स्व.पिताको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रम ललितपुरमा एक दिनको भोजन सेवा र ब्ल्यङ्केट बितरण!!!

मानवसेवा आश्रम ललितपुर, २०७३ माघ १ गते,
स्व.पिताको पुण्यतिथिको अवसरमा मानवसेवा आश्रम ललितपुरमा एक दिनको भोजन सेवा र ब्ल्यङ्केट बितरण!!!
धर्तीमै छन सबै चिज खोजे मिल्छ घरी घरी !!
तर जन्म दिने आमा बाबा पाइदैन कसैगरि!!!
....................................
ललितपुर सानेपा निवासि परोकारी मनको धनी, आश्रमका सहयोगी, शुभेच्छुक अादरणिय Binay Joshi ज्युले आफ्नो स्व बुवा नारायण धर जोशिज्युको सम्झनामा आश्रमका गरिमा लक्ष्मिनारायणहरुलाई एक दिनको भोजनसेवा र १२ थान ब्ल्यङ्केट स-प्रेम अर्पण गर्नु भएको छ।श्रीमती मिना जोशी, छोराहरु बिनय जोशी, नरेन्द्र जोशी,मनोज जोशी र नातिनी बिनिता जोशि लगायत स-परिवारको तर्फबाट माघेसङ्क्रान्तिको अवसर पारी सो दान प्रप्त भएको हो । उहाँहरुले पटक पटक मानविय सेवामा हात अगाडि बढाउनुभएकोमा सादर नमन!!
यस मानविय सेवामा सहयोगी हात बढाउनुहुने अादरणिय जोशी परिवारलाई धेरै धेरै साधुवाद साथै स्व. बुवाको स्वर्गबासको लागि भगवानसँग प्रार्थना गर्दछौं!!!
मानवसेवा आश्रम, ललितपुरको थप जानकारीको लागि :- ९८५५०७६००५
धन्यवाद!!!

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.