के हाे बोधिचित्त ?यसबाट कति कमाउन सकिन्छ ?याे विरूवा कहाँ पाइन्छ ?
=====================
परिचयः
नेपालको काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रमा उत्पति भएको , झट्ट हेर्दा बयरकै एक प्रजाति भित्र पर्ने ,स्थानीय वनस्पति हो वोधिचित्त ।
यो वनस्पति नृपालमा बाहेक संसारका कुनै ठाउंमा पनि पाईदैन । त्यसैले यसलाई अंग्रेजीमा इन्डेमिक टु नेपाल भनिन्छ । बुद्ध धर्मावलम्बिहरुका अनुसार बोधिचित्त विरुवा आठौं सताब्दी तिर गुरु पद्म सम्भम(गुरु रेम्पो छे) लुम्बिनीबाट तिब्बत फर्किने बेलामा तिमालमा तपस्या गरि जान लाग्दा तिमाल क्षेत्रमा रोपेको र स्थानीयलाई चिनाएको किम्बदन्ति रहेको छ ।सम्भवतः यसको बीउ र माला गुरु पद्म शम्भवले लुम्बिनी बाट ल्याएको हुनु पर्छ ।परम्परागत रुपमा यसको खेती तिमाल क्षेत्रमा मात्र गरिन्थ्यो ।नातागोता , इष्टमित्र र आफन्तहरुलाई उपहारको रुपमा यस्को बिउ र बिरुवाहरु दिने गरिएकाले तिमाल आसपासका गाउंहरु जस्तै महाभारत श्र्रीड.खला,काभ्रेकै कोशी पारीका गाउहरु , रामेछाप, सिन्धुली,दोलखा आदि ठाउहरुमा पनि केही दशक अघिदेखि अलि अलि फैलिएको थियो ।यसको धार्मिक तथा आर्थिक महत्व दिन प्रतिदिन बढ्दो छ । र विश्व बजारमा यसको माग धेरै बढेकाले अहिले नेपालका लगभग सबैजसो जिल्लाहरुमा यसको खेती गरिन थालिएको छ ।काठमाण्डौका विभिन्न स्थानहरुमा बोधिचित्त फलिसकेकाले काठमाण्डौ उपत्यका र यस्तै हावापानि हुने अन्य सनमा पनि यसको खेतित हुनसक्ने देखिन्छ ।
===============================================
नामाकरणःनेपाली भाषामा बोधिचित्त वा बुद्धचित्तको नामले चिनिने यस वनस्पतिलाई तिमाल क्षेत्रमा स्थानीयहरुले बुद्धमाला,माला र फ्रड.्वामाला पनि भन्दछन् ।तिब्बती भाषामा ठेड.्वा माला र तिनीया भाषामा फड.् याड.् फू थी भनिन्छ । बयर जातको वनस्पतिको वैज्ञानिक वा जेनेरिक नाम जिजिपस र सोहि जात भित्र पर्ने प्रजाती बोधिचित्त भएकाले नेपाली वैज्ञानिकहरुले यसको प्रजातिय नाम बुद्धेन्सिस नामाकरण गरेका छन् ।तसर्थ यसलाई जिजिपस बुद्धेन्सिसको नामले विश्वमा चिनिन्छ ।
=========================================
धार्मिक महत्वःबुद्धमार्गीहरुले जप गर्दा प्रयोग गरिने पवित्र माला यही बोधिचित्तको १०८ वटा दानालाई उनेर बनाइन्छ ।यसको जोड्निमा एउटा अनि ठुलो अतिरिक्त दाना राखिएको हुन्छ ,त्यसलाई गरुदाना भनिन्छ ।जप र ध्यान गर्दा उच्चारण गरिने मन्त्रको गणनालाई सजिलो बनाउन बौद्ध भिक्षु,न्यासि,ध्यानी र उपासकहरुले यसको प्रयोग गर्दछन् ।यस्लाई भगवान बद्धसग साक्षात्पकार गराउने पवित्र साधन मानिन्छ ।बोधिचित्तको मालाबाट जप, ध्यान,मन्त्रोच्चारण र धारण गर्दा चिताएको पुग्ने ,सिद्धि प्राप्त हुने,अन्जानमा गरेको पाप काटिनने र मृत्यु पछि पनि शान्ति र मुक्ति प्राप्त हुने विश्वास गरिन्छ ।यसको माला सबै खाले पुजा र जपमा प्रयोग गरिन्छ ।यस मालाबाट जप गर्दा परिवार र समाजलाई नै लाभ प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।बोधिचित्तको माला बुद्ध भिक्षुहरुलाई दान दिएमा ती भिक्षुहरुले जपगर्दा प्राप्त हुने पुण्य वा लाभको केहि अंश माला दान गर्ने ब्यक्तिलाई समेत प्राप्त हुने विश्वास पनि रहेको छ ।घरमा राखिएका बुद्धका मूर्ति,फोटो तथा आफ्ना स्वर्गीय जनहरुको फोटोहरुमा समेट यसको माला अगाइदिने गरिएको छ ।विवाह,स्वागत,बिदाइ जस्ता शुभकार्यहरुमा समेत गहना र उपहारका रुपमा यसको माला,ब्रास्लेट,लकेट आदि दिने प्रचलन बढेको छ ।यस्को माला दलाई लामाले पनि प्रयोग गर्नु हुन्छ | चिन , जापान्, कोरिया ,थाइल्यान्ड्,तिबेत्,भिएतनाम्,मकाउ,ताईवान आदी देशहरुमा यस्को माग उच्च छ र कम से कम १० बर्ष सम्म यस्को माग उच्च नै रहनेछ !
