Latest Post

स्व. जीवन कुमार तामाङको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न |

आज मिति २०७३/१०/१७ गतेका दिन चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी ज्युको सभापतित्वमा, जिल्ला बिकास समिति चितवनका स्थानीय विकास अधिकारी श्री श्रवण कुमार पोखरेलज्युको प्रमुख आतिथ्यमा तथा जिल्ला बिकास समिति चितवनका योजना प्रमुख श्री प्रकाश चन्द्र पौडेलज्युको बिशेष आतिथ्यमा चितवन सेवा समाज कुबेत, चितवन समाज इजरायल र चितवन सेवा समाज साइप्रसको संयुक्त  सहयोगमा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल द्वारा स्व.जीवन कुमार तामाङको श्रीमती जुनकिरी पाख्रिनज्युलाई रु १,०२,५००/ आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भयो |
सो कार्यक्रममा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका सल्लाहकार श्री बालकृष्ण पौडेलज्यु, चितवन युवा समुह दोहा कतारका अध्यक्ष श्री भूमिराज कार्कीज्यु,समाजसेवी श्री निर्मला सापकोटाज्यु, सस्थाका पदाधिकारीज्युहरु लगायत पत्रकारहरुको  उपस्थिति थियो   |
लमजुङ जिल्ला बन्सार गा.बि. स.३ निवासी स्व. जीवन कुमार तामाङ बिगत केहि समय देखिनै मुटु र फोक्सोको समस्या बाट पिडित हुनुहुन्थ्यो सोहि कारण गत पुस १२ गतेका दिन चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो | मृतकको पारिवारिक अवस्था निकै कमजोरी रहेकोले सेवा नै धर्म हो भन्ने कथनलाई आत्मसाथ गर्दै चितवन सेवा समाज कुबेतद्वारा रु ५०,००० , चितवन समाज इजरायलद्वारा रु ३०,००० र चितवन सेवा समाज साइप्रस द्वारा रु २२,५०० जम्मा रु १,०२,५०० आर्थिक सहयोग रकम प्रमुख अतिथि श्री श्रवण कुमार पोखरेलज्यु बाट स्व.जीवन कुमार तामाङको श्रीमती जुनकिरी पाख्रिनज्युलाई हस्तान्तरण गर्नुभयो | सामाजिक परोपकारी कार्यको लागि सहयोगी सस्थाहरुलाई बिशेष धन्यवाद सहित मृतकको चिर शान्तिको कामना गर्दै श्रीमती जुनकिरी पाख्रिनलाई साहस र धर्यताका साथ अगाडी बढ्नको लागि प्रमुख अतिथि श्री श्रवण कुमार पोखरेलज्युले आग्रह गर्नुभएको थियो |

कार्यक्रम सस्थाका उपाध्यक्ष श्री बिश्व नाथ सापकोटाज्युले संचालन गर्नुभएको थियो भने स्वागत मन्तब्य सदस्य श्री राम बाबु थापाज्युले दिनुभएको थियो | सहयोगी सस्थाहरु तथा उपस्थित अतिथि लगायत सम्पूर्णलाई बिशेष धन्यवाद व्यक्त गर्दै  आगामी दिनहरुमा पनि सस्थाले सामाजिक परोपकारी कार्यमा सदैब अग्रडी भूमिका निर्वाह गर्ने विश्वास राख्दै सस्थाका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारीज्युले प्रमुख अतिथि र बिशेष अतिथिज्युलाई मायाको चिनो हस्तान्तरण गर्दै कार्यक्रम समापन गर्नुभएको थियो |

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

गोल्डन विकमा ''साकुरा नाईट २ जापान'' देशभरका चार शहरमा हुंदै

जापानीहरुले मनाउने एक विशेष चाड गोल्डेन विकको  अवसरमा प्रवासी नेपालीहरु माझ सुर्य कर्पोरेसनद्वारा ''साकुरा नाईट २ जापान '' नामक देशभर यस बर्ष पनि बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि कर्पोरेसनले हरेक बर्ष जापानको मुख्य शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ ।

कार्यक्रम निकै चर्चामा रहेका संचारकर्मी एबम कार्यक्रम प्रस्तोता नरेश भट्टराईको उत्कृष्ट उदघोषणमा संचालित हुने पक्का भएको छ । उनि सुर्य कर्पोरेसनका ब्रयान्ड एम्बेसडर पनि भएकाले हरेक बर्ष हुने कार्यक्रमा उनको उपस्थिति निश्चित प्राय हुने बुझिन्छ । कार्यक्रममा को को कलाकार आउंदैछन भन्ने कुरा चाहिं जापानबाशि नेपालीमा अहिले चासोको बिषय बनेको छ । उध्घोषक, गाएक, गायिका, कमेडि, डान्स सबैको सम्रिसित प्याकेज बन्ने बुझिएको कार्यक्रमको कलाकारहरु सहित थप जानकारी भने टोक्योमा एक पत्रकार सम्मेलन गरि अवगत गराईने बताईएको छ ।

कार्यक्रम गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिक टोक्यो बाट सुरु हुनेछ । मे ४ तारिक नागोया, मे ५ तारिक ओशाका र मे ७ तारिक फुकुओकामा हुने कार्यक्रमको मुनाफाबाट गरिव, दिन दुखि र असाह्यको सहारा बन्दै आईरहेको नेपालको मानब सेवा आश्रमलाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिए । परोपकारी उद्देश्यको यस कार्यक्रममा एमआरआर जापानको बिशेष सहयोग रहने बुझिएको छ ।

‘साकुरा नाईट’ नामक कार्यक्रम सुर्य कर्पोरेसनले ईन्टरनेसनल ईन्टरटेन्टमेन्ट कम्पनि ग्रिस्मा इन्टरटेन्टमेन्ट संग मिलेर गर्दै आईरहेको छ । नेपालमा यस अघि ईन्डियाका टप गाएक मिका सिंगको कन्सर्ट पनि ग्रिस्माले नै गरेको थियो । कार्यक्रमको दौरानमा ग्रिष्माका डाईरेक्टर एवम नेपालका नामी बिजनेस आईकोन ग्रिहेन्द्र घिमिरे पनि जापान आउनेछन । अघिल्लो बर्षको साकुरा नाईटमा नेपालका अति चर्चित सदावाहार गायक रामक्रृण्ण ढकाल, आधुनिक गायनका नयां आयाम तथा युवामनको ढुकढुकी हिमाल सागर, चर्चित गायिका मिलन अमात्य, कमेडि किंग जितु नेपाल मुन्द्रे, नेपालका बहुचर्चित डिजे राजु र कार्यक्रम प्रस्तोता नरेश भट्टराईले जापानबाशि नेपालिलाई निकै मनोरंजन प्रदान गरेका थिए ।
(जानकारी अरुण जाना बाट)

My new favorite headshot :)

This is Anna Stirr, she is an ethnomusicologist in the Asian Studies department at UH Manoa, specializing in musical traditions of the Himalayas. She performs folk music from the Nepali hills, including the improvised poetic duets called Dohori. The clothes and jewelry she's wearing are worn by all female Dohori performers, and come from the styles worn by women of various indigenous ethnic groups in the Himalayan foothills.

©2017 James Anshutz / James Anshutz Photography
www.ModifiedImages.com

Contact Form

Name

Email *

Message *

Powered by Blogger.