Latest Post

बाढी पिडित बिधार्थीहरूलाई स्टेसनरी खरिदको लागी दुवईबाट सहयोग ।
खैरहनी न.पा. -८ पर्सा चितवन स्थाई घर भै हाल दुबईमा बस्नुहुने सामाजिक ब्यक्तित्व आदरणिय सहयोगी मित्र श्री कृष्ण अधिकारीज्यूले यही साउन २८ र २९ गते गएको बाढीको कारण रत्ननगर नगरपालिका वडा नं. -८  बगरटोलका करिब ३५ जना स्कुलले बिधार्थीहरूको पढ्ने किताब ,कपि क़लम झोला , ड्रेश बगाए पछि बिचल्ली परेको कुरा पत्रकार , होमनाथ सापकोटा , ध्रुबराज खनाल , वडा अध्यक्ष , बिनोद बस्नेत , लुमन्ति संयोजक शिहँ बहादुर लामा , नेपाल सुकुम्बासी सुधार समितिका अध्यक्ष फुलमान तमाड० टोल सुधार समितिका सचिब प्रतिमा लामा लगायत स्थानिय होटल ब्यवसायीहरूको यही साउन ३१ गते स्थलगत निरिक्षण गर्दा थाहाँ भएकोले बिधार्थीहरूले पढ्न पाउने अधिकार नै वन्चित हुने अवस्था आएकोले यस बिषयमा गम्भीर हुदै यसकोलागी सहज होस् भन्ने उदेश्यले आफुले सहयोगी दातालाई जानाकारी गराए पछि स्टेसनरी खरिदकालागी नगद रू. १,०००।-सहयोग उपलब्ध गराउनु भएको छ । यस भन्दा अगाडी पनि प्राकृतिक प्रकोपका कारण समष्या पर्दा निरन्तर सहयोग गर्दै आउनु भएका अधिकारी परिवारले यस पटक पनि बाढी ग्रष्त क्षेत्रमा थोरै भएपनि बाढी पिडीतहरूले राहत महसूस गर्न सकुन भन्ने उदेश्यले उक्त सहयोग रकम उपलब्ध गराउनु भएकोमा बिदेशमा रहेर पनि आफ्नो मातृभुमीमा परेको बिसम परिस्थितीको बेला सहयोग प्रदान गर्नु भएकोमा सहयोगी परिवार प्रती हार्दिक आभार ब्यक्त गर्दै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछु । साथै खैरहनी न.पा.-८ पर्सा स्थाई घर भै हाल जापान बस्नु हुने आदरणिय सहयोगी मित्र श्री बाबुराम रिजाल परिवारले जापानदेखी उक्त स्थानमा रू ५०००।- चिसोको कारण बिरामी हुन थाले पछि तत्कालै म्याट खरिद गरि हस्तान्तरण गरिएको थियो ।

- मुरली प्रसाद गजुरेल

बाढी पिडित बिधार्थीहरूकलागी स्टेसनरी खरिदकोलागी जापानबाट सहयोग ।
खैरहनी न.पा. -६ खैरहनी स्थाई घर भै हाल जापानमा बस्नुहुने सामाजिक ब्यक्तित्व सहयोगी भाई श्री देबेन्द्र सापकोटा र वहाँको जिवन संगिनी श्री कोपिला खरेलज्यूले यही साउन २८ र २९ गते गएको बाढीको कारण रत्ननगर नगरपालिका वडा नं. -८  बगरटोलका करिब ३५ जना स्कुलले बिधार्थीहरूको पढ्ने किताब ,कपि क़लम झोला , ड्रेश बगाए पछि बिचल्ली परेको कुरा पत्रकार , होमनाथ सापकोटा , ध्रुबराज खनाल , वडा अध्यक्ष , बिनोद बस्नेत , लुमन्ति संयोजक शिहँ बहादुर लामा , नेपाल सुकुम्बासी सुधार समितिका अध्यक्ष फुलमान तमाड० टोल सुधार समितिका सचिब प्रतिमा लामा लगायत स्थानिय होटल ब्यवसायीहरूको यही साउन ३१ गते स्थलगत निरिक्षण गर्दा थाहाँ भएको जानाकारीमा आफुले गराए पछि स्टेसनरी खरिदकालागी नगद रू. ५,०००।- सहयोग उपलब्ध गराउनु भएको छ । यस भन्दा अगाडी पनि प्राकृतिक प्रकोपका कारण समष्या पर्दा निरन्तर सहयोग गर्दै आउनु भएका देबेन्द्र सापकोटा परिवारले यस पटक पनि बाढी ग्रष्त क्षेत्रमा थोरै भएपनि बाढी पिडीतहरूले राहत महसूस गर्न सकुन भन्ने उदेश्यले उक्त सहयोग रकम उपलब्ध गराउनु भएकोमा बिदेशमा रहेर पनि आफ्नो मातृभुमीमा परेको बिसम परिस्थितीको बेला सहयोग प्रदान गर्नु भएकोमा सहयोगी परिवार प्रती हार्दिक आभार ब्यक्त गर्दै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछु । साथै खैरहनी न.पा.-८ पर्सा स्थाई घर भै हाल जापान बस्नु हुने आदरणिय सहयोगी मित्र श्री बाबुराम रिजाल परिवारले जापानदेखी उक्त स्थानमा रू ५०००।- चिसोको कारण बिरामी हुन थाले पछि तत्कालै म्याट खरिद गरि हस्तान्तरण गरिएको थियो ।


- मुरली   प्रसाद गजुरेल

बाढी पिडित  जेष्ठ नागरिक सुत्केरी महिला नवजात शिशु लाई  ध्यानमा राखेर सहयोगमा जुटेका छौ।आज पहिलो सहयोग स्वरुप नवजात शिशुको लागि न्यानो लुगा १०० मिटर र सुत्केरी महिलाको लागि धोती ब्लाउज पेटिकोट जेष्ठ नागरिकको लागि कुर्ता पाइजामा १६४ थान नयाँ  कपडा महिला तथा बालबालिका कार्यालय प्रमुख  सुनिता के शी म्याम लाई  हस्तान्तरण गरियो ।
भोली बालबालिकाको लागि सर्बोत्तम पिठो र महिलाको लागि सेनेटरी प्याड को ब्यबस्थापनमा गर्दैछौ।आज सहयोग गर्नुहुने सम्पुर्ण दाताहरु प्रती बार्दली परिवार आभार ब्यक्त गर्दछ। 15 August 2017

- रिचा लुइँटेल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.