सुदुरपस्चिम सेवा समाज कतार को "आकस्मिक कोष " स्थापनार्थ गरियको "बनभोज कार्यक्रम "दोहा बाट 50 किमि दुरि मा रहेको अल्दोसारी पार्क मा शुक्रबार सभ्य र भब्य रुप मा सम्पन्न भयको छ ।
सो कार्यक्रम अनुकुल मौसम का बाबजुद पनि साउने झरी झै परिरहेको पानी संगै हातेमालो गर्दै रुझ्दै भिज्दै भयपनी हाम्रो कार्यक्रम लाई सफल पार्न सुरुवात देखि अन्त सम्म साथ समर्थन दिनु हुने प्रमुख अतिथि ,विशेष अतिथी,अतिथी,संघ सस्थाका प्रमुख तथा प्रतिनिधि ज्यु ,गैर सुप बासी ,कलाकार ज्यु, उपस्थित सुप बासी ,हाम्रो कार्यक्रम लाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा शुभकामना ,सहयोग साथ सपोर्ट दिनु हुने देश बिदेस मा रहनु हुने सम्पुर्ण सामाजिक मन का ब्यक्तित्व हरु र विशेष गरेर यो कार्यक्रम सफल पार्न अहोरात्र खटिनु हुने मेरो टिम का सहकर्मी साथी हरु सम्पुर्ण मा हार्दिक हार्दिक हार्दिक आभार ब्यक्त गर्द्छु।
याहाहरु सम्पुर्ण को सहयोग साथ समर्थन को म उच्च सम्मान प्रकट गर्न चाहन्छु सदैब याहाहरु संग हातेमालो गर्ने वचन बद्दता प्रकट गर्न चाहन्छु।
अमृत शाही
अध्यक्ष
सुदुरपस्चिम सेवा समाज
कतार
Post a Comment