भदौ #२९_गते_बुधबार बाट असोज #१५_गते सम्म #छैटौं_बृहत_पुस्तक_प्रदर्शनी
के छिट्छिटो पुस्तक प्रदर्शनीहरु गर्नु हुँदैन र ?
एउटा युवकको एकदमै पढने बानी थियो । उसको पढ्ने बानी देखेर उसका साथीहरु उसलाई जिस्काउँथे, कति पढ्को ? यसरी किताबको किरो भएर के हुन्छ ? ती युवकले भन्थे, मैले पढ्नु पर्छ । मैले आपूmलाई तयार राख्नुपर्छ, के थाहा एक दिन म यो देशको राष्ट्रपति पो हुने हुँ कि ? उनका साथीहरु गलल्ल हाँसे ति युवकलाई जिस्काउँदै । ति युवक साँच्चि नै एक दिन राष्ट्रपति बने, अमेरिकाको सोह्रौ राष्ट्रपति । उनी थिए अब्रहाम लिंकन ।
टेक्स्ट बुक डिग्रीका लागि हो तर जीवनका लागि जेनेरल बुक पढ्न जरुरी छ । आज हामीले ठीक ढंगले पढेर आपूmलाई तयारीमा राख्यौं भने मात्र भविष्यमा आउने अवसरलाई समाउन सक्छौं ।
#सफलताका_लागि_पुस्तकसँग_प्रेम’ भन्ने सन्देशका साथ नेपालीहरुको महान चाड बडादशैको अवसर पारेर डिकुरा पब्लिकेसनले यही भदौ २९ गतेबाट असोज १५ गतेसम्म छैटौं बृहत् पुस्तक प्रदर्शनी गर्दैछ । अब आपूm पढ्नुस र पढ्नका लागि प्रेरित गर्नुहोस् । पुस्तक उपहार दिएर मानिसका लागि प्रेरक बन्नुहोस् र उनीहरुलाई जित्नमा, सफल हुनमा सहयोगी बन्नुहोस् । यसले तपाईं अविस्मरणीय बन्नुहुनेछ । जब तपाईको हातमा राम्रो पुस्तक पर्छ तब त्यो कम्तीमा पाँच जनालाई पढ्न दिनुस् । एउटा कुरा सदैव याद राख्नुहोस्, अरुलाई शिखरमा लिएर जाँदा तपाईं पनि शिखर चुम्नुहुनेछ । हिमाल आरोही शेर्पाहरुबाट सिक्नु आवश्यक छ । जब हाम्रा महान् शेर्पाहरु कसैको सहयोगी बनेर एभरेस्ट लिएर गइरहेका हुन्छन्, तब उनीहरु बारम्बार शिखरमा पुगेर विश्व कीर्तिमान बनाइरहेका हुन्छन् । तेन्जिङले हिलारीलाई आपूmसँगै एभरेस्ट चढ्नमा सहयोग गरे, हिलारीसँगै उनी पनि नम्बर एक बने । के यसले उनको ख्यातिमा कुनै कमी आयो ? पक्कै आएन । त्यस कारण मानिसलाई नम्बर एक बन्नमा सहयोगी बन्नुहोस्, तपाईंको महङ्खव कदाचित कम हुँदैन । चाणक्यले साधारण बालक चन्द्रगुप्त मौर्यलाई सम्राट् बनाए । के यसले उनको ख्याति र प्रसिद्धिमा कुनै कमी आयो ? मानिसलाई महान् बन्नमा, नम्बर एक बन्नमा सहयोगी बन्नुहोस्, यसले तपाईं अझ अविस्मरणीय बन्नुहुनेछ । विवाह, ब्रतवन्त या जन्मदिनमा एउटा राम्रो पुस्तक उपहार दिएर तपाई यसको शुरुवात गर्न सक्नु हुन्छ ।
केही मानिसहरु भन्छन् छिट्छिटो पुस्तक प्रदर्शनी हुनु हुँदैन, यसले राम्रो सन्देश जाँदैन । के यी मानिसहरु ठिक भनिरहेका छन् ?
नेपाल प्रज्ञा प्रतिष्ठानमा चिठी नै पठाएर पुस्तक प्रदर्शनीमा आउनु पर्यो भनेको थिएँ । त्यहाँका रैथानेहरु भन्दै थिए, हाम्रा पुस्तक बिकेर स्टल भाडा नै उठ्दैन । फजुल खर्च हुन्छ । तपाईहरुलाई स्टल भाडा दिएर पुस्तक प्रदर्शनीमा राख्नुभन्दा ती पुस्तकहरु गोदाममा कुहिदा नै हामीलाई फाइदा छ । साझाका एक कर्मचारीको पनि उही मान्यता थियो । के तपाईलाई लाग्दैन यस्तै निकम्मा कर्मचारीहरु जो राजनैतिक भनसुनको भरमा पुस्तक छाप्छन् र गोदाममा कुहाएर खुसी हुन्छन्, हरु नै हामीले गर्ने प्रदर्शनीको विरोध गर्छन् ? अब नेपाली जनताले भन्नुपर्छ यस्ता जनताको कर सिन्को नभाँची उडाउने संस्थाका राजनैतिक नियुक्तिधारीहरुलाई, तिमीहरु जस्ता निकम्मा संस्थाहरुका कर्मचारीलाई तलब खुवाउँदा पनि यो देशका जनताले बुझाएको करको फजुल खर्च नै भएको छ ।
एक जना हामीले गर्ने यस्ता पुस्तक प्रदर्शनी प्रति राम्रो दृष्टिकोण राख्नु हुने मित्र, जो धेरै र देशभरि नै यस्ता पुस्तक प्रदर्शनीको आवश्यकता महसुस गर्नुहुन्छ मलाई सुझाव दिँदै भन्नु भयो, नेपाल प्रज्ञा प्रतिष्ठानमा एमालेको रजगज छ कोही एमालेको नेता या सत्ताधारी पार्टीको कोही नेतालाई समाउनुस् तिनीहरुले नाकका चालले स्टल राख्छन् । मैले उहाँलाई सुझावका लागि धन्यवाद दिँदै भनें, मित्र पुस्तक प्रदर्शनी गर्न कुनै नेताको ढोकामा पुग्नुभन्दा बरु केही लाखको घाटा सहनु मै मजा छ । पाँचौं पुस्तक प्रदर्शनी यिनीहरु नआउँदा हुन सक्छ भने यो छैटौं पुस्तक प्रदर्शनी पनि पक्कै सफल हुन्छ । र, यसलाई सफल पार्नुहुनेछ, पुस्तकप्रेमी नेपाली पाठकले । पुस्तकम् शरणम् गच्छामी ।
Share it hai.
- Punya Prasad Prasai
Post a Comment