Latest Post

एक बर्ष अगाडिको कुरो म कतार मा रामचन्द्र अभियान मा हिड्दै थिय म र मेरा साथी हरु गर्मीले छपक्कै लुगा भिजेको थियो बाटोमा हिडिरहेको थियौ । एक जना रोल्पा को भाइ नाम त बिर्से तर थर याद छ मगर हो ।।
त्यो भाइ र मेरो छोटो कुरा
(रोल्पाको भाइ)   -   दाजु तपाईं हरु के गर्दै हो यो ??
             (  म )   -  भाइ हाम्रो एक जना भाइ काभ्रे कुसादेबिको साउदी जानुभाको रैछ र वहाको गाडी को ठक्कर बाट एक जना पाकिस्तानी मरेछ । अब त्यो ब्ल्ड मनि 86 लाख जत्ती तिर्नु पर्नेरे हामी सबै सङ सहयोग माग्दै हिडेको! 😑
रोल्पाको भाइ) -  दाइ म पनि दिन्थे तर म सङ 10 रियाल      मात्र छ खाना खान जान लाको दिनुत मन थियो 😑
(म) होस भाइ पछि भएछ भनी लिउला नि
( रोल्पाको भाइ ) हस दाजु भनेर जान्छ अनि हामी हाम्रो बाटो तिर लाग्छौ ।
केही बेर पछि टाढा बाट आवाज आयो दाइ दाइ  100 मिटर जति पर को हो पत्ता लाउन सकियन !
अलि नजिक आए र हेरेको तेहि एक क्षन अगाडि भेटेको रोल्पा को मगर भाइ रहेछ !
(म) किन भाइ किन फर्केको
( रोल्पाली भाइ ) दाइ यो 10 रियाल लिनुस म आज खाना खान्न त्यो जेल मा परेको नेपाली दाइ लाई निकाल्नुस ।। हामी सबै हेरेको हेरै भयौ त्यो मन देखेर
हामी सवैको आखा बाट आँसु रसायो
हो यो हो नेपाली पन न यस्मा जात छ न भेद् भाब एक नेपाली लाई पर्दा एक नेपालिले प्रदेश मा गर्ने भनेको यत्ति नै महान छ ! सलाम छ रोल्पाली भाइ लाई आज पनि  अनि गर्भ गर्छु नेपाली हुनु मा !!!

- शेखर क्षेत्री।

अहिले सम्म सहयोग रकम जम्मा ३५०००/-पुगेको छ।
  सहयोगी हात हरु यसप्रकार छन् 
बिना गुरुङ पोखरा रु. ९९००
राहुल सुवेदी पोखरा रु. १५०००
सन्दीप पौडेल काठमाडौं रु. ५०००
प्रभाकर दर्नाल काठमाडौं रु. ३०००
Happy club ktm      रु. २१००
Bir hospital bed number 504
सक्दाे सहयोग गर्नुस है 10,20,50,100 
           गोरखा जिल्ला अजिरकोट गाउँपालिका हाल मुच्चोक २ बस्ने कक्षा ९मा अध्ययनरत बर्ष १६ कि शुस्मा परियार यहि भाद्र २९ गते रुखबाट लडि करिब ५० मिटर तल पुगि टाउकोमा गहिरो चोट र घाँटी भाँचिएर हाल काठमण्डौँको वीर हस्पिटलमा जीवन र मृत्युसँग लडिरहेकी छिन्। उनको बुबा आमा २०७२ बैसाख १२ को भुकम्पमा परि मृत्यु हुनुभयो। उनको उपचारका लागि तत्काल अप्रेसन गर्नुपर्ने भएकोले देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ दिदिबहिनी तथा संघ संस्थाहरुलाइ सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं। सहयोगको लागि, नोबिल बैंकको खाता नः ४३१००१७५०३२४४ रन बहादुर बसेल (9806717178)

