सेवा नै धर्म हो !!! उहाँमा जति सुन्दरता छ त्यति नै मनको धनी हुनु हुन्छ ! धर्म कमाउन कुनै मठमन्दिर, चर्च, मस्जिद गइ रहनु पर्दैन " भन्दै झिलझिले सतासीधाम-६ झापा घर भै बिगत केहि बर्षदेखि कुवेतको तोफिमिसाल चक्लेट कम्पनीमा कार्यरत सहयोगि मनकि धनी आदरणीय रबिना उप्रेती ज्युले धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको नमूना मुसहर बस्ति निर्माण सहयोगार्थ जन-जागृति युवा समाज कुवेतले संचालन गरेको सहयोग संकलन अभियानमा १० केडि दिएर सहयोग गर्नु भएको छ ।
उहाँको निःस्वार्थ सहयोगको जन-जागृति युवा समाज सदा सर्वदा स्मरण गर्नेछ । अभियान सफल बनाउन यहाँको साथ सहयोगको लागि मुरी मुरी धन्यवाद दिँदै यहाँको सामाजिक भावनाको कदर गर्दै जनजागृति युवा समाज कुवेत तथा सहयोग संकलन अभियान समिति हार्दिक धन्यवाद व्यक्त गर्दछ |
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सहयोग अभियानका संयोजक, कोष प्रमुख र सदस्य सचिवलाई तपसिल वमोजिम सम्पर्क गर्न सकिने छ ।
संयोजकः टिकाराम आचार्य – ९९२६६३१४
कोष प्रमुखः अनिल कुमार ठाकुर – ६६६१६०८६
सदस्य सचिवः प्रदीप नेपाली – ६६३२५३४५
- जन-जागृति युवा समाज कुवेत
Post a Comment