Latest Post


वीरगञ्जमा ११ जनामा डेंगु, सेचतान फैलाउन नसक्दा बढ्यो खतरा
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर १० शुक्रबार प्रकाशित

वीरगन्ज– नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय पर्सालाई डेङ्गु रोगबारे जनमानसमा प्रचारप्रसार गर्न वार्षिक दुईलाख रुपैयाँ दिने गरेपनि प्रभावकारी रुपमा प्रचारप्रसार हुन नसक्दा डेङ्गु रोगको खतरा बढ्दै गएको छ ।

हाल यस क्षेत्रमा डेङ्गु रोगबाट एक भारतीयसहित ११ जना मानिस प्रभावित भई उपचार गराइरहेको यो कार्यालयले जनाएको छ । सो रोगबाट प्रभावित बिरामीमध्ये नेसनल मेडिकल कलेजमा ६ र बाँकी पाँचजनाको भवानी अस्पतालमा उपचार भइरहेको छ ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने भएकाले लामखुट्टेको बासस्थानलाई नष्ट गर्न पर्याप्त बजेट नभएकाले सो रोग नियन्त्रण गर्न कठिनाइ हुने गरेको सो कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक राजकिशोर पण्डितले बताए ।

लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु नै डेङ्गु रोगको रोकथाम भएपनि पर्याप्त बजेटको अभावका कारण रोग नियन्त्रणमा कठिनाइ भएको सम्बन्धित निकायको भनाइ रहेको छ ।

वीरगन्जमा लामखुट्टेको स्थिति भयावह रहेको छ । सो रोगबाट प्रभावित हुनेमा भारत नरकटियागन्जका २१ वर्षीय मोजाबिल, वीरगन्ज उपमहानगरपालिका–१६ की २४ वर्षीया सुधा कुमारी, कट्टीपरवाहका १८ वर्षीय ज्ञानकुमार गुप्ता, बारा परसौनीका २५ वर्षीय खलीमन खातुन, सर्लाहीका २७ वर्षीय अर्जुन श्रेष्ठ, वीरगन्जकै ७२ वर्षीय कमल पटेल, बिरुवागोठेका ३५ वर्षीय छतियादेवी, वीरगन्जकै २७ वर्षीय असलम, विराटनगर–८ की मनिषा, ३५ वर्षीय बशिर साह र २१ वर्षीया पूजा साह रहेकी छन् ।

पानी जम्ने ठाउँमा सरसफाइ गर्ने, पानी जम्न नदिने र रोगबारे प्रभावकारी प्रचारप्रसार गर्नुपर्नेमा सो नभएकाले सो रोगलाई नियन्त्रण गर्न कठिनाइ भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रासस
- साभार www.swasthyakhabar.com बाट

ग्यास्ट्रिक भएकाले के खाने ?
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर १० शुक्रबार प्रकाशित

कागती पानी खाने
पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ ।

कार्बोहाइड्रेट कम खाने
पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त  हुन्छ ।

दूध नखाने
ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही खानु राम्रो हुन्छ ।

पानी प्रशस्त खाने
लगातार पानी खाँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जीउमा समेत पानीको सन्तुलन कायम रहन्छ । तर, पानीको सट्टा कोक, फ्यान्टाजस्ता कोल्ड ड्रि«ंक खानु हुँदैन । यिनले पेटमा ग्यास बढाउँछन् ।

लसुन खाने
बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकालाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने
ग्यास्ट्रिक भएकाले सकेसम्म प्रत्येक दुई घण्टाको फरकमा केही खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर समस्या उत्पन्न हुन्छ ।
- साभार www.swasthyakhabar.com बाट

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका अर्पण शर्मा आफ्ना फ्यानहरुलाई अटोग्राफ दिदै ।

समस्त युवाहरुको प्रेरणाका स्रोत बनेका उनको केही समय यता धेरै नै ख्याती बढेको छ ।


                     अर्पण शर्माको फेसबुक लिंक - https://www.facebook.com/iamarpansharma


Contact Form

Name

Email *

Message *

Powered by Blogger.