Latest Post

प्रज्वल शिक्षा सदनका बालबालिका अन्य बालबालिका भन्दा फरक छन , जन्मदिनको अवसरमा बर्थडे कार्ड तथा बर्थडे चार्ट आफै मिलेर हातको कला मार्फत सजाउँछन र साथिलाई जन्मदिनको शुभकामना दिन्छन। चित्रमा देखियको क्राउन भने टिचर हरुले तयार गर्नुभयको हो। विभिन्न अवसर हरुमा बालबालिका हरुले आँफैले कार्यक्रम सन्चालन गर्छन । यसै क्रममा भोलि बाल दिवसमा पनि बालबालिका हरुले कार्यक्रम राखेका छन। उक्त कार्यक्रम प्रज्वल स्काउट ट्रप द्वारा सन्चालन हुनेछ।

१६५ विद्यार्थी संख्या तथा २१ जना स्टाफ सहित हेटौंडा ६, चौघडा बजार मा रहेको यश स्कुल पब्लिक ट्रस्ट स्कुल हो।आफ्नो ब्यक्तिगत सम्पत्ती समाजलाई समर्पित गरेर हरदम बालबालिकाको उज्वल भबिस्यकोलागी संघर्षरत हुनुहुन्छ दिदी लक्ष्मी श्रेस्ठ। तथा स्कुलका पृन्सिपल गणेश कुमार श्रेस्ठ हुनुहुन्छ।
https://m.facebook.com/story.php?story_fbid=10203352367405537&id=1701653639

हे शुद्ध चित्त , हे बुद्ध चित्त , हजुरको जय होस् !
लक्ष्मी प्रतिष्ठानद्वारा चितवन जिल्लाको राप्ती नगर पालिका १३ कान्दामा अति सिमान्तकृत चेपाङ्ग बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउने हेतुले संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै आएका र " साथिका लागि साथी " कार्यक्रममा समावेस गरिएका मध्ये नर्सरी कक्षामा अध्ययनरत विकास प्रजालाई बेलायत को लन्डन  निवासी श्रद्धेय लेखनाथ+रीता घिमिरे दम्पती ज्यूले आफ्ना छोराहरु द्वय साशंक+सम्यक घिमिरे  द्वयका  बाल साथीको रुपमा स्वीकार गरी अभिभावकत्व प्रदान गर्दै उनलाई एक बर्षका लागि उक्त छात्रावासमा खान , बस्न र पढ्नको लाग्ने रु ५०,०००. ०० उपलब्ध गराउनु भएको छ ।
सत्कर्मद्वारा आफ्नो देश र समाजलाई योगदान पुर्याउनु हुने श्रद्धेय घिमिरे परिवार  प्रति हाम्रो उच्च सम्मान छ । हामीलाई विश्वास छ मानविय सेवामा समर्पित उहाँहरूकोको यो सहयोगले विकाश प्रजा को रुपमा एक दिन देशले शिक्षाले परिष्कृत सक्षम व्यक्तित्व प्राप्त गर्ने छ । परिणामत: कान्दा जस्ता थुप्रै कन्दराहरु शुन्दर र समुन्नत हुँदै जानेछन् भन्ने विश्वासका साथ घिमिरे  परिवार  प्रति यो सहकर्यका लागि हार्दिक आभार व्यक्त गर्दछौं ।
हामी सबै को जय होस् !

बिष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ,परिवार ।

बाँके प्रबासी सेवा समाज कतार बाट क्यान्सर  पीडित  लाई   रू ३१३६० सहयोग

नेपालगन्ज महानगर पालिका वार्ड न. १० हालको वार्ड न. ८ अन्तरगत पर्ने ब्रामाहकुमारी इस्वरिय बिश्व बिधालय राजयोग क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालगन्जले बिगत २७ बर्ष देखि आध्यात्मिक मार्गमा सेवा गरि रहेको र उक्त सस्थामा बिगत 20 बर्ष देखि सम्मलित भइ सेवा गरि राख्नु भएकी ब्रामाह्कुमारी इन्दिरा सुबेदि हाल १ बर्ष देखि क्यान्सर रोग बाट पीडित भएको र निजको निरन्तर औसधि उपचार गरि राख्नु पर्ने भइ आर्थिक ब्यबस्थामा कठिनाइ भैरहेकाले क्यान्सर पीडित इन्दिरा सुवेदी लाई बाके प्रवासी सेवा समाज कतारले  उपचारार्थ पठाइएको सो रकम  रू  ३१३६० ( अक्षरुपि एकतिस हजार तीन सय साठी ) रुपैया सस्थाका बरिस्ठ  सल्लाहकार दुर्गा ब. खडका ज्यु  बाट  हस्तान्तरण गरियो उहाँको शिघ्र स्वास्थ लाभको कामना गर्दछौ ।

बाँके प्रवासी सेवा समाज कतार

Contact Form

Name

Email *

Message *

Powered by Blogger.