Latest Post

मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको सेवालाई सहज बनाउन आश्रमलाई तरकारी सहयोग ।
मानवसेवा अाश्रम काठमाडाै‌ ।
काठमाडौं १३, कालिमाटी अवस्थित रहेको श्री महिला तरकारी व्यवसाय बचत तथा ऋण सहकारी संस्थाद्वारा मानवसेवा आश्रमलाई तरकारी सहयोग प्राप्त भएको छ । सहकारी संस्थाले महिनामा र्दुइपटक मानवसेवा आश्रमलाई तरकारी उपलब्ध गराउने गरेको छ ।
 
मानवसेवा आश्रम काठमाडौंमा मासिक २० देखी २५ हजार रुपैया तरकारीमा  खर्च हुने गरेकोमा तरकारी व्यवसायी महिला बचतले नियमित तरकारी सहयोग गर्न सुरु गरेपछि आश्रम व्यवस्थापनमा केही सहजता प्रदान भएको छ ।
यस मानवीय सेवाको कार्यमा सहयोग पु¥याउनुहुने आदरणीय दिदी श्री सरला के.सी.ज्यू, श्री तारा लामाज्यू, विमला लामाज्यू लगायत सहयोगी सम्पुर्ण तरकारी व्यवसायीहरुमा मानवसेवा आश्रम परिवारको तर्फबाट हार्दिक सादुवाद । दिन दुखी असायहरुको सेवामा पु¥याउनु भएको यस किसिमको सहयोगले यहाँलाई जीवनभर सन्तुष्टि मिलिरहोस्, बचत तथा ऋण सहकारी संस्थाको र सम्बद्ध सम्पुर्ण सदस्यहरुको उत्तरोत्तर प्रगतिको कामना ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि :
मानवसेवा आश्रम मुख्य कार्यालय काठमाडौं, नेपाल
सम्पर्क : ०५७–५२७३९४,९८५५०७६००१,९८५५०७६००२
शाखा कार्यालय चितवन, मकवानपुर
सम्पर्क : ०५६–५२५८९४,९८५५०७६००३
शाखा कार्यालय : काठमाडौं, नेपाल
सम्पर्क : ०१–४३५७५६३, ९८५५०७६००४
शाखा कार्यालय : ललितपु, नेपाल
सम्पर्क : ९८५५०७६००६
शाखा कार्यालय : गोरखा,
सम्पर्क : ९८५५०७६००६
शाखा कार्यालय : लमजुङ्ग
सम्पर्क : ९८५५०७६००७
शाखा कार्यालय : वीरगंज 
सम्पर्क : ९८५५०७६००८
शाखा कार्यालय : बागलुङ्ग
सम्पर्क : ९८५५०७६००९,९८५५०७६०१०
धन्यबाद !

नातिनीको जन्म दिनको अवसर पारेर हजूरबुबा हजूरआमा ले चैत्र ५ गते समुद्घाटन हुन गईरहेको मानवसेवा आश्रम गोरखाको सेवा कार्यलाई फ्रिज स-प्रेम अर्पण !
फोन : ०६४-४२०६९४,९८५५०७६००६,९८५५०७६००१

...........................................
गोरखा खोप्लाङ - ९ सातदोबाटो निवासी बाबुराम अधिकारीज्यू र ईन्द्रकुमारी अधिकारीज्यूले नातिनीको जन्म दिनको अवसर पारेर चैत्र ५ गते समुद्घाटन हुन गईरहेको मानवसेवा आश्रम गोरखाको सेवा कार्यलाई फ्रिज स-प्रेम अर्पण गर्नु भएको छ।
मानवीय सेवाको कार्यमा सहयोग हात वढाउनु हुने आदरणीय बाबुराम अधिकारीज्यू र ईन्द्रकुमारी अधिकारीज्यूलाई धेरैधेरै साधुवाद !

स्वास्थ्य परिक्षण सहित फलफुल वितरण
................................................
१२ फागुन २०७३ @ मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड (आँखा अस्पताल नजिक)-०५६-५२५८९४, ९८५५०७६००३, ९८५५०८१८९९,

आफ्नो जन्मदिनको खुशी खाली आफू र आफ्ना आफन्तहरुसँग मात्रै होईन दिन दुःखीहरुसँग बसेर र एक दिन भए पनि उँहाहरुको सेवा गरेर आफ्नो खुशी मनाउनु पर्छ भन्ने भावनाले अतप्रोत परोपकारी भावनाका धनी नेपाल चिकित्सक संघ चितवन शाखाका सचिब फिजिसियन डा. भोजराज अधिकारी ज्यूले आफ्नो शुभ जन्मोत्सबको खुशीमा मानवसेवा आश्रमका गरिमा ५३ जना लक्ष्मी नारायणहरुको स्वास्थ्य परिक्षण तथा फलफूल वितरण गरेर आफ्नो जन्मदिन मनाउनु भएको छ। श्रीमती बबिता घिमिरे अधिकारी ज्यू र छोरीको साथमा आउनु भएको आदरणिय भोजराज अधिकारी ज्यूलाई जन्मदिनको शुभभावना दिनका निम्ति भरतपुर जिल्ला अस्पतालका ब्यवस्थापन समितिका पूर्व अध्यक्ष आदरणिय विजय सुवेदी ज्यू, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष आदरणिय प्रकाश खतिवडा ज्यू, आदरणिय डा. सन्दिप पाण्डे ज्यू, आदरणिय डा. रामसुन्दर त्वयना ज्यू,  प्रेस यूनियनका सभापति आदरणिय नारायण अधीकारी ज्यू,  आदरणिय पत्रकार सन्दिप श्रेष्ठ ज्यू, चितवन पोस्टबाट पत्रकार आदरणिय दिपेन्द्र अधिकारी ज्यू, भरतपुर जिल्ला अस्पतालका सामाजिक सेवा ईकाईका प्रमुख  आदरणिय गोपाल प्रसाद पौडेल ज्यू तथा समस्त श्री पुष्पान्जली हस्पिटल परिवारबाट पाल्नु भएको कार्यक्रम सुन्दर एवम् ब्यवस्थित रुपबाट सम्पन्न भएको छ।
अरु भन्दा पृथक तरिकाबाट जन्मदिन मनाउनु भएका आदरणिय डा. भोजराज अधिकारी ज्यूले आगामी दिनमा पनि  मानवसेवा आश्रमलाई आफूले गर्नु पर्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।
परोपकारी मनका धनि आदरणिय डा. भोजराज अधीकारी ज्यूलाई जन्मदिनको हार्दिक शूभभावनाको साथै उँहाको सु-स्वास्थ्य,दिर्घायू एवम् उत्तरोत्तर प्रगतिको सुभ-भावना सहित हजुरको साथ र सहयोगको लागी हार्दिक आभार ब्यक्त गर्दछौ।।।
धन्यबाद।।।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.