Latest Post

स्वार्थीहरुको शहरमा दुई छाक टार्न मैले करिब १५ वटा जति पेशा गरें । ति मध्ये सम्झन लायक भनेको फुटपाथमा पसल राखेको नगरपालिकाले लखेटेको । टेम्पो किनेर चलाएको सरकारले हटाइदिएको । सटरमा होलसेल खोलेको बाटो बढाउने भनेर सटरनै काटिदिएको । त्यस्तो रन्थनिएर बसेको अबस्थामा  मेरो भेट यिनै रेडियो कर्मी  सुमित्रा खड्का दिदि संग भयो र वहाँ संग रेडियो एच बि सी हेर्न गएको म आज सानो तिनो हाँस्यकलाकार भएको छु । र आज वहाँको शुभ बिवाहमा सरिक हुन पाएँ ।धेरै धेरै  बधाई तथा शुभकामना दिदि , सधैँ आशिर्बाद पाइरहुँ ,म त्यहि १७ बर्ष अघि भेटेको भाइ हो, मैले धरातल बिर्सेको छैन ,यसैगरी सधैँ आशिर्बाद पाइरहुँ  ।

बाजुरा मा गिरिजाप्रसाद कप सुरु

महेश कु कार्कि
आज बाट बाजुरा को कोल्टी स्थित जनप्रकाश उ. मा. बि  को खेल मैदान मा दोस्रो  "जि .पि" कप फुटबल प्रतियोगिता संचालन भएको छ ।
"स्थानीय स्तरमा शुसासन कायम ,युबाको सर्वाङिअण    बिकास निर्माण तथा समृद्धि समतामूलक समाज निर्माणको लागी युवा अभियान" भन्ने मुल नारा सहित सस्थापित जि.पि युथ फोरम बाजुरा को     आयोजनामा बिजया दशमी तथा शुभ-दिपावलिको  अबसर पारेर    खुल्ला दोस्रो  जि. पि कप  फूटबल प्रतियोगिता को आयोजना गरेको हो ।
" सक्षम ,सवल र सु- संस्कृत युवाशक्ति रास्ट्रको सान
युवा एकता र स्वास्थ जीवनकालागि  खेलकुद अभियान "  भन्ने नारा सहित संचालित दोस्रो  जि. पि कप  फूटबल प्रतियोगिता    को उद्घाटन बुडिनन्दा नगपालिका का नगर प्रमुख  पदम गिरि ले गर्न्नु भएको थियो।
प्रतियोगितामा  जिल्ला भित्र र जिल्ला बाहिर गरेर २४ वटा टिम सहभागी रहने  आयोजक कमिटी ले जानकारी गराएको छ।
जिल्ला कै सबै भन्दा ठुलो  धनराशि रहेको यो प्रतियोगिता मा बिजेता  हुने टिम  ले  १ लाख ११ हजार १११ रुपैया सहित मेडल  प्राप्त  गर्ने छन भने उपबिजेता हुने टिम ले ६६ हजार ६ सय ६६ रुपैया  सहित मेडल प्राप्त गर्ने छ्न । खेल भोलि बाट  संचालन हुने आयोजक कमिटी ले जनाएको छ।

चाडबाडमा :
१, आफ्ना छोराछोरीलाइ मोटरसाइकलको साँचो दिनु अघि ३ चोटि सोच्नुहोस र ६ वटा कुरा सोध्नुहोस , कहाँ जाने ? कति स्पीडमा ? हेल्मेट लाने कि नलाने ? कति जना चड्ने ? मोटरसाइकल नलगे हुदैन ?
२, पिङ्ग खेल्दा पिङ्गको अबस्था याद गर्नुहोस ।
३ ,मदिरा सकभर नखानुहोस ,खानेले मात्रा याद गर्नुहोस ।
४ ,नखेल्नु जुवा र तास धनको नास जिबनको बनबास ।
५ ,अरुको देखासिकी गरेर अनाबश्यक खर्च नगर्नुहोस । दशैं को शुभकामना ।


फेसबुकमा साथी बन्नका लागी धेरै अनुरोध आइरहेकोले ,बाध्यात्मक परिस्थितिमा थुप्रै साथीहरुलाई अनफ्रेण्ड गर्दैछु(दशैंको फुर्सदमा ) । अनफ्रेण्ड गरिने साथीहरु यस प्रकार छन् :-

१ ,आफ्नो नाम नराख्नेहरु 

२ ,प्रोफाईलमा आफ्नो फोटो नराख्नेहरु 

३ , सामाजिक सदभाब खल्बल्याउने प्रकारको अपाच्य स्टाटस राख्नेहरु 

४ , बिभत्स दृष्य/फोटो/खसी काटेको /दुर्घटनाको  भिडियो आदि शेयर गर्नेहरु 

५ ,निष्क्रिय ( जिउँदाको जन्ती न मर्दाको मलामी ) हरु 

नोट : यसबाट पर्नजाने असुविधा प्रति क्षमा प्रार्थी छु

 ----माग्ने बुढा ।

माग्नेमन्त्रालय ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.