खानेपानी टंकी विद्यालयलाई हस्तान्तरण तथा ४०जना विद्यार्थिलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न ।

परिवर्तनका लागी युवा नेपालको पहलमा देवचुली नगरपालिका वडा नं-६ किर्तिपुरमा अवस्थित नेपाल राष्ट्रीय शारदा प्रा. वि. को विद्यालयमा निर्माण गरिएको खानेपानी टंकी विद्यालयलाई हस्तान्तरण तथा ४०जना विद्यार्थिलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थिहरुलाई खानेपानीमा भएको समस्यालाई समाधान गर्नको लागि उक्त विद्यालयमा खानेपानी टंकी निर्माणका लागी भरतपुर उप- महानगर पालिक-४ बेलचोक निवासी सुजन पनेरुबाट रु २००००, नेपाल स्कुल ट्रष्टबाट आर्थी क सहयोग भएको थियो । परिवर्तनका लागी युवा नेपालका अध्यक्ष राजु चापागाईको अध्यक्षयता र समाजसेवी सुजन पनेरुको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रम गरी विद्यालयलाई टंकी हस्तान्तरण गरिएको छ ।

समाजसेवी सुजन पनेरुबाट उक्त कार्यक्रममा ४० जना विद्यार्थिहरुलाई कापि, कलम लगायतका शैक्षिक सामाग्री वितरण समेत गर्नुभएको परिवर्तनका लागी युवा नेपालका अध्यक्ष राजु चापागाईले जानकारी दिनुभयो । विद्यार्थिहरुलाई समस्या रहेको खानेपानी लाई समाधान साथै शैक्षिक सहयोग गर्न पाएकोमा आफु खुशी भएको र आगमी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रमुख अतिथी सुजन पनेरुले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । विजय सारुले सन्चालन गरेको क्रार्यक्रममा बिशेष अतिथी विश्वास लामिछाने, अतिथिमा रमेशराज भण्डारी , नवराज घिमिरेलगायत १५० जनाको उपस्थितमा सम्पन्न भएको थियो ।

जानकारी :- राजु चापागाँई बाट

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.