Latest Post

नेपाली जन एकता सेवा समाज कुवेतद्वारा सहयोग

भेरी अस्पताल नेपालगन्जमा उपचार हुन नसकेर चितवन रिफर गरिएका जाजरकोट सिउनका आकाश भण्डारी आर्थिक अभावको कारण मृत्युको दोसाधमा रहेका र आर्थिक अभाव कै कारण चितवन जान समस्यामा रहेका आकाश भण्डारीलाई कुवेतबाट नेपाली जन एकता सेवा समाजका अध्यक्ष ,समाजसेवी ,सहयोगी मनका धनी मुक्त बहादुर बिश्वकर्मा ज्यु ले सेवा समाजका सम्पुर्ण पदाधिकारी सदस्यबाट  संकलन गरि रु ११३८८/-सहयोग भएको छ।नेपाली जन एकता सेवा समाजका सम्पुर्ण सहयोगी मनहरुलाइ हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछौ।

आर्थिक अभाबको कारण मृत्युको मुखमा जाजरकोट सिउनका आकाश भण्डारी ।
जाजरकोट ।
जाजरकोटको बिकट त्रिबेणी नलगाड नगरपालिका वडा न:१३सिउनका २१बर्षका आकाश भण्डारी बिगत ३महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।घरमा बुवा,आमा र भाइ भएका भण्डारीको परिवार ३५बर्ष भारत बसेर नेपाल फर्केका भण्डारी परिवार अहिले गाउँमा आएर बसेका छ्न।गाउँमा फर्की सके पछि गाउँमा बस्ने बास ,खाने गास नभएका आकाश भण्डारी बिगत ३ महिना देखि आर्थिक  अभावको कारण उपचारमा समस्या भएको छ।र केही दिन अघि मात्र भण्डारीलाई भेरी अञ्चल अस्पताल  नेपालगन्ज उपचारको लागि पुर्याइएको थियो। नेपालगन्ज अस्पतालमा दिशा,पिसाब,रगत,प्रयोगशालामा परिक्षण  गर्दा समेत कुनै रोग पत्ता नलागे पछि सि टि स्क्यान गराउदा फोक्सोमा मांश पलाएको र मांश  क्यान्सर या त टि. बि.को कारण पलाएको भन्ने पत्ता नलागे पछि अस्पतालले भरतपुर क्यान्सर अस्पताल चितवन रिफर गरेको थियो।नेपालगन्जमा उपचार हुन नसकेका भण्डारीको साथमा अब न आर्थिक छ न त कुनै आधिकारिक प्रमाण  नै।अहिले उनीहरु संग नागरिकता प्रमाणपत्र सम्म छैन।र नागरिता सम्म नभएपछि उनिहरुलाइ पुन:जाजरकोट लिएर नागरिता प्रमाणपत्र  बनाइयको र जाजरकोट बाट चितवन जान समेत आर्थिक स्थिति नभए पछी अहिले आकाश मृत्यु संग जाजरकोट मै छटपटाइ रहेका छन।र भण्डारीलाई आर्मिको हेलिकप्टर मार्फत सुर्खेत र सुर्खेत बाट नेपालगन्ज,र नेपालगन्ज औसधि उपचार खर्च ,नेपालगन्ज बाट जाजरकोट जाने ब्यबस्था जाजरकोटका पत्रकार ,सामाजिक अभियन्ता लक्ष्मण  रसाइलीले गरेका छन ।त्यस्तै भेरी अञ्चल अस्पताल नेपालगन्ज  मै पुगेर सहयोग र साथ सहयोग गरेका छन। र सबै मिलेर आकाशको जीवन बचाउन साथ र सहयोग गर्न सबैमा अपिल समेत गरेका छन भने  त्यस्तै नेपालगन्जमा उपचार हुन नसकेका छोरा आकाशलाई उपचारको लागि चितवन लिनु पर्ने भएकाले सक्दो सहयोग गरि  बचाइदिन बाबू बल बहादुर भण्डारी ले स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण सहयोगी मनहरुलाई भण्डारीलाई बचाउन अपिल गरेका छन।
सहयोगको लागि:9868220879
लक्ष्मण रसाइली ।

