एभरेष्ट नेपाल दोहा कतारले "मुसहर नमुना बस्ती निर्माण" को लागि "३,१२,२५०/- सहयोग

एभरेष्ट नेपाल दोहा कतारले "मुसहर नमुना बस्ती निर्माण" को लागि "३,१२,२५०/- सहयोग

हाम्रो यस एभरेष्ट नेपाल युथ एसोसिएसन दोहा कतारले "एकिकृत गिरन्चौर नमुना बस्ती निर्माण" को क्रममा धुर्मुस सुन्तली फाउण्डेशनलाई भनेर उठाउने भनिएको रकम मध्य संकलन हुन बाँकी सहयोग रकम पठाउन खोज्दा बस्ती हस्तान्तरणको क्रममा रहेको र थप सहयोग रकम आवस्यक नभएको जानकारी प्राप्त भएकोले केही रकम हामिसँग बाँकी थियो । अहिले फेरि धुर्मुस सुन्तली फाउण्डेशनले महोत्तरी स्थित मुसहर बस्ती निर्माणको कार्य सुरु गरेको जानकारी पाए पछि फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस जिसँगको सल्लाह अनुसार उक्त बाँकी रकम रु. ३,१२,२५०/-पनि फाउन्डेसनको नाममा नै पठाई सकिएको छ । पहिले गिरन्चौरको लागि १४ लाख हस्तान्तरण भैसकेको जानकारी गराउँदै  फाउन्डेसनको नाममा संकलित रकमको कुनै पनि हिसाब अब हामिसँग बाँकी नरहेको पनि सबैमा अबगत गराउदछौ !
धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगमा हाम्रो अनुरोधलाई पुर्ण सहयोग गर्नु भएका सम्पुर्ण सहयोगी मनहरुलाई हृदयदेखी धन्यवाद टक्र्याउछौं । यसले हामिलाई हौसला मिलेको छ जसले अरु सामाजिक कार्य गर्न प्रोत्साहित गरेको छ । आसा छ आउने समयमा पनि हामिलाई यसरी नै सहयोग गर्नु हुनेछ र सामाजिक रुपान्तरणमा हामी यूवाहरुलाई सहभागी गराउनु हुने छ ।

यसै संस्था मार्फत पोखरा ब्रिद्धाश्रम को सहयोगार्थ भब्य साँस्कृतिक कार्यक्रम,बनभोज तथा प्रथम बार्षिक उत्सब पनि गर्ने तयारिमा रहेका छौं।

"सास्कृतिक कार्यक्रम तथा प्रथम  वार्षिक उत्सव   २०१७ साथमा बनभोज"
मिति:-फेब्रुअरी ३ तारिक
स्थान:-अलदोसरी पार्क ,सनैया
समय:- बिहानको ठिक १० बजे
कार्यक्रममा आउनको लागि विभिन्न स्थान बाट निशुल्क यातायातको पनि ब्यवस्था गरियको छ।
         
आयोजक कमिटि
अध्यक्ष
उत्तम गुरुङ
एभरेष्ट नेपाल युथ एसोसिएसन,दोहा कतार

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.