जगतको सर्वश्रेष्ठ प्राणी मान्छेको कसरी पशुको जस्तो बिजोक भै रहेको छ मैले बुझन सकि रहेकी छैन ।

अब यस्तो नहोस, यस्तो विजोक देख्नु नपरोस भन्छु फेरी पनि देख्नु परि हाल्छ । यो दुःख मेटाउने चिज काँहा छ होला ? को सँग छ होला है ?

पानी परि रहेको थियो ।आफै सन्चो नभएर अस्पताल जादै थिए, Madhabi  दिदीले फोन गर्नु भो । दिक्षा काहाँ छेउ ल न कंलकी आउ एउटी महिला विच बाटोमा लम्पसार परेर लडेकी छन, पानीले भिजि रहेकी छन ।
पहिला वेवारिशे बहिनीलाई लिन गए ।

घरमा ल्याएर के खान दिने, लाउन के दिने होला भन्ने पटक्कै यो मनमा लाग्दैन । जहाँ ईच्छा त्यहाँ उपाय हुन्छ भन्छन सायद होला नी । भगवानले पनि त चिता म पुरयाउछु भन्नु हुन्छ रे ।  प्रहरीले उद्धारमा सहयोग गर्नु भो । घर सम्म लिएर आए, तातो खान दिएर सुताए ।
दिमाग तेती ठिक लाईनमा छैन  होस पनि कसरी सडकको बाँस भोक तिर्खा घाम पानी नभनी पशु जस्तो सडकको बास भए पछि । । उपचार गर्नु छ । हिजै स्वास्थ्य मन्त्री गगन थापा ज्युलाई भेटेर उपचारको लागि कुरा गरेकी छु ।

माधवी दिदी प्रति हार्दिक आभारी छु । एउटा वेवारिशे महिलाको उद्धारको लागि अपिल गर्नु भो हजुरको जय जय होस ।

जगतको सर्वश्रेष्ठ प्राणी मान्छेको कसरी पशुको जस्तो बिजोक भै रहेको छ मैले बुझन सकि रहेकी छैन । सेवामा निरन्तर लागि रहने छु ।

दिक्षा चापागाई,
पवित्र समाज सेवा नेपाल , धाँपासी १०, काठमाण्डौ, नेपाल  । फोन ः ९८५१०६००८६

Labels: , ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.