Latest Post

२७ श्रावण २०७४ मा नेपालको खासगरी तराईको अधिकांश भु-भाग डुबाउने गरी आएको बाडीको कारण पिडित परिबारहरुलाई प्रवासबाट भएपनी सहयोग गर्ने हेतुले झापाली समाज कुवेतले समाजका उपाध्यक्ष श्री राजु धिमालको संयोजकत्वमा समाजका सचिब श्री प्रेम कार्की ज्यु सदस्य सचिब रहने गरी ११ सदसिय समिती बनाई बिज्ञप्ती मार्फत सहयोगको लागी आबहान गरिएको थियो । सोही अनुरुप हाल सम्म जम्मा भएको रकम र सहयोगी दाता ज्युहरुको नामावली संगै बाडिपिडीत राहत संकलन कार्य आजकै मितिबाट बन्द गरिएको  यसै समाजको आधिकारिक फेसबुकबाट सबैमा जानकारी गराउदछौ ।

उठेको जम्मा रकम मध्ये रु ५०,०००\- अन्तर्राष्ट्रीय झापाली समाज मार्फत पहिलेनै पिडितहरु समक्ष सहयोग पुगी सकेको र बाकी रहेको रकम झापाली समाज कुवेतकै प्रतिनिधीहरुको प्रतक्क्ष उपस्थितीमा केही दिन भित्र बाडीले धेरै क्षती पुर्याएको जिल्ला मध्ये झापाको झापा गाँउपालिकामा बितरण गरिने समेत सबैमा जानकारी गराउन चाहान्छु ।

सहयोगी दाता ज्युहरुको नाम छुट्न गएमा कृपया जानकारी गराउनु होला ।

प्रेम कार्की (सचिब)
झापाली समाज कुवेत
सम्पर्क ६६९१ ७६६८

प्रज्वल शिक्षा सदनका बालबालिका अन्य बालबालिका भन्दा फरक छन , जन्मदिनको अवसरमा बर्थडे कार्ड तथा बर्थडे चार्ट आफै मिलेर हातको कला मार्फत सजाउँछन र साथिलाई जन्मदिनको शुभकामना दिन्छन। चित्रमा देखियको क्राउन भने टिचर हरुले तयार गर्नुभयको हो। विभिन्न अवसर हरुमा बालबालिका हरुले आँफैले कार्यक्रम सन्चालन गर्छन । यसै क्रममा भोलि बाल दिवसमा पनि बालबालिका हरुले कार्यक्रम राखेका छन। उक्त कार्यक्रम प्रज्वल स्काउट ट्रप द्वारा सन्चालन हुनेछ।

१६५ विद्यार्थी संख्या तथा २१ जना स्टाफ सहित हेटौंडा ६, चौघडा बजार मा रहेको यश स्कुल पब्लिक ट्रस्ट स्कुल हो।आफ्नो ब्यक्तिगत सम्पत्ती समाजलाई समर्पित गरेर हरदम बालबालिकाको उज्वल भबिस्यकोलागी संघर्षरत हुनुहुन्छ दिदी लक्ष्मी श्रेस्ठ। तथा स्कुलका पृन्सिपल गणेश कुमार श्रेस्ठ हुनुहुन्छ।
https://m.facebook.com/story.php?story_fbid=10203352367405537&id=1701653639

हे शुद्ध चित्त , हे बुद्ध चित्त , हजुरको जय होस् !
लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती नगर पालिका १३ कान्दामा अति सिमान्तकृत चेपाङ्ग बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउने हेतुले संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका र " साथिका लागि साथी " कार्यक्रममा समावेस गरिएका मध्ये नर्सरी कक्षामा अध्ययनरत विकास प्रजालाई बेलायत को लन्डन  निवासी श्रद्धेय लेखनाथ+रीता घिमिरे दम्पती ज्यूले आफ्ना छोराहरु द्वय साशंक+सम्यक घिमिरे  द्वयका  बाल साथीको रुपमा स्वीकार गरी अभिभावकत्व प्रदान गर्दै उनलाई एक बर्षका लागि उक्त छात्रावासमा खान , बस्न र पढ्नको लाग्ने रु ५०,०००. ०० उपलब्ध गराउनु भएको छ ।
सत्कर्मद्वारा आफ्नो देश र समाजलाई योगदान पुर्याउनु हुने श्रद्धेय घिमिरे परिवार  प्रति हाम्रो उच्च सम्मान छ । हामीलाई विश्वास छ मानविय सेवामा समर्पित उहाँहरूकोको यो सहयोगले विकाश प्रजा को रुपमा एक दिन देशले शिक्षाले परिष्कृत सक्षम व्यक्तित्व प्राप्त गर्ने छ । परिणामत: कान्दा जस्ता थुप्रै कन्दराहरु शुन्दर र समुन्नत हुँदै जानेछन् भन्ने विश्वासका साथ घिमिरे  परिवार  प्रति यो सहकर्यका लागि हार्दिक आभार व्यक्त गर्दछौं ।
हामी सबै को जय होस् !

बिष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ,परिवार ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.