स्थानीय निकायहरुले बालबालिकाको आवाज सुनेर सम्बोन्धन गर्ने प्रकृया नै बालमैत्री स्थानीय शासनको अबधारणा हो ।
- दीपक शर्मा
देबचुली नगरपालिकाको दलदले बजार चोकमा जेब्रा क्रसिँग निर्माण हुँदै । केही समय पहिला बाल भेलाको मार्फतबाट पनि बालबालिकाहरुले बिद्यालय आउने क्रममा र बजार आउने क्रममा समेत बाटो पार गर्न समस्या परेको कुरा ब्यक्त गरेका थिए र आज कार्यालय आउने क्रममा त्यहाँ २ जना ट्राफिक प्रहरी बसी जेब्रा क्रसिँग बनाउदै गरेको देख्दा लाग्यो अब केही त सजिलो होला बालबालिका र अन्य ब्यक्तीहरुलाई । यसरी नै नगरपालिका वा स्थानीय निकायहरुले बालबालिकाको आवाज सुनेर सम्बोन्धन गर्ने प्रकृया नै बालमैत्री स्थानीय शासनको अबधारणा हो । बालबालिकाहरु बर्तमानका साझेदार र भबिष्यका कर्णधारहरु यिनीहरुलाई नै मध्यनजर राखी कामहरु सम्पन्न गर्नका लागि समेत सबैलाई अनुरोध गर्दछु । यसरी नै बढि मानिसहरुको भिड हुने ठाँउहरुमा जेब्रा क्रसिँगको ब्यबस्था र केही सन्देशमुलक होडिँग बोर्डहरुको निर्माण गर्न समेत सबैलाई अनुरोध गर्दछु ।
BETTERNAWALPARASI
Post a Comment