Latest Post

"सासूआमाको चौरासीको अवसरमा खाद्यान्न सहयोग @ मानवसेवा आश्रम ।"

मिति:२०७४/०२/१६ गते @ मानवसेवा आश्रम चितवन,भरतपुर-१० बाईपास रोड (अाँखा अस्पताल नजिकै)थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३
...............................................

भरतपुर-२२,पथियानी निवासी परोपकारी मनका धनी,सहयोगि आदरणीय सकुन्तला ढकालज्यु द्वारा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायणहरुको लागि खाद्यान्न स-प्रेम गर्नु भएको थियो ।आफ्नो सासू आमाको चौरासीको जन्म अवसरमा सहयोग गर्नु भएको थियो ।आदरणीय सकुन्तला ढकालज्युलाई मानवसेवा आश्रम परिवारको तर्फबाट धेरै धेरै साधुवाद गर्दछौं ।हजुरलाई सधैं सुखले खान पुगोस् र खुसीले दान गर्न पुगोस ।
धन्यवाद ।

पहिलो महिनाको तलबको अंश मानवसेवा आश्रमलाई- हेटौंडा,हुप्रचौर निवासी श्री नम्रता तिमल्सिनाले भेनस अस्पताल,वानेश्वरमा Staff Nurse को जागिरबाट प्राप्त पहिलो महिनाको तलबबाट २० के.जी. मुसुरोको दाल र एक कार्टु विस्कुट मानवसेवा आश्रमलाई अर्पण गर्नु भएको छ। उदारमना,परोपकारी,असल संस्कारकी धनी नम्रता तिमल्सिनाज्यूको सुस्वास्थ्य,दिर्घायू तथा उत्तरोत्तर प्रगतीको शुभेच्छा व्यक्त गर्दै वहाँलाइ मानवसेवा आश्रम,ललितपुर सम्म जोड्नु हुने प्रेरणाका श्रोत श्री उमेश शर्माज्यूमा साधुवाद अर्पण गर्दछौ।

मानवसेवा आश्रम हेटौंडा
थप जानकारीको लागि फोन नं.९८५५०७६००५/०१५२५१२६२

स्वर्गिय    माता , पिता  र छोरीको   सम्मान गर्दै  1 सेट बेड् डसनाको लागि  एघार हजार रुपैया  स- प्रेम योगदान!!
   
.....................................................................
वीरगंज,पर्साको सडक पेटीमा कष्टकर जीवन बिताउन विवश विभिन्न उमेर समुहका अनाथ,अपांग,असाहय,असक्त र मानसिकरुपमा बिछिप्त  भएका व्यक्तिहरुलाई सेवा गर्ने अभिष्टले  सन्चालन भईरहेको

मानवसेवा आश्रम पर्सा शाखाको सेवा कार्यलाई  सरल बनाउनका  लागि    बिर्ता-  4, वीरगंज   निवासी परोपकरी मानबिय  भावनाका  धनी  आदरणीय  प्रवीण मानन्धरज्यु र  उदारमना  श्रीमती श्रीलक्ष्मी मानन्धरज्यु ले  स्वर्गिय पिता श्री  न्हुछे लाल मानन्धरज्यु,  माता श्री  केदार देबी  मानन्धरज्यु  र स्नेही छोरी पलिस्था मानन्धरज्युको  स्‍मृतिमा  एक सेट बेड ,डसनाको लागि एघार हजार रुपैया स- प्रेम योगदान  गर्नु भएको छ !

मानविय सेवाको कार्यमा सहयोगी हात बटाउनु हुने  उदारमनाज्युहरुलाई धेरै-धेरै साधुवाद!!
स्वर्गिय  आत्माको बैकुण्ठबासको होस् भनी भगवानसँग प्रार्थाना
एबम  सुख,शान्ति,समृद्धी र सफलताको धेरै-धेरै शुभ-भावना!!

सधैभरि सुखले खान पुगोस्, खुशी-खुशीले मानविय सेवामा योगदान दिन पुगोस् !!

मानवसेवा आश्रम पर्सा

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

Contact Form

Name

Email *

Message *

Powered by Blogger.