===================================================
खेती प्रविधिः यसको दाना फुटाएर निकालिएको बीउ लाई माटो भरिएको सोलीमा राखेर बिरुवा उमारिन्छ । सोलीमा भर्ने माटोलाई भरसक जंगलबाट संकलन गरी मसिनो जालिमा राम्ररी चाल्नु पर्छ ।जंगलको कालो र फुको माटो विरुवा राम्ररी उमार्न उपयोगी हुन्छ ।बीउलाई पालिब्यागमा राखेर त्यसलाई ग्रीन हाउस,विशेष किसिमको प्लास्टिकछाना,चित्रा वा खरको छानाले बनाएको सेडमा राखी विरुवा उमार्न सकिन्छ ।बिरुवामा ढुसी लागेमा राम्रो र सग्लो बिरुवा पनि हेर्दा हेर्दै ओइलिन्छ ।त्यसैले बिरुवा उम्रनासाथ ५ देखि ७ दिन बिराएर वा बिरुवाको अवस्था हेरेर फडि.्गसाइट नामको विषादि पानीमा घोलेर स्प्रे गर्नुपर्छ ।साना बिरुवामा १ लिटर पानीमा १ ग्राम र ठूला बिरुवामा २ ग्रामसम्म यसको धुलो मिसाउनु पर्दछ ।यो औषधि प्राय प्याकेटमा धुलोरुपमा पाइन्छ ।कम्पनि अनुसार आफ्नै नाम राखिएको हुन्छ ।बिरुवा २ फिट अग्लो भएको बेला कहिले काहि किरा लागेर डांठ प्वाल पर्ने गरेको पाइन्छ ।तसर्थ फल दिन नथालुन्जेल बिरुवाको राम्ररी हेरचाह गर्न जरुरी छ ।यदी किरा लागेको पाईयमा साले सुइले डिजेल वा मटीतेल तोनेर सो प्वालमा हालीदिनु पर्छ र लेसीलो माटोले प्वाल टालिदिनु पर्छ । विरुवा सोलीमा उम्रिएको ३ महिना देखी १ वर्ष सम्ममा यसको खेति गरिने जमीनमा सार्नु उपयूक्त मानिन्छ ।माघको पहिलो हप्ता देखि फागुनको तेस्रो हप्तासम्म र जेठको अन्तिमदेखि असोजसम्म रोप्न उपयुक्त मानिन्छ ।अन्य समयमा रोप्न चाहाने हरुले पहिले गमलामा राम्ररी हेरचाह गरी सार्ने र अर्को वर्ष उपयूक्त समयमा जमीनमा सार्नु पर्दछ ।नेपालको तराइ देखि २५०० मिटरको उचाइसम्म पारीलो ,सेप नलाग्ने,पानी नजम्ने कोठेबारी,बगैचा,बारी ,पाखो,पखेरो लगायतका जुनसुकै जमीनमा यसको खेती गर्नसकिन्छ ।यसको बिरुवा रोपेको २ देखी ३ वर्षमा फल दिन थाल्दछ ।कुनै कुनै बिरुवामा बर्षमा दुई पटक पनि फल फल्न सक्छ ।यसको वयस्क बिरुवामा २०० केजी सम्म फल फलेको पाईएको छ ।२० देखि २५ फिट अग्लो झ्याडि.्गएको हुने र एक पटक रोपेपछि सय वर्ष भन्दा बढी समय सम्म फल फलिरहन्छ ।
रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने ।
बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
तुसारो तथा हुस्सु पर्ने जस्ता कुराहरुले खासै असर नपार्ने ।
==============================================
लगाउने विधि :
-२ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
-हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
-स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने

