Latest Post

छोरी गरिमाको आगमन,  
१८, जेठ, २०७४, मानवसेवा आश्रम काठमाडौं
..........................................
मानवसेवा आश्रमद्वारा दुई हप्ता अगाडी बुढानिलकण्ठ नगरपालिका देउवा चोकबाट उद्धार गरी आश्रममा ल्याएको दिदी मुस्कानले (आश्रमले दिएको नाम) छोरी जन्माउनुभएको छ ।

आज राति १२ बजेर १५ मिनेट जादा उहाँ माध्यम बनेर आश्रममा नव सदस्यको प्रवेश गराउनुभएको हो ।

हाल आमा र छोरी दुवैजना परोपकार प्रसुति गृह थापाथलीमा हुनुहुन्छ ।

मनोरोगी दिदी मुस्कानको हालसम्म कुनै परिचय खुल्न सकेको छैन ।
थप जानकारीको लागि :
मानवसेवा आश्रम काठमाडौं, ०१४३५७५६३, ९८५५०७६००४

आफ्नो स्वा. बुबा नन्द लाल पाण्डे ज्यूको पुण्य तिथिको दिन मानवसेवा आश्रम - हेटौंडाका १०० जाना लक्ष्मीनारायणहरूको भोजन सेवाको लागि रू. २०,०००।- स प्रेम अर्पण !
......................................................
१८ जेठ - बिहिबार मानवसेवा आश्रमको मुख्य कार्यलय - मकवानपुर,हेटौंडा।
अर्घाखाँची जिल्ला घर भई हाल भारतमा रहँदै आउनु हुने परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत आदरणीय राजन पाण्डेज्यूले आफ्नो बुबाको पुण्य तिथिको दिन अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई सडकपेटीहरूमा कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरूको सेवामा जुटिरहेको मानवसेवा आश्रमको गरिमा १०० जाना लक्ष्मीनारायणहरूको भोजन सेवाको लागि रू. २०,०००।- स प्रेम अर्पण गर्नु भएको छ।
मानवसेवा आश्रमको सेवा कार्यमा अगाडीका दिनहरूमा पनि सहयोगी हात बढाउँदै आउनुहुने उदारमना राजन पाण्डेज्यूलाई धेरैधेरै साधुवाद !
....................................................
मानवसेवा आश्रमको मुख्य कार्यलय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यलयहरूको बारेमा थप जानकारीको लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ०५६ - ५२५८९४, ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

"नम्रताको कवच र मुस्कानको गहना लगाऔँ। जिन्दगीमा  माथी  उठ्नको लागि ठुलो  डिग्रीको मात्र आवश्यकता पर्दैन ,राम्रो शब्द र शालिनताले नै मान्छेलाइ माथी उठाईदिन्छ।"

- Sarah "Manavsewa"


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


Contact Form

Name

Email *

Message *

Powered by Blogger.