दृष्टिबिहीन मण्डल परीवारहरुको ४ नानीहरुलाई हेल्प नेपाल नेटवर्कले आफ्नो बाल आश्रममा राख्ने कुरा मलाई राखेको थियो| मैले सबै कानुनी कारवाही पुरा गरी डकुमेंटहरुहरु हेल्प नेपाल नेटवर्कलाई पठाएको थिए| आज हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेत सरले बच्चाहरुलाई अब काठमाडौँ ल्याउदा हुन्छ फोन मार्फत खबर गर्नु भएको छ| चार जना बच्चाहरुको भबिष्य सुरक्षित हुने भयो सोचेर एकदमै खुसि छु|
आदरणीय रबिन्द्र मिश्र सर, अरुण बस्नेत सर र मलाई सघाउने मित्र मोहनजीलाई हृदय देखि धन्यवाद!
- रमेश प्रसाद शाह
जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृ र धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सहयोगको लागि सम्पर्क :-९८४१०२६२६६
"ईश्वरलाई चडाउने भनेको भावना हो,
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"
- जिग्री पाँडे प्रतिस्ठान नेपाल
Post a Comment