व्यापारः एकै रुखको फलबाट २ लाख देखि ५० लाखसम्म आम्दानी हुने हुंदा यसको खेतिगर्ने किसान र ब्यापार गर्ने व्यक्तिहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।यसरी बढेको व्यापारका कारण काभ्रे र रामेछाप क्ष्ँेत्रका किसानहरुको आय र जीवनस्तर धेरै उच्च भएको छ ।काभ्रेको तिमाल क्ष्ँेत्रमा मात्र वार्षिक करिब एक अरबभन्दा बढीको कारोबार हुने अनुमान छ ।यसको व्यापार र आम्दानी बढेको कारण देशै भरि यसको खेती गर्ने अहर चलेको छ । माग अनुसार बिरुवा उत्पादन हुन नसकेको र उत्पादन लागत नै महड.्गो पर्ने भएकोले एउटै बिरुवा उमेर र साइज हेरेर सातसय देखि दशहजारसम्ममा बिक्रीहुने गरेका छन् ।यसका दाना र मालाहरु खरिद गर्न चिन,ताइवान,मकाउ लगायतका धेरै व्यापारीहरु घर घरमा आउने गरेको किसानहरु बताउछन् ।नेपालको हालको उत्पादनले बजारको माग धान्न नसकेकाले बजार मुल्य दिन प्रतिदिन बढ्दो छ । यसका दानाको सतहमा प्रष्ट देखिने कुशल कलाकारले कुंदेकाजस्ता आकषर््ाक विभिन्न कोणका चिन्हहरु हुन्छन् ।त्यस्ता कोणलाई यसको मुख वा सुर भनिन्छ ।मुख बढ्दै गएअनुसार यसको मुल्य पनि पढ्दै जान्छ ।हालसम्म एकदेखि नौ मुख सम्मका दानाहरु पाइएका छन् ।नौ मुखे राम्रो आकार र गोलाइ भएको एउटै दाना रु.४ लाख र नौ मि.मि गोलाइबाट बनेको दुइ मुखे दानाको एउदै मालाको १ लाख भन्दा बढीमा बिक्री हुने गरेको छ ।

२०७२ सालमा बिक्रि भएअनुसार बोधिचित्तको दाना तथा मालाहरुको सालाखाला होलसेल मुल्यः
८ मिमिको १०८ दानाबाट बनेको १ मालाको २ लाख ,
९ मिमिको १०८ दानाबाट बनेको १ मालाको १ लाख ,
१० मिमिको १०८ दानाबाट बनेको १ मालाको ४० हजार ,
११ मिमिको १०८ दानाबाट बनेको १ मालाको २० हजार ,
१२ मिमिको १०८ दानाबाट बनेको १ मालाको ६ हजार ,
१३ देखि १६ मिमिको १०८ दानाबाट बनेको १ मालाको २ हजार ,
१७ देखि १८ मिमिको १०८ दानाबाट बनेको १ मालाको १२ हजार ,
१९ देखि २० मिमिको १०८ दानाबाट बनेको १ मालाको २० हजार ,
२१ देखि २२ मिमिको १०८ दानाबाट बनेको १ मालाको ३० हजार
दुइमुखे दाना सालाखाला प्रति माला १० हजार,
तिनमुखे दाना सालाखाला प्रतिगोटा रु.१२५ ,
४ मुखे दाना सालाखाला प्रतिगोटा रु.१२०० ,
५ मुखे दाना सालाखाला प्रतिगोटा रु.१०,००० ,
६ मुखे दाना सालाखाला प्रतिगोटा रु.४०,००० ,
७ मुखे दाना सालाखाला प्रतिगोटा रु.१,००,००० ,
८ मुखे दाना सालाखाला प्रतिगोटा रु.१,५०,०००
र ९ मुखे दाना सालाखाला प्रतिगोटा रु.४,००,००० मा बिक्रि हुने गरेको छ ।
==========================================
बोधिचित्त बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
(01-4418921,9860309157,9813275400,9808511981,9845421906,9808511981)

काठमाडौं रिङ्गरोड भित्र नि:शुल्क डेलिभरी
-------------------------------------------
याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

साभार:- www.agromartnepal.com बाट
Post a Comment