कथा : बिछोड को पल ।

प्यारी मन्जरी तिमी बिनाको जिबन एक्लो मात्रै होइन अधुरो पनि छ यति थाहा हुँदा हुँदै पनि तिमिलाइ छोडेर म परदेशिएको पनि आज यतिका बर्ष भयो यहाँ को तातो अनि निष्ठुर बालुवा ले जति पोल्छ नि त्यतिनै तिम्रो याद आउँछ तिम्रो शितलपवनकोआबस्यकताकोआभास गरेको हुन्छु तर यो पवनता त्यो शितलता यहाँ कदापि पाउन सक्दिन अनि मन तड्पिरहेको हुन्छ तर पनि आउन सकिरहेको छैन नियति ले यसरी बाधेर राखेको छ न फुकाएर आउन सक्छु न कोहि आफ्नो छ यो बन्धन फुकाइदिने ।
प्यारी मन्जरी तिमी संग गासेको अजम्बरी माया को गाठो लाई तिमी तिर नै कस्दै भौतिक सुखसयल को पछि कुदै गर्दा तिम्रो याद नै आएनछ सायद मैले बिर्सिए भनेर होला तिमिले निकै चित्त दुखाएको खबर पाए त्यही भएर पत्र लेख्दै छु ।
प्यारी मन्जरी तिम्रो वास्तविक नाम त प्रकृति थियो तर मलाइ मन्जरी नाम असाध्यै मन पर्ने भएर तिमिलाइ मन्जरी भनेर माया गर्दै बोलाउने गर्थे र त्यो तिमिलाइ पनि मन पर्ने नाम थियो होइन ? त्यही भएर आज प्रकृति भन्दा पनि मन्जरी नै भनेर पत्राचार गर्दै छु ।
प्यारी मन्जरी म बिना को जीवन एक्लो खल्लो र अपुर्ण महसुस गरेको सुन्दा निकै दुख लाग्यो तिम्रो सुन्दर बगैचा मा आउने सबैले तिम्रो संरक्षण मात्रै गर्छ्न भन्ने छैन धेरै ले तिमिलाइ लुछे होलान् चुडे होलान् म यो बिबस्ताको हुरी मा हराइरहदा यो कुरा मैले महसुस गरिरहेको छु अनि लाचार निर्लज्ज भएर सुनिरहेको छु ।मन्जरी त्यही पिडा ले तिमी समायानुकुल चलेकी छैनौ रे तिम्रा ती चादी र मोति युक्त आँखा बाट बारम्बार वर्षा भइरहेको छ रे मन्जरी तिमिले यति धेरै मन नदुखाउ समयानुकूल चल्ने गर मलाई बिश्वास गर फेरि तिमी संग अजम्बरी मायाको गाठो कस्न तिम्रा बरदान सरि रिमेझिमे पानी मा भिज्न तिमी संगै लुकामारी गर्न तिम्रौ न्यानो काखमा लडिबुडि  खेल्न अबस्य आउने छु प्यारी मन्जरी तिमी अवस्य पनि समयानुकूल चल्ने छौ फेरी रिमेझिमे वर्षा गराउने छौ तिनै गाउँ पाखा लाई हराभरा बनाउने छौ म तिमी संगै रमाउन अबस्य पनि आउने छु ।यो बिछोड को पलको एकएक हिसाब तिम्रै काखमा बसेर रमाउदै तिमिलाइ खुशी बनाउदै तिर्ने छु यो मेरो बाचा भयो ल त मन्जरी छिटो भेट्ने बाचा गर्दै आज लाई बिट मारे ल ।
लेखक :- गोबिन्द लामिछाने  अविरल ।
कथा बिछोड को पल ।

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.