सामाजिक मन भएका सहयोगीहरूलाइ सेवा गर्न कुनै जात, वर्ग, धर्म, वर्ण, लिंग, भूगोलले छेक्दैन । सेवाका लागि स्वस्फुर्त रूपमा लागि पर्छन । यस्तै सहयोगी मन हुनु भएको दाङ घर भै बिगत केहि बर्षदेखि कुवेतमा आफ्नै ब्यसाय संचालन गर्दै आउनु भएको म्यानपावर ब्यबसायी हरेक सामजिक कार्यमा तन मनले सहयोग गर्ने आदरणीय कल्याण किशोर घिमिरे ज्युले धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको नमूना मुसहर बस्ति निर्माण सहयोगार्थ जन-जागृति युवा समाज कुवेतले संचालन गरेको सहयोग संकलन अभियानमा २१ केडि दिएर सहयोग गर्नु भएको छ ।
उहाँको निःस्वार्थ सहयोगको जन-जागृति युवा समाज सदा सर्वदा स्मरण गर्नेछ । अभियान सफल बनाउन यहाँको साथ सहयोगको लागि मुरी मुरी धन्यवाद दिँदै यहाँको सामाजिक भावनाको कदर गर्दै जनजागृति युवा समाज कुवेत तथा सहयोग संकलन अभियान समिति हार्दिक धन्यवाद व्यक्त गर्दछ |
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सहयोग अभियानका संयोजक, कोष प्रमुख र सदस्य सचिवलाई तपसिल वमोजिम सम्पर्क गर्न सकिने छ ।
संयोजकः टिकाराम आचार्य – ९९२६६३१४
कोष प्रमुखः अनिल कुमार ठाकुर – ६६६१६०८६
सदस्य सचिवः प्रदीप नेपाली – ६६३२५३४५
- जन-जागृति युवा समाज कुवेत
Post a Comment