Latest Post

लक्ष्मी प्रतिष्ठानद्वारा अति सिमान्तकृत बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउनको हेतु चितवन जिल्लाको कान्दामा संचालित " कुमार बलराम स्मृति " छात्रावासमा अध्यनरत बालबालिकाहरुको लागि आव्हान गरिएको  " फुड फर अ डे " कार्यक्रममा सहभागिता जनाउँदै अमेरिकाको टेक्सास बस्नु हुने श्रद्धेय शान्ता भट्टराईज्यूले $१०० सहयोग उपलब्ध गराउनु भएको छ । करिब २ सय जना बालबालिकाहरुका लागि स्वस्थ खाना खुवाउने यो महा अभियानमा सहयोग पुर्याउनु हुने श्री शान्ता भट्टराईज्यू लगायत उहाँका सम्पूर्ण परिवार प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ । खान पुगोस् दिन पुगोस् , सबैको जय होस् ।

बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान

हे सुद्ध चित्त,हे बुद्ध चित्त,तपाईको जय होस् !
लक्ष्मी प्रतिष्ठान आएका मानवीय गतिविधिहरुकालागी  रु २०,०००/ उपलब्ध गराउनु भएकोमा काठमाडौँ बनस्थली  बस्नुहुने श्रद्दिय साकार खनाल ज्युलाईहाम्रो हार्दिक सलाम ! यहाँले  कमै उमेरमा  आफ्नो  सामाजिक दायीत्व महसुस गर्दै   समाजकालागी गर्नु भएको योगदानले   हामीलाई अशिम  उर्जा प्रप्त्सा भएको छ  भविष्यमा पनि  हजुरको यो कदमले हामीलाई अझ  सक्रिय  हुन  प्रेरणा मिलेको छ। हामी  यहाँको   यो पवित्र  कदमलाई  सदैव सम्मन  गर्दछौ। हजुरको जय होस् !

बिष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ,परिवार।

हे सुद्ध चित्त, हे बुद्ध चित्त हजुरलाइ जन्मदिनको मुरी मुरी शुभकामना  !
क्यानाडा को टोरेंटो  निवासी श्रद्दीय प्रध्युम्न रेग्मी ज्युले आज परेको  आफ्नो ४७ औं जन्म दिनको अवसरमा लक्ष्मी प्रतिष्ठानद्वारा  जिल्लाको राप्ती नगर पालिका १३ कान्दामा अति सिमान्तकृत   चेपाङ्ग बाल्बालिकाहरुलाई शिक्षामा पहुच गराउन हेतु  संचालित छात्रावासमा बस्दै  आएकी छात्रा शुश्री  बुद्धिमायाँ प्रजालाई शैक्षिक छात्रवृत्ति  (५०० डलर )उपलब्ध गराउनु भएको छ। यसरि  आफ्ना जीवनका उत्सवलाई परोपकारी कार्यगरी मनौनुहुने श्रद्दिय रेग्मी ज्यु   प्रति  हामी  हार्दिक  आभार ब्यक्त  गर्दछौ।   कुमार बलराम स्मृति छात्रावास   स्थापना कालदेखिनै प्रहुमन+ स्वेता छोराछोरी  सबैको जन्म दिन यसरीनै  मनाउदै,  गरिब  बालबालिकाहरुलाई  शिक्षामा  पहुँच गरौन  सहयोग पुर्याउनुहुने  हुने  रेग्मी परिवार प्रति  हाम्रो  लाखौ सलाम ! सबै को जय होस् ! 

बिष्णु गौतम

लक्ष्मी प्रतिष्ठान ,परिवार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.