एकिकृत नमुना मुसहर बस्तीको लगभग २० प्रतिशत जति काम सकिएको छ ।ईच्छुक ब्यक्ती हरुले छिटो सहयोग गर्नुहुन धुर्मुस सुन्तलिको अनुरोध

हामिले निर्माण गदै गरेको एकिकृत नमुना मुसहर बस्तीको लगभग २० प्रतिशत जति काम सकिएको छ । यस निर्माण कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण संघसंस्था तथा ब्यत्तिहरुमा हार्दिक धन्यबाद दिन चाहान्छौ । बस्ती निर्माणका लागी आर्थिक सहयोग गर्ने मनहरु बढिरहनु भएको छ । हामि निर्धारित समयमै बस्ती हस्तान्तरणका लागी दिनरात काम गरिरहेका छौ । अहिले स्थानिय बासीहरु पनि हामिसंगै बस्ती निर्माणमा जुटिरहनु भएको छ । अहिले सम्म हामिलाई जतिपनि सहयोग प्राप्त भएको छ, त्यसले हामिलाई बस्ती निर्माणमा झनै उर्जा थपेको छ । हामिलाई बस्ती निर्माणका लागी अझै पनि थुप्रै सहयोगी हातहरुको खांचो छ । आशा छ तपाई पनि हामिसंगै सहकार्य गदै बस्ती निर्माणमा सहयोग गर्नुहुनेछ । तपाईले गर्नुभएको सानो सहयोगले सम्पुर्ण मुसहर बासीहरुले खुसीको शास फेर्न पाउनेछन् भन्ने हाम्रो बिश्वास छ । अहिले हामि अष्ट्रेलियाका बिभिन्न स्थानबाट पनि सहयोग संकलनका लागी जुटिरहेका छौ । तपाईहरु हामिलाई सहयोग गर्नको लागी नेपाल स्थीत बैंक अफ काठमान्डौको धुर्मुस सुन्तली फाउण्डेसनको खाता नं  016800100370524 मा रकम जम्मा गर्न सक्नुहुनेछ भने हामिलाई ललितपुर को ठेगानामा कुञ्जना घिमिरेको नाममा रकम रेमिटान्स मार्फत पनि पठाउन सक्नुहुनेछ । समय निकै कम बांकि रहेकाले पनि हामि तपाईबाट सक्दो छिटो सहयोगको अपेक्षा गदछौ । आशा छ, तपाई हामिसंग मुसहर बस्ती निर्माणको लागी जुट्नुहुनेछ । सहयोगका बारेमा थप जानकारीको लागी फाउण्डेसनको सम्पर्क नम्बर 9803472476, 9841229912  मा सम्पर्क गर्नुहोला ।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.