आमा-बाबाको निधनपछि आफन्तबाट तिरस्कृत भई लावारिस बनेका २३ जना बालबालिका माझ पुगियो ।
- जीवन पराजुली (ठुलोपर्दाTV)

सबैतिर देश दुखिरहेको बेला आज मेरो मन दुख्यो । आमा-बाबाको निधनपछि काका-काकी, मामा-माईजु, हजुरबा-हजुरआमा बाट तिरस्कृत भई लावारिस बनेका २३ जना बालबालिका माझ पुगियो । यि बालबालिका सामान्य थिएनन् । यि २३ जनामा नै HIV POSITIVE छ । यि अबोध छन्, यि निर्दोष छन् तर पनि संसारकै सबैभन्दा कठोर सजाय पाएका छन् । प्राईभेट विद्यालयले त पैसामा बिके-बिके सरकारी विद्यालयले पनि यिनीहरुलाई शिक्षा दिन इन्कार गर्‍यो । HIV रोग होइन, सँगै बस्दैमा सर्दैन भन्ने पढाउने शिक्षकले यिनिहरुको अस्तित्व स्विकार्न सकेनन् । अस्पतालले सामान्य उपचार गर्न हिच्किचायो । तर, यो कलिमा पनि भगवान स्वरुप छन् । आज थाहा भयो मलाई, यि २३ जनाको जीवन रक्षा गर्ने भनवान हुन् उमा गुरुंग र राजकुमार पुन (Rajkumar Pun) । गुरुङ्गले यिनै बालबालीकाको लागि आफ्नोे पसल नै बेचिन्, पुनले किर्तिपुरको २ तल्ले घर नै बेचे । अहिले किर्तिपुर भत्केपाटीस्थित बेबी लाईफ होममा यि २३ जनाले आश्रय र शिक्षा पाईरहेका छन् । यो संस्थालाई सहयोग गर्न हङ्ककङ्गबाट अशोक मल्ल (Timro Ashok) आउनुभयो । त्यहाँ नायक पल शाह र गायक हेमन्त शर्मा (Hemant Sharma) पनि पुग्नुभयो । आजको दिन आजसम्मकै सार्थक सिद्द भयो । यो सबै अवसर पत्रकार तथा निर्देशक मित्र विकास सुवेदी (Bikash Subedi) ले दिनुभयो ।

आज मिति 2074/04/28 गते शनिबार ।ईज्रायल बाट नेपाल आउनु भयकी Nurpu Dolma बहिनी येस केन्द्र मा भ्रमण गर्नु भयको छ। उहाँको साथ मा Yengcnen Dolma बहिनी पनि येस केन्द्र को भ्रमण गर्नु भएको थियो। साथमा उहाँ ले निम्न खाद्य सामाग्री उपलब्ध गराउनु भयको छ।
1. चामल- 4 बोरा
2. चिउरा-1 बोरा
3. अन्डा -4 क्यारेत
4. चिनी-10 के. जि.
5. चियापत्ती-1 के. जि.
6. कालो दाल-5 के. जि.
7. रातो दाल-5 के. जि.
8. खाने तेल-1 बाकस
अनि रु.10000/- नगद हस्तान्तरण गर्नु भयको छ। धन्यबाद बहिनी येति धेरै सहयोग गर्नु भयको मा। हजुर लाई भगवान ले सदा सर्बदा कल्याण गरून्। आगामी दिनहरु शुखमय भयर बितुन।
भवदीय
युबराज थापा
अध्यक्ष
मोबाईल न.9851160868/9841360868
शलम्बुतार, शाखु, काठमाडौ

Contact Form

Name

Email *

Message *

Powered by Blogger.