Latest Post

जापानबाट चितवनका बाढीपिडितकालागी सहयोग ।
खैरहनी न.पा.-८ पर्सा चितवन स्थाई घर भै हाल जापानमा बस्नुहुने आदरणिय सहयोगी मित्र श्री बाबुराम रिजाल एंवम् कलावती रिजालज्यूले यही साउन २८ र २९ गते आएको भिषण बाढीको कारण रत्ननगर नगरपालिका -८ बगरटोलका २२ घर धुरी मध्ये १८ धुरी पुरै जलमग्न भएकोले तक्तकालै उनीहरूको बस्नकोलागी अोछ्याउने म्याटको समष्या भएकोले त्यसको तत्काल समष्या समाधानकोलागी रू . ५०००।- बराबरको म्याट हस्तान्तरण गरिएको छ । भने वडा अध्यक्ष श्री विनोद बस्नेत , वडा सचिब सुर्य प्रसाद ढुड्०गाना , लुमन्ति संयोजक श्री शिहं बहादुर लामा , नेपाल सुकुम्बासी सुधार समिति अध्यक्ष श्री फ़ुलमान तामाड० , पत्रकार होमनाथ सापकोटा , ध्रुवराज खनालज्यू , त्यहाँका बाढी पिडित वासिन्दाहरू लगायत अन्य स्थानिय होटल ब्यवसायीगरूको उपस्थितीमा म्याट हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष लगायत अन्य वक्तीहरूले यस्तो बिपत्ती परेको बेला जापानबाट आफ्नो मात्रीभूमीलाई सम्झदै सहयोग प्रदान गर्नु हुने बाबुराम रिजाल र वहाँको धर्मपत्नी कलावती रिजालज्यूलाई बिशेष धन्यवाद दिनुभएको छ ।

- मुरली प्रसाद गजुरेल

मैले हिजो घोषणा गरेको सहयोग रकम रू. ५१०००(एकाउन्न हजार) आज मोरंग समाजलाई हस्तान्तरण गरे। मोरंग समाजका अध्यक्षले आजैबाट ३-४ ठॉउमा पिडीतहरूलाई निसुल्क भोजन गराईरहेको जानकारी दिनुभयो।यो रकम पनि त्यस्तै कार्यमा लगाईनेछ। यो रकम संगै मेरो भावना पनि रहेको कुरा सबैमा राख्न चॉहन्छु। यस्तै भावना सबैमा पैदा होस.......। अबका दिनमा पनि बिपतमा परेकाहरूलाई यसै गरी आफ्नै गोजीबाट निकालेर सहयोग गर्न सक्ने भईयोस भनि भगवान संग प्राथना गर्दछु।

-हाँस्यकलाकार  जितु नेपाल

बाढीपिडितलाई राहातको लागि नेपाल जर्नी तथा ईन्डियना कि कोअर्डिनेटर इन्दिरा वाग्ले ज्यु बाट ४०० डलर सहयोग||नेपाल जर्नी:दैवी प्रकोप उद्दार कोष||

नेपालको तराई मा अहिले आएको प्राकृतिक बिपत्ति बाढी बाट प्रभावित क्षेत्रमा तत्काल खाने कुरा ,लत्ता कपड़ा र औषधी उपचार गर्न नेपाल जर्नी ले स्थापना गरेको दैबी प्रकोप उद्दार कोषमा रक़म सकलन गर्ने क्रममा नेपाल जर्नी तथा ईन्डियना कि कोअर्डिनेटर इन्दिरा वाग्ले ज्यु बाट $400 डलर सहयोग प्राप्त भएको छ, वहाँ  लाई  संस्था को तर्फ बाट हार्दिक धन्यवाद !!!

Nepal Journey (नेपाल जर्नी) 
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168
Visit our website :
http:/www.nepaljourney.org

Contact Form

Name

Email *

Message *

Powered by Blogger.