अर्को नाम हो, भगवान बुद्धको यो पबित्र भनाई र यँहा तस्विरमा देखिएको लक्ष्मी नारायणहरु जसलाई केहि समय अगाडि उद्धार गरी ल्याईएको थियो। जो सडकको पेटिमा रहदा र अहिले आश्रममा रहदाको अवस्थाको साथै उनलाई सुरुवातमा आश्रममा ल्याउदाको स्वभाव र अहिलेको स्वभावबाट पनि पुष्टि हुन्छ कि  प्रेम र स्नेहबाट असम्भव देखिएको कार्य सम्भव हुदो रहेछ।
मानवसेवा आश्रमका गरिमा केहि लक्ष्मी नारायणहरुको भाषा हामी राम्रोसँग बुझ्न सक्दैनौ तर मुस्कानको भाषाले गर्दा हामीलाई अझै नजिक बनाएको छ भने उँहाहरुको स्वास्थ्यमा दिन प्रतिदिन सुधार आई रहेको छ।
प्रार्थना गरौ उँहाहरुको परिवार छिटो भन्दा छिटो पारिवारीक पत्ता लगाई पारिवारिक पुनर्मिलन गर्न सफल हुन सकौ।
धन्यबाद।।।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम चितवन

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

सहयोग का लागि हार्दिक अनुरोध ।

नवलपरासी दे. न. पा.  १२ लक्ष्मी पुर निवासी  क्यान्सर  पीडित  कृष्ण बहादुर  मगर को उपचार सहायतार्थ   सन्कलित रकम यसै  हप्ता  भित्र  हस्तान्तरण  गरिने  भएको ले सहयोगको वचन दिनुहुने मित्रहरूले  यथासक्य छिटो  रकम दिइदिनुहुन अनुरोध  छ। साथै हजुरहरुको सानो सहयोगले कसैको जीवनको रक्षा हुने हुदा , कृष्ण बहादुर मगरलाइ जीवन दिनका लागि यथासक्य सहयोग गरिदिनु हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौं।
दिनेश  भुसाल  ९८५७०४०७७७
साैगात भुसाल  ९८४५९५३२३०

मानिसको अनिश्चित कालिन जिन्दगीमा कतिपय कुराहरु कुनै योजना प्लान बिना नै आफुले सोचेको भन्दा ठिक उल्टो भैदिन्छ यो  कसैले टार्न सक्दैनन् चाहेर नचाहेर पनि विवशतावस भोक्नै पर्ने हुन्छ तपाईं हाम्रो जिन्दगीमा सबैजनाले ।

   त्यस्तै घटना रसुवाको आईतराम तामाङको जीवनमा पनि घटेको  छ र उहाँले भोक्दै पनि छन् हालसालै ।  गरिबीको कारण आफ्नो परिवारीक आर्थिक स्थितिलाई बलियो वनाउनको लागि विगत केही बर्षादेखि  मलेसियामा कार्यरत आईतराम तामाङ  ड्युटी  जाने क्रममा सडक दुर्घटना हुँदा उहाँको एउटै खुट्टा दुई ठाउँमा भाँचिएको र हाल मलेसियामै रहेको तर उहाँ काम गर्ने कम्पनीले कुनै उपचार  खर्च नदिएकोले अहिले धेरै समस्यामा परिरहेको पिडा आज मैले प्रत्यक्षा उहाँको मुख बाटै सुने ।  उहाँलाई उपचारको लागि खर्च नभए पछि हस्पिटलबाट पनि निकाली  दिएको र अहिले झन् खुट्टाको घाउ गनाउन थालेको पीडा पनि उहाँले सुनाउनु भयो । उहाँको दुख पीडाले   मेरो मुटु  नै चिसो भइदियो र मैले यो पिडाको भाव तपाईंहरु सामु प्रस्ट्याउँने जमर्को गरेँ । यदि मानवताको नाताले तपाईं हामीले केही सर सहयोग जुटाउन सक्यौं भने आईतराम तामाङको पक्कै पनि खुट्टाको उपचार राम्रो हुन्थ्यो होला कि  भन्ने मनमा सोच्दै तपाईंहरु लाई पनि  जानकारी गरएकी छु ।तपाईं हामी सबैजना मिलेर उहाँको लागि सक्दो सहयोग गर्नको लागि पनि आग्रह गर्दछु । धन्यवाद !
साङ्मु थोकर तामाङ ,साइप्रस ।

बिरामिको सम्पर्क नम्बर +६०११३६५१७४८

Contact Form

Name

Email *

Message *

Powered by Blogger.