जन्म दिनको उत्सवमा खर्च नगरी एउटी गरिब साथीको लागि लक्ष्मी प्रतिष्ठानमा हस्तान्तरण

जन्म दिनको हार्दिक शुभकामना शैली  !  मनमा सधै यस्तै  परोपकारी भावना जागोस !!   सानो उमेरमा  गरेको  मानवीय सेवा  अविछिन्न मात्र  नभै व्यापक  फैलियोस। तिमीलाई  जिन्दगीका हरेक पथमा सफलता प्रप्तहोस !! तिम्रो  संगै आज ममी बाबा बाट हुदै आएका मानवीय सेवाहरु बिकाश  गरि  दादा र तिमीले  सामाजिक रुपन्तरंमा नयाँ आयाम थप्न  सफल हुनु । मुरी मुरी आशिष छ छोरी  तिमीलाई ! आशिष छ हाम्रो , जन्म  संगै परोपकारी मार्गमा पाइला टेकेकी हाम्री सानी परीको ज्ञानको प्रतापले  संसार  अझ शुन्दर देखियोस। 
कती ठुलो मन शैलीको , आफ्नु  पाँचौं जन्म दिनको  उत्सवमा पार्टी  गरिने  रकम खर्च नगरी   कन्दाको कन्दरामा  जन्मेर कुमार बलराम स्मृति छात्रावासमा आश्रय लिइरहेकी   कक्षा १ मा पढ्ने  एउटी  गरिब साथी  अन्जु प्रजा को लागी बर्ष दिनको  पढाई खान, बस्न, पढन चाहिने स्वरूप लक्ष्मी प्रतिष्ठानमा ५०० डलर पठाएकी छौ ।  बाला अभियान्ता, तिम्रो जय होस् !  शुभ होस् ! पुन  जन्म  दिनको हार्दिक शुभकामना सहित हाम्रो सलाम सानु   शैलीलाई !
- बिष्णु गौतम

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.