जानकारि : लक्ष्मण क्षेत्री बाट


जब फुर्सद भयो कि त सामाजिक संजाल तिर नै लम्कने यी हात हरु आज पनि ब्यस्त नै थिए साथी बनाउने क्रम जारी नै थियोे त्यो पनि तिब्र गतिमा यसको फाइदा के हो बेफाइदा के हो त्यो छुट्टाउनु जरुरी थियो कि थिएन त्यो पत्तै थिएन तर पनि साथी बनाउने प्रक्रिया भने निरन्तर नै थियो यसैक्रममा फेसबुक को पाना मा नजर रोकियो उनको सुन्दर प्राकृतिक सौर्न्दर्यता लाई घुम्टो हालेको तस्बिर ले मन छोयो र साथी बनाउन  अनुरोध गरे अनुरोध गरेको भोलिपल्टै उनले मेरो मित्रता स्वीकार गरिन सयौं पल्ट उनको प्रोफाइल तस्बिर हेरे यति सुन्दर लाग्यो कि सायद यति सुन्दर अरु कोहि हुननै सक्दैन उनको तस्बिर जस्तो थियो मन त्यस्तै थियो या थिएन त्यो मलाई थाह थिएनफेसबुकको  पहिलो दिन खास केही कुरा भएन अर्को दिन पनि मैले मेसेज गरे के छ खबर आराम हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? खाना भयो? यस्तै क्रम केहिदिन चल्यो दिनानुदिन को मेसेज आदनप्रदान ले अब मेसेज नआउदा केही भयो कि भन्ने सम्म लाग्न थाल्यो धेरै नजिक भइसकिएछ एकदिन उनले मेरो पारिवारिक बारेमा सोधिन मैले सबै कुरा बताए आफू बिबाहित रहेको घरमा श्रीमती छोराछोरी भएको कुरा जानकारी दिए उनले पनि आफू बिबाहित रहेको र आफ्नो पनि छोराछोरी भएको श्रीमान रोजगारी को शिलशिलामा वैदेशिक रोजगार मा हुनुभएको जानकारी दिइन यसको मतलब हामी दुबै जना एक अर्कोप्रती परिचीत भएका थियौं सामान्य सन्चो बिसन्चो सोध्ने क्रमले निरंतरता पाइरहेको थियोे यता उनको आग्रह सहितको मेसेज आउथ्यो भने उता घर बाट सधैं पैसाको कुरा हुन्थ्यो त्यही भएर पनि मेरो ध्यान उनितिर नै खिचिदै गयो हामी ले एकाअर्कालाई यति माया गर्न थाल्यो कि सायद छुट्टीएर एक पल पनि बाच्न नै सकिदैन हरेक दिन इमोमा कुरा हुन्थ्यो उनी भन्ने गर्थिन अविरल जि तपाईंको जस्तो पुरुष भइदिएको भए पो हाम्रो त जतिसुकै बेला फोन गरेपनि खाली दबाब मात्रै दिइराख्नु हुन्छ कहिल्यै हासेर खुशी भएर रमाइलो गरेको पल नै छैन यी र यस्तै कुरा हरु गर्थिन उनी संग तपाईं बाट तयभएको यात्रा तिमी मा गएर बसेको थियो यति नजिक भैयो कि अब त मेसेज नआएको दिन  धेरै चिन्ता पर्न थालिसकेको थियोे अझै भनु उनि मेरो जिबन को अभिन्न पाटोजस्तै भएकी थिइन यसरी अपरिचित मित्र संग भएको यो घनिष्ठता कति हानिकारक थियो या लाभदायक म आफै अन्योल मा थिए सधैं समाज दर्शन को मौलिकता छाट्ने म कतै अन्याय गरिरहेको त छैन भन्ने  लाग्न थाल्यो ऊनी जहिले पनि मलाई आफ्नो बनाउन दबाब दिन थालिन् तर मलाई  कसैको सुन्दर सन्सार भत्काउनु थिएन र आफ्नै भइरहेकै सन्सार पनि भत्काउनु थिएन तर उनि यति जिद्दी भइदिइन कि मानौ उनको आफ्नो कुनै सन्सारनै  छैन हामी एकअर्को लाई राम्रो संग थाहा थियोे कि हामी दुबै जनाको अलग अलग सन्सार छ तर कमि  भयो या बढी हामीले आफ्नो कर्तब्य नै भुलिरहेका थियौ र मैले आज फेरि धेरै सोचबिचार गरि उनको लागी एउटा अन्तिम पत्र लेख्ने कोशिश गरे
          प्यारी आस्था जिबन को एक यसतो मोड मा तिमिसंग भेट भयो जुन भेट मेरो जीवनकाल कै अबिस्मरणीय हुनेछ ।यति धेरै माया प्रदान गरेर बैदेशिक रोजगार को समय लाई सहज बनाइदिएको तिमि प्रती धेरै आभारी छु हाम्रो सोच गलत पक्कै होइन तर समयानुकूल चाहिँ पक्कै नभएको हो आस्था तिमिले जुन माया मलाई प्रदान गरौँ त्यहीँ माया तिम्रो आफ्नो जिबन साथी लाई दिनेगर र मैले पनि त्यही बिश्वास माया मेरो जिबन साथि  लाई दिनेछु हामी एकाअर्कालाई राम्रोसँग बुझिरहेका छौं मलाई थाहा छ  यो कुरा ले तिमिलाई पक्कै नरमाइलो बनाउने छ तिमि म संग धेरै रिसाउने छौं तिमिले मलाई धोका दियो पनि भन्ने छौं तर प्यारी आस्था एक फेर बिचार गर  तिमि र म त खुशि हौंला तर हेर त हाम्रो बच्चा हरु अनितिम्रोश्रीमान मेरो श्रीमति  ऊनी हरु लाई रुवाएर हामी कदापि खुशी हुन् सक्दैनौ आस्था त्यसैले यो पत्र पढे पछि तिमि मा पक्कै केहि परिवर्तन आउनेछ एकअथाह माया आफ्नो जिबनसाथी लाइ दिनेछौं र तिम्रो जिबन साथि ले पनि पहिले का गल्ती हरु लाई महसुस गर्दै  एउटानयाँ जिबनको  सुरुवात हुनेछ र मैले पनि जुनसमय तिम्रो लागी दिए जुन माया तिम्रो लागि दिए त्योसबै अबसर म मेरी जिबन साथी लाई दिनेछु यसैमा हामी दुबैको भलाई हुनेछ आज सम्म दिएको समय को लागि धेरै धेरै धन्यवाद आगामि दिनमा पनि हामी एक असल मित्र भएर रहन सक्छौ मलाई आशा छ आस्था तिमिले मलाई बिश्वास गर्ने छौं यो जुनिमा  हाम्रो यात्रा मित्रवत रुपमानै चल्ने छ यदि अर्को जुनि सम्भव छ भने एक हुनेछौं लौ त धेरै के लेखु म तिम्रो जवाफ को प्रतीक्षा मा छु  ।
   प्रस्तुत लेख एक काल्पनिक ढंगबाट लेखीएको लेख हो यसका पात्रहरु पनि काल्पनिक हुन कसैको जिबनमा मेल खान गएमा संयोग मात्रै हुनेछ ।

कथा :-बिचलित बर्तमान
लेखक :-गोबिन्द लामिछाने (अविरल